September 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय ब्याडमिन्टन खेलाडी दीपेश धामीलाई मातृशोक र नेपाल भलिबल संघका उपाध्यक्ष हरकसिंह धामीलाई पत्नीशोक परेको छ । राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन दीपेशकी आमा झुपादेवी धामीको ५० वर्षेको उमेरमा बुधबार बिहान निधन भएको हो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहान ७ः४५ मा मृत्यु भएको पति हरकसिंह धामीले जानकारी दिए । उनी मिर्गौला […]
August 29, 2020
प्रकाश तिमल्सिना, काठमाडौं नेपालको राष्ट्रिय खेल भलिबलको सर्वोच्च संस्था नेपाल भलिबल संघको यसै वर्ष हुने भनिएको निर्वाचनका लागि वर्तमान कार्यसमितिकी उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छिन् । कोरोना भाइरस कोडिभ १९ को संक्रमण फैलने क्रम बढिरहँदा नेपाली खेलकुद ठप्प छ । चैतदेखि साउनमा चलेको लकडाउनमा खुकुलो भएपनि पूर्ण रुपमा बन्द खेलकुदलाई केहि […]
August 17, 2020
जगदिश भट्ट ‘कर्म गर तर फलको आश नगर’ यहि आदर्श भनाईलाई मूल मन्त्र मान्दै, हरक्षण आफूलाई केन्द्रित गर्दै, राष्ट्र र पेशा प्रति समर्पित हुँदै अनवरत रुपमा लम्किएको यात्रा निरन्तर चलेकै छ । आज राष्ट्रिय खेलकुद परिषद (राखेप) मा भलिबल सहायक प्रशिक्षकको रुपमा स्थायी जागिर सुरु गरेको १६ वर्ष पूरा भएको छ । त्यो भन्दा अघि […]
August 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्व.लक्ष्मी नारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल र बीच भलिबल महिला पुरुष टोलीका खेलाडीको कोभिड १९ विमा गराइदिएको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी टोलीका खेलाडीको विमा गराइएको हो । भलिबल टोलीको महिला र पुरुषमा समान १४ तथा बीच भलिबल टोलीको महिला […]
August 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी नारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल र बीच भलिबल महिला पुरुष टोलीका खेलाडीको कोभिड १९ विमा गरिदिने भएको छ । ट्रष्टकी अध्यक्ष अन्जु श्रेष्ठले शुक्रबार विज्ञप्ती जारी गर्दैै गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी टोलीका खेलाडीको विमा गरिदिने जानकारी दिएकी छिन् । भलिबल टोलीको […]
August 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लायन्स क्लब अफ काठमाडौं मेल्भिन जोन्सको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)को संयोजनमा बुधबार ब्याडमिन्टन खेलाडीसहित अन्य खेलका खेलाडी, पदाधिकारी र कर्मचारीको [पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ । प्रशिक्षणमा रहेका ब्याडमिन्टनका खेलाडी र प्रशिक्षक गरी २० खेलाडी, कबड्डीका १५ जना, भलिबल, कराते, तेक्वान्दो, टेवल टेनिस, बक्सिङ र एथ्लेटिक्सका खेलाडीको […]
August 2, 2020
काठमाडौं (हाम्रो खेलकुद)— राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले अबको दुईवर्ष भित्र भलिबलको सुविधा सम्पन्न कभर्डहल बन्ने बताएका छन् । नेपाल भलिबल संघले आफ्नो स्वागतमा आइतबार आयोजना गरेको कार्यक्रममा सदस्य सचिव सिलवालले आगमी दुई वर्षभित्र भलिबलको पूर्वाधार बनाउने बताएका हुन् । ‘भलिबलको कर्भडहल बनाउने विषयमा यसअघि नै राष्ट्रपति, प्रधानमन्त्री र खेलकुद मन्त्रीका साथै […]
July 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन क्लबले पार्क भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले असोज दोस्रो साता ४० वर्षमाथिको पार्क भलिबलको भेट्रान प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपालमा पार्क भलिबल दोस्रपटक हुन लागेको हो । यसअघि सन् २०१६ मा भक्तपुरमा युथ स्पोर्ट्स ग्रुप नेपालले विद्यालय स्तरीय खुल्ला पार्क भलिबल प्रतियोगिताको आयोजना भएको थियो […]
July 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)— सधै मैदानमा सक्रिय रहने विभिन्न खेलका दर्जन बढी स्टारहरु राष्ट्रिय गितको म्युजिक भिडियोमा देखिने भएका छन् । रामकृष्ण ढकाल र मेलिना राईले आवाजमा रहेको राष्ट्रिय गितको म्युजिक भिडयोमा महिला राष्ट्रिय फुटबल टोलीकी सावित्रा भण्डारी, भलिबल टोलीकी रेश्मा भण्डारीसहित नेपाल एपिएफ क्लबका विभिन्न खेलका खेलाडीले अभिनय गरेका छन् । म्युजिक भिडियोको शुटिङ सोमबार […]
July 20, 2020
काठमाडौं (हाम्रो खेलकुद)— भलिबल खेलाडी प्रतिभा मालीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषमार्फत आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेको कोषले ब्याज रकमबाट खेलाडीलाई सहयोग गर्दै आएको छ । कोषले गतवर्ष चोट लागेपछि शल्यक्रिया गराएर हाल फिजियोथेरापी गराइरहेकी प्रतिभालाई २ लाख रुपैयाँ सहयोग गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]