default_image

भलिबल

December 11, 2019

‘के हामीले देशकै लागि खेलेको होइन र?’

सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुद इतिहासमा नतिजाको हिसाबले सर्वाधिक सफल दक्षिण एसियाली खेलकुद मंगलबार भव्य रुपमा सम्पन्न भयो । बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नै निवासमा सम्पूर्ण पदकधारी खेलाडीलाई बोलाएर विशेष प्याकेज घोषणा गरे । तर घोषणा कार्यक्रम सुरुवातदेखि अन्त्यसम्म असमन्जस मै रहयो । दुई साताअघि नै प्याकेज घोषणा कार्यक्रम हुने भनिएपनि कार्यक्रमको […]

December 8, 2019

बिच भलिबलमा विनिता र नेविकाको जोडीलाई कास्य

पोखरा(हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय बिच भलिबल टोलीले दक्षिण एशियाली खेलकुद (साग) मा पहिलोपटक समावेश गरिएको बिच भलिबलमा कास्यपदक जितेको छ । फेवाताल किनारस्थित बाराहीघाटमा भएको अन्तिम दिनको खेलमा नेपालकी विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीलाई २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरी कास्य जितेको हो । […]

December 7, 2019

बिच भलिबलमा मिश्रित परिणाम

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबल प्रतियोगितामा शनिबार नेपालको टिमले मिश्रित परिणाम ल्याएको छ । पोखराको लेकसाइडमा रहेको बाराही मैदानमा भएको खेलमा पुरुष टिमले एक जित र ३ हार बेहोरे । नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ […]

December 6, 2019

बिच भलिबल – नेपाली सबै टोलीलाई सफलता

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबलमा शुक्रबार भने नेपाली टोलीले सुखद नतिजा निकालेका छन् । पुरुष र महिलातर्फका २/२ टोलीले नै जित हासिल गरेका छन् । फेवाताल किनारको बाराही मैदानमा भएको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले शुक्रबार बंगलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ […]

December 6, 2019

बिच भलिबल – मान र दिलको जोडीलाई सफलता

पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बिच भलिबलमा नेपाली जोडीले सफलता हासिल गरेको छ । मानबहादुर श्रेष्ठ र दिल सुनाको जोडीले बंगलादेशको जोडीलाई २–० को सोझो सेटमा हराएको छ । नेपाली जोडी २१–१६,२१–१८ ले विजयी भएको थियो । मान र दिलको जोडी पहिलो दिन पाकिस्तानसँग २–१ ले पराजित […]

December 5, 2019

बिच भलिबलमा खराब प्रदर्शन

पोखरा (हाम्रो खेलकुद) –दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट समेटिएको बिच भलिबलमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । १३ औं साग अन्तर्गत बिहीबारदेखि लेकसाइडमा सुरु भएको बिच भलिबलमा पुरुषको २ र महिलाको २ टिमले पहिलो खेलमै पराजय ब्यहोरेका हुन् । नेपालको तर्फबाट बाराहीघाट मैदानमा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी तथा राजु विक र […]

December 5, 2019

सागकी दाहोरो कास्य विजेता मञ्जुको वैवाहिक जीवन सुरु

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व उपकप्तान पोखराकी मञ्जु गुरुङ बिहीबार विवाह बन्धनमा बाधिएकी छिन् । देशमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) चलिरहँदा अघिल्ला दुई संस्करणकी पदक विजेता मञ्जु विवाह बन्धनमा बाधिएकी हुन् । उनले हङकङ बसोबास गर्दै आएका हितकाजी गुरुङसँग विवाह गरेकी हुन् । १३ औं सागका लागि प्रारम्भिक छनोटमा नपरेपछि […]

December 3, 2019

महिला भलिबलले मन जितेको दिन

दिपक न्यौपाने, काठमाण्डौ केहि समय यता नेपाली महिला भलिबल टोलीले एक पछि अर्को सफलताले आशाको संचार गराइरहेको छ । केहि साता अघि मात्र बंगलादेशमा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिप जितेर नेपाली टोली फर्केको थियो । त्यसअघि थाइल्यान्ड पुगेर नेपाली टोलीले सेन्ट्रल जोन र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तयारी गरेको थियो । […]

December 3, 2019

भारतसँग पराजित हुँदै नेपाल रजतमा सिमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सिमित भएको छ । पाँचौ सेटमा पुगेको खेलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको हो । पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले […]

December 3, 2019

भलिबल फाइनल: नेपाल ऐतिहासिक उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडी परेको नेपाल दोस्रो र तेस्रो सेटमा लगातार जित निकाल्दै ऐतिहासिक उपाधि नजिक पुगेको छ । पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले २५-२१ […]

Success

Thank you for your time.