November 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली पुरुष बिच भलिबल टिमले मंगलबार मैत्रीपूर्ण खेलमा जित निकालेको छ । मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विशेष तयारीको लागि श्रीलंकामा रहेको नेपाली टिमका मान बहादुर श्रेष्ठ र दिल सुनारको जोडिले श्रीलंकाको टिमलाई २–१ को सेटमा हराएको हो । […]
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले आज एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ । आजको खेल जितेमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । खेल नेपाली समयअनुसार दिउसो २ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । शुरुवाती दुई खेलमा एक सेट पनि नगुमाई अपराजित रहेको […]
November 11, 2019
ढाका (हाम्रो खेलकुद) – माल्दिभ्सले बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा माल्दिभ्सले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा सोमबार भएको एकपक्षीय खेलमा माल्दिभ्सले अफगानिस्तानमाथि २५–६, २५–७ र […]
November 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सागको तयारीमा रहेको नेपाली राष्ट्रिय बिच भलिबल खेलाडी मान बहादुर श्रेष्ठ र सन्जु विक्रम शाहको जोडीले अभ्यास खेलमा जित निकालेको छ । श्रीलंकाको नेगोम्वो बिच भलिबल कोर्टमा सोमबार भएको खेलमा मान र सन्जुको जोडीले सागकै लागि बन्द प्रशिक्षणमा रहेको श्रीलंकाका खेलाडीलाई २–० को सेटमा पराजित गरेको हो । मान र सन्जुको […]
November 11, 2019
ढाका (हाम्रो खेलकुद) – नेपालले एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सोमबार किर्गिस्तानलाई पराजित गर्यो । सबै सेटको सुरुवाती समयमा केहि दबाब झेलेको नेपालले सोझो सेटको जित आत्मसात गर्न सफल भयो । खेलको पहिलो सेट २५-१५ ले जितेको नेपालले दोस्रो सेटमा २५-१९ को जित दर्ता गर्यो । तेस्रो […]
November 11, 2019
ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा किर्गिस्तानमाथि सहज जित निकालेको छ । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सहज जित निकालेको हो । च्याम्पियनसिपमा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले अफगानिस्तानमाथि ३–० कै सोझो […]
November 11, 2019
नेपाल विरुद्ध किर्गिस्तान (प्रत्यक्ष प्रसारण) स्थान : शहिद सुरावार्दी इन्डोर रंगशाला प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस अफगानिस्तानविरुद्धको एकपक्षीय जितमा उच्च प्रदर्शन गरेकी प्रतिभा माली किर्गिस्तानविरुद्धको खेलमा पनि नेपाली टोलीको मुख्य हतियार हुनेछिन् । टोलीलाई निरुता ठगुन्ना र सुनिता खड्काको पनि साथ हुनेछ । अघिल्लो खेलमा विश्राममा रहेकी स्पाइकर सरस्वती चौधरी यस खेलमा खेल्ने सम्भावना रहेको […]
November 11, 2019
ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले आज एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १२ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । पहिलो खेलमा अफगानिस्तानमाथि ३–० को एक पक्षीय जित हात पारेको नेपाल दोस्रो खेलमा पनि किर्गितानमाथि सोझो सेटमा जित निकाल्ने लक्ष्यका साथ कोर्टमा […]
November 10, 2019
ढाका (हाम्रो खेलकुद) – माल्दिभ्सले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको दोस्रो खेलमा माल्दिभ्सले आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा माल्दिभ्सले पहिलो सेटमा २५–१६ को […]
November 10, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा जारी एभीसी एसियन सिनियर महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानविरुद्ध एकपक्षीय जित दर्ता गर्यो । आइतबार मिरपुरस्थित शहिद सुरवार्दि इन्डोर रंगशालामा नेपालले ३-० को सहज जित हात पारेको हो । यसक्रममा नेपालका लागि ६ खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरे । अपोजिट स्पाइकर निरुता ठगुन्ना, मिडल […]