default_image

भलिबल

January 20, 2021

पोखरामा आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल हुने

पोखरा (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माग अन्तिम सातादेखि आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ २७ देखि फागुन १ सम्म पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । ठुला टोलीहरु कोरोनापछि पहिलोपटक मैदान उत्रन लागेको हो । यसअघि पुस अन्तिम साता पोखरामै पल्सर […]

January 19, 2021

पोखरामा पुरुष तथा महिला भलिबल हुने

पोखरा (हाम्रो खेलकुद) – कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरामा ४ देखि ८ फागुनसम्म गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी महिलातर्फ ११ र पुरुषतर्फ ११ टिमको सहभागिता हुनेछ । संघले पोखरामा मंगलबार […]

January 18, 2021

‘भलिबल त साँच्चिकै पो लोकप्रिय नै रैछ’

क्रियटिभ भ्वाइस टीएस ठकुरी ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकै पो पोखरा नै रैछ’ – रुकुममा जन्मिएर नेपालगन्जलाई कर्मथलो बनाएका सुप्रसिद्ध गायक प्रेमप्रकाश मल्लले कुनैबेला पोखराको महिमागान यसैगरी गाएका थिए । प्राकृतिक सौन्दर्यताको वरदान पाएको पोखरा वास्तवमा धेरै हिसाबले जोकोहीको मनमुटुमा बस्न सफल छ, जसरी नेपालको राष्ट्रिय खेल भलिबल आम नेपालीको मनमस्तिष्कमा बसेको […]

January 17, 2021

शंखदेवलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– शंखदेव युथा क्लबले प्रथम हुप्सेकोट भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक जुनतारा युवा क्लबलाई हराउँदै शंखदेवले उपाधि जितेको हो । विजेता टोलीले उपाधिसहित २० हजार दोस्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो । पुस २५ गतेबाट सुरु भई शनिबार सम्पन्न भएको प्रतियोगितामा नवलपुरको हुप्सेकोट गाउँपालिका भित्रका १८ टोलीको सहभागिता थियो । […]

January 16, 2021

अरुणालाई झन्डै ४ लाख हस्तान्तरण

पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र कास्की जिल्ला भलिबल संघले अरुणा शाही जिताउ अभियानको आयव्यय सार्वजनिक गर्दै बचत भएको रकम अरुणालाई हस्तान्तरण गरेको छ । नेपाल भलिवल संघका सल्लाहकार एवम् पोखरा महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्माले अभियानबाट कुल १६ लाख ७३ हजार ७ सय पाँच रुपैयाँ संकलन भएको र बचत […]

January 15, 2021

भलिबल खेलाडी हरि बैवाहिक बन्धनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोली तथा नेपाली सेनाका मिडल ब्लकर हरि बहादुर अधिकारी वैवाहिक बन्धनमा बाधिएका छन् । दुई वर्षको प्रेमसम्वन्धमा रहेका ओखलढुंगाका हरिले इनरुवाकी पवित्रा खड्कासँग शुक्रबार लगनगाँठो कसेका हुन् । उनीहरुको विवाह भक्तपुरमा भएको हो । हरिले सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष […]

January 12, 2021

महिला भलिबल टोली – टिम अफ द इयर

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय भलिबल टोली टिम अफ द इयर २०७६ घोषित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा महिला टोलीलाई टिम अफ द इयर घोषित गरिएको हो । गत वर्ष दुई ठूला सफलता हासिल गरेको गरेको महिला टोलीलाई टिम अफ द इयरको हकदार बनायो । गत […]

January 9, 2021

एपिएफसँग न्यू डायमण्ड पराजित

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई जिताउने अभियानका लागि शनिबार पोखरामा एपिएफ र होंगान्जी न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल आयोजना भएको थियो । पोरखा रंगशाला परिसरको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक मैत्रीपूर्ण खेलमा एपिएफ ३–२ ले विजयी भएको थियो । एपिएफ २५–२२,२५–१९,२६–२४,२७–२५, १५–९ ले […]

January 9, 2021

एपिएफविरुद्ध प्रतिभासँगै अरुणा पनि खेल्दै

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही एकै साथ सुखी र दबाबमा छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस च्वाइस अवार्डको मनोनयनमा पर्दा जति खुसी छिन् त्यति नै दबाब झन्डै एक वर्ष पछि कोर्टमा फर्कदा खेल कस्तो होला भन्ने छ । शाहीलाई जिताउने अभियानका लागि […]

January 8, 2021

प्रतिभा कोर्टमा पूनरागमन गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – चोटका कारण झन्डै एक वर्षदेखि कोर्टबाहिर रहेकी नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा होङ्ग्वान्जी न्यु डायमन्डकी महत्त्वपुर्ण सदस्य प्रतिभा माली कोर्ट फर्कने तयारीमा छिन् । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पिपल्स च्वाइसको मनोनयनमा परेपछि उनलाई जिताउन मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । विभागीय टोली नेपाल एपिएफ क्लब र होङ्ग्वान्जी […]

Success

Thank you for your time.