default_image

भलिबल

January 12, 2020

सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित, उत्कृष्ट स्पाइकरमा प्रतिभा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबलाई होंगान्जी न्यू डायमण्ड महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइकी छिन् । आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबलाई आइतबार भएको फाइनलमा ३–० ले हराउँदा सरस्वतीले उच्च प्रदर्शन गरेकी थिइन् । उनले २१ हजार रुपैयाँ प्राप्त गरिन् । सेमिफाइनल, फाइनलमा समेत वमन […]

January 12, 2020

एपिएफद्वारा भलिबल उपाधि रक्षा, न्यू डायमण्ड पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक न्यू डायमण्ड क्लबलाई आइतबार ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि रक्षा गर्न सफल भएको हो । लगातार तेस्रो संस्करणमा भिडेका यी दुई टोलीबीचको पछिल्लो दुई संस्करण एपिएफले जितेको हो । पहिलो संस्करण भने न्यू डायमण्डले जितेको थियो । […]

January 12, 2020

आर्मीलाई हराउँदै पुलिस तेस्रो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगितामा तेस्रो भएको छ । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो भएको हो । गोगंबु बसपार्क नजिक ढोरपाटन स्पोर्टस क्लबको मैदानमा आइतबार भएको खेलमा पुलिसले आर्मीलाई २५–२२, २५–९ र २५–१२ ले हराएको थियो । जितसँगै पुलिसले १ लाख […]

January 12, 2020

एपीएफ र होङ्ग्वान्जी न्यु डायमन्ड उपाधिका लागि खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल एपीएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच खेल हुँदैछ । खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा दिउसो १ः३० बजेपछि शुरु हुनेछ ।  त्यसअघि तेस्रो स्थानको लागि दुई विभागीय टोली नेपाल पुलिस […]

January 11, 2020

सागका पदक विजेता मन्डे र लक्ष्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)-  १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो पदक जित्न सफल करातेका मन्डेकाजी श्रेष्ठ र भारोत्तोलनकी रजत पदक विजेता लक्ष्मी बनलाई शिखरदिप बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले शनिबार सम्मानित गरेका छन् । शिखरदिपले आफ्नो बार्सिक साधारणसभाको अवसरमा दोहोरो स्वर्णपदक विजेता मन्डेलाई २५ हजार रुपैया र रजतपदक विजेता भारोत्तोलनकी लक्ष्मीलाई १० हजार रुपैयाले सम्मानित गरेको […]

January 11, 2020

फेरि न्यू डायमण्ड र एपिएफ फाइनलमा भिड्ने, आर्मी पराजित

काठमाडौं (हाम्रो खेलकुद)– फेरि पनि होङ्गान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि न्यू डायमण्ड क्लब र नेपाल एपिएफ क्लबीच प्रतिस्पर्धा हुने भएको छ । अघिल्ला दुई संस्करणमा पनि यी दुई टोली नै फाइनलमा भिडेका थिए । जसमा दुवै टोलीले एक एक पटक उपाधि जितेका थिए । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई […]

January 11, 2020

एपिएफ तेस्रो पटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब लगातार तेस्रो पटक होङ्गान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । न्यु डायमण्ड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग एपिएफले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । गोंगाबु बालाजु बसपार्क नजिकको कोर्टमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई शनिबार पहिलो सेमिफाइनलमा ३–० को सोझो सेटमा हराउँदै एपिएफ […]

January 11, 2020

न्यू डायमण्डका प्रशिक्षक राई सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई शुक्रबार आफ्नै क्लबले आयोजना गरेको न्यु डायमण्ड कप प्रतियोगितामा दर्शकहरुको एक समूहबाट सम्मानित भएका छन् । भोजपुरको राई समूहले प्रशिक्षक राईलाई थप हौसला स्वरुप नगदसहित सम्मानित गरेको हो । भलिबलमा अनवरत रुपमा लाग्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको भन्दै कुमार थुलुङ राईको […]

January 11, 2020

न्यू डायमण्ड कपमा सेमिफाइनल खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी होंगान्जी न्यू डायमण्ड कप महिला भलिबल प्रतियोगिता २०७६ अन्तर्गत शनिबार सेमिफाइनल चरणका खेल सम्पन्न हुँदैछ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा चलिरहेको प्रतियोगितामा तीन विभागीय टोलीसहित आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लबले अन्तिम चारमा स्थान पक्का गरेको छ । लिग चरणको खेलमा समूह ए बाट नेपाल एपीएफ क्लब अपराजित […]

January 10, 2020

चन्द्रागिरी र ललितपुरलाई महानगर कप उपाधि

ललितपुर (हाम्रो खेलकुद)– चन्द्रागिरी नगरपालिका काठमाडौं र आयोजक ललितपुर महानगरपालिका ललितपुरले पहिलो संस्करणको प्रदेश ३ स्तरीय महानगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी महिलातर्फ र ललितपुर पुरुषतर्फको विजेता बनेको हो । ललितपुरस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शुक्रबार भएको महिला तर्फको फाइनलमा चन्द्रागिरीले आयोजक ललितपुर महानगरपालका माथि ३–२ को जित निकाल्दै […]

Success

Thank you for your time.