default_image

भलिबल

January 17, 2020

एक सातामा न्यू डायमण्डसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु भलिबलमा न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच फेरि एकपटक तीब्र प्रतिस्पर्धात्मक खेल भएको छ । होंगान्जी न्यु डायमण्ड महिला भलिबल प्रतियोगिताको समूह चरणमा प्रतिस्पर्धा गरेको ठिक एक सातापछि शुक्रबार आरबिसी एभिए क्लब च्याम्प्यिनसिप भलिबलमा पनि यी दुई टोलीबीच नै पहिलो खेल तय थियो ।   एक साता अघिको जस्तो […]

January 17, 2020

एपीएफको कठिन जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले पाँचौ आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०७६ अन्तर्गत आफ्नो पहिलो खेलमा बुलबुले रारा क्लबलाई ३-१ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एपीएफले पहिलो सेट गुमाएपनि त्यसपछि पुनरागमन गर्दै जित हासिल गर्यो । तीन भारतीय खेलाडीसहित उत्रिएको राराले एपीएफलाई खेल अवधिभर नै पकड जमाउन […]

January 17, 2020

आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले पाँचौ आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०७६ अन्तर्गत पहिलो खेलमा शुक्रबार विजयी सुरुवात गरेको छ । आर्मीले समूह ए को पहिलो खेलमा आरजी भलिबल ग्रुपलाई ३-० को सेटमा पराजित गर्यो । पहिलो सेट २५-९ को फराकिलो अन्तरले जितेको आर्मीले दोस्रो सेट २५-१६ ले […]

January 17, 2020

क्लब च्याम्पियनसिप भलिबल –गुरुङद्वारा पुरस्कार प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल जापान भलिबल संघका अध्यक्ष नवीन गुरुङले आजबाट सुरु हुने पाँचौं आरबिबी एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको प्रथम पुरस्कार राशी प्रायोजन गरेका छन् । जापानमा रहेर पनि लामो समयदेखि नेपालको भलिबलमा सहयोग पुर्याउँदै आएका अध्यक्ष गुरुङले पुरुषतर्फको पहिलो पुरस्कार २ लाख रुपैयाँ प्रदान गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले […]

January 16, 2020

न्यू डायमण्डलाई च्याम्पियन बनाउने अरुणाको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीले शुक्रबारबाट सुरु हुने आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिप पनि होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबबाट नै खेल्ने भएकी छिन् । अरुणको गण्डकी प्रदेशबाट कुनै टोली च्याम्पियनसिपमा नरहेकोले उनले न्यू डायमण्डबाटै निरन्तरता दिने बताएकी छन् ।   ‘आफ्नो ठाँउबाट कुनै क्लब सहभागी हुन्थ्यो भने त्यहिबाट खेल्ने सोच थियो,’ […]

January 16, 2020

खेल्नुअघि नै हेल्प नेपाल र बुद्ध टोल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्प्यिनसिप सुरु हुनुअघि नै हेल्प नेपाल स्पोर्टस क्लब र बुद्ध टोल भलिबल क्लब पुरुषतर्फको क्वार्टरफाइनलमा पुगेका छन् । नेपाल भलिबल संघको आयोजनामा शुक्रबार सुरु हुने च्याम्पियनसिपको लागि बिहीबार भएको खेल तालिका टेक्निकल मिटिङमा पुरुषतर्फको समूह डीमा हेल्प नेपाल र बुद्ध टोलमात्र रहेकोले दुवै टोली […]

January 15, 2020

विभागसँगै फेरिएको निरुताको चमक

प्रकाश तिमल्सिना, काठमाडौं भलिबलमा राम्रो सम्भावना देखिएकी निरुता ठगुन्नाको खेल जीवनले नयाँ मोड लिएको छ । दुई वर्ष त्रिभुवन आर्मी क्लबबाट भलिबल खेलकी उनले यसै साता उनले नेपाल एपिएफको भलिबल टोलीबाट डेब्यू गरिन् । पहिलो प्रतियोगितामा नै उनी प्लेइङ सेटमा पर्न सफल भइन् । घरेलु भलिबलमा एकछत्र राज गर्दै आएको एपिएफले यो साताको सुरुमा होगांन्जी […]

January 12, 2020

सिन्धुपाल्चोकमा प्रदेश स्तरीय भलिबल जारी

सिन्धुपाल्चोक (हाम्रो खेलकुद )– सिन्धुपाल्चोकको सानोसिरुवारीमा जारी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा ६ जिल्ला क्वाटर फाइनल खेलमा प्रवेश गरेका छन् । सिन्धुपाल्चोक, मकावनपुर, नुवाकोट, रामेछाप, चितवन र सिन्धुली जिल्ला क्वाटर फाइनल खेलमा प्रवेश गरेका हुन् । आइतबार भएका पहिलो लिग खेलमा सिन्धुपाल्चोकले भक्तपुरलाई २५–१५ र २५–२२ ले तथा धादिङले दोलखालाई २५–१९ र २५–१७ ले पराजित […]

January 12, 2020

सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित, उत्कृष्ट स्पाइकरमा प्रतिभा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबलाई होंगान्जी न्यू डायमण्ड महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइकी छिन् । आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबलाई आइतबार भएको फाइनलमा ३–० ले हराउँदा सरस्वतीले उच्च प्रदर्शन गरेकी थिइन् । उनले २१ हजार रुपैयाँ प्राप्त गरिन् । सेमिफाइनल, फाइनलमा समेत वमन […]

January 12, 2020

एपिएफद्वारा भलिबल उपाधि रक्षा, न्यू डायमण्ड पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक न्यू डायमण्ड क्लबलाई आइतबार ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि रक्षा गर्न सफल भएको हो । लगातार तेस्रो संस्करणमा भिडेका यी दुई टोलीबीचको पछिल्लो दुई संस्करण एपिएफले जितेको हो । पहिलो संस्करण भने न्यू डायमण्डले जितेको थियो । […]

Success

Thank you for your time.