default_image

भलिबल

October 30, 2024

टिप‌ टप न्यु डायमण्डले आफनो खेलाडीलाई मासिक पारिश्रमिक दिने

काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले आफ्ना खेलाडी र प्रशिक्षकलाई मासिक पारिश्रमिक दिने भएको छ। न्यु डायमण्डले दीपावली र छठको शुभकामना दिन बुधवार पुरानो नैकापस्थित आफ्नै एकेडेमीमा आयोजना गरेको कार्यक्रममा खेलाडीलाई पारिश्रमिक दिने घोषणा गरिएको हो । मासिक पारिश्रमिक मुख्य प्रशिक्षक कुमार राई ३० हजार, सहायक प्रशिक्षक ललिता नाथले २० हजार […]

October 20, 2024

अन्तर्राष्ट्रिय भलिबलबाट मानबहादुरको सन्न्यास

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानको जिम्मेवारी त्याग्नुका साथै अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएका छन् । सामाजिक सन्जालमा आइतवार भिडियो सन्देशमार्फत मानबहादुरले सन्न्यासको घोषणा गरेका हुन् । नेपाल भलिबल गत वर्ष साउनमा मानबहादुरलाई कप्तान नियुक्त गरेको थियो। यो‌ निर्णय लिन‌ सहज नभएको जनाउँदै मानबहादुरले यो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने समय […]

October 13, 2024

नेपाली युवा भलिबल टोली स्वदेश फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंकामा भएको काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली युवा टोली आइतवार स्वदेश फर्केको छ। नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गरेका थिए। कोलम्बोमा शनिवार भएको च्याम्पियनसिप फाइनलमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल दोस्रो भएको हो ।पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर […]

October 12, 2024

काभा यु २० भलिबल – नेपाली टोली दोस्रो

काठमाडौं(हाम्रो खेलकुद) –नेपाली युवा टोली काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ। श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित हुँदै नेपाल दोस्रो भएको हो । पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर प्रदर्शन गरेको थियो। उज्वेकिस्तानले नेपाललाई २५-२७,२५-१०,२५-२५-२० ले हराउँदै च्याम्पियन बनेको हो। नेपालले लिग चरणमा उज्वेकिस्तान र किर्गिजस्तानसँग पराजित भएको […]

October 12, 2024

काभा यु २० भलिबल – नेपाल र उज्वेकिस्तान उपाधिका लागि भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंकामा जारी काभा यु २० भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपाल र उज्जेकिस्तानबीच खेल हुँदैछ । फाइनल नेपाली समय अनुसार शनिवार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । लिग चरण पहिलो र दोस्रो स्थानमा रहेर नेपाल उज्वेकिस्तान र नेपाल फाइनल खेल्न लागेका हुन् । लिगचरणमा नेपाल उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो । पहिलो […]

October 11, 2024

काभा यु २० भलिबल – नेपालद्वारा तुर्किमेनिस्तान पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले तुर्किमेनिस्तानलाई पराजित गरेको छ । नेपालले प्रतियोगिताको आफ्नो पाँचौ खेलमा तेस्रो जित हासिल गरेको हो । श्रीलंकाको कोलम्बो जारी प्रतियोगिता शुक्रवार भएको खेलमा तुर्किमेनिस्तानमाथि नेपालले ३-० को सोझो सेटमा जित हात पार्यो । नेपाल‌ले पहिलो सेट २५-१४, दोस्रो सेट २५-२१ र […]

October 10, 2024

काभा यु २० भलिबल – नेपालको दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो हार बेहारेको छ । नेपालले प्रतियोगिताको आफ्नो चौथो खेलमा दोस्रो हारको सामना गरेको छ । श्रीलंकाको कोलम्बो जारी प्रतियोगिता बिहीवार भएको खेलमा नेपालमाथि किर्गिस्तानले ३-२ को सेटमा जित हात पार्यो । नेपाल‌ले पहिलो र दोस्रो सेट गुमाएकोमा त्यसपछिका दुई सेटमा जित […]

October 10, 2024

काभा यु २० भलिबल – नेपाल र किर्गिस्तान खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपको चौथो खेलमा किर्गिस्तानको सामना गर्दैछ । श्रीलंकाको कोलम्बो जारी प्रतियोगिताको आफ्नो चौथो खेलमा बिहीवार नेपालले किर्गिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ । नेपाल तेस्रो जित प्रतासमा रहनेछ । ३ खेलमा २ जित र १ हारका […]

October 8, 2024

काभा यु२० भलिबल – नेपालको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो जित हासिल गरेको छ। प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले दोस्रो जित हात पारेको हो । श्रीलंकाको कोलम्बो जारी प्रतियोगितामा मंगलवार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को साझो सेटमा जित हात पार्यो । नेपाल‌ले पहिलो सेट २५-५, दोस्रो सेट २५-१२ र तेस्रो […]

October 8, 2024

काभा यु २० भलिबल – नेपाल र माल्दिभ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । श्रीलंकाको कोलम्बो जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाली समय अनुसार मंगलवार नेपालले माल्दिभ्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ः१५ मा हुदैछ । माल्दिभ्सलाई पराजित गरि नेपाल दोस्रो जितको खोजीमा रहेको छ । पहिलो […]

Success

Thank you for your time.