default_image

भलिबल

December 4, 2020

रेफ्री रानाको अवस्थामा क्रमिक सुधार

काठमाडौं (हाम्रो खेलकुद) – स्ट्रोक प्यारालाइसिसका कारण गत कात्तिक पहिलो सातादेखि अस्पतालमा उपचार गराइहेका अन्तर्राष्ट्रिय भलिबल रेफ्री कुल बहादुर रानाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । गत कात्तिक ६ गते राति समस्या भएपछि उनी बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका थिए । झन्डै एक महिनाको अस्पतालको उपचारपछि उनी २५ कात्तिकमा अस्पतालबाट डिस्चार्ज भएपछि फिजियोथेरापीमा भर्ना […]

December 3, 2020

भलिबलका धनबहादुर जमदारमा बढुवा

काठमाडौं (हाम्रो खेलकद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका महत्वपुर्ण सदस्य धन बहादुर भट्ट नेपाली सेनाको जमदार पदमा बढुवा भएका छन् । त्रिभुवन आर्मी क्लबका महत्वपुर्ण स्पाइकर समेत रहेका धन बहादुर हवल्दारबाट जमदारमा बढुवा भएका हुन् । धनलाई सेनाका प्राविधिक महासेनानी किशोर कुमार श्रेष्ठले दर्जान्ही चिन्ह प्रदान गरेका थिए । २०७२ देखि राष्ट्रिय टोलीमा नियमित […]

November 30, 2020

कुल बहादुर अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय भलिबल रेफ्री क्यान्डिडेट कुल बहादुर राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका छन् । फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभीबी) ले राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएको जानकारी पत्र पठाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए । यस्तै चन्द्र बदना राई पनि अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा हुने प्रक्रियामा रहेको […]

November 28, 2020

भलिबल खेलाडी कमला विवाह बन्धनमा बाँधिदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कमला पुन अर्को साता विवाह बन्धनमा बाधिने भएकी छन् । म्याग्दीको मालिका गाँउपालिका ३ औलकी कमला र सोही गाँउपालिका २ बेलीका राम रोक्काबीच बुधबारका लागि विवाह तय भएको छ । मगर परम्परा अनुसार विवाह हुने कमलाले जानकारी दिइन् । उनी मंसिर ७ गतेबाटै रामको घर बस्न गएकी […]

November 22, 2020

भलिबल संघका उपाध्यक्ष सुवेदीद्वारा खेल सामाग्री प्रदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेट लगायतका खेल सामाग्री प्रदान गरेका छन् । सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई खेल सामाग्रीहरु प्रदान गरेका हुन् । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन उपभोक्ता समुहका अध्यक्ष सुदर्शन […]

November 12, 2020

पाँच भलिबल खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना महामारीपछि आर्थिक समस्यामा परेका तथा न्युन आय भएका पाँच भलिबल खेलाडीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । देश विदेशमा रहेका भलिबल प्रेमीको सहयोगबाट उठेको केही रकम खेलाडीहरुलाई सहयोग गरिएको लक्ष्मण काप्रीले जानकारी गराए । समन्वयकारी भुमिकामा गन्डकी प्रदेश तथा स्याङ्जाका भलिबल खेलाडी राजन दर्लामी मगर पनि रहेका छन् । उनीहरुलाई […]

October 22, 2020

मानबहादुर र दुर्गालाई गृह जिल्ला भलिबलको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रिय भलिबल खेलाडीद्वय मानबहादुर श्रेष्ठ र दुर्गा महतो गृह जिल्लामा सम्मानित भएका छन् । नवलपुर जिल्ला भलिबल संघले बुधबार मानबहादुर र दुर्गालाई नगद सहित सम्मान गरेको हो । राष्ट्रिय भलिबल टोलीमा रहि देशको भलिबल विकासमा योगदान पुर्याएकोमा उनीहरुलाई सम्मान गरिएको हो । समान ५ हजार ५ सय रुपैयाँसहित नवलपुर जिल्ला भलिबल संघका अध्यक्ष […]

October 17, 2020

कप्तान अरुणा सुनचाँदीको ब्रान्ड एम्वासडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही कमल सुनचाँदाी दुकानको ब्रान्ड एम्वासडर नियुक्त भएकी छिन् । कप्तान अरुणाले कमल सुनचाँदी दुकानसँग एक वर्षको लागि सम्झौता गरेका हुन् । म्याग्दीको सदरमुकाम बेनी र कास्की पोखराको न्युरोडमा रहेको सुनचाँदी दुकानका सञ्चालक कमल विश्वकर्मा र कप्तान अरुणा शाहीबीच एक वर्षको लागि सम्झौता पत्रमा […]

October 4, 2020

थकाली सेवा समितिलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक थकाली सेवा समिति अष्ट्रेलियाले पाँचौ संस्करणको तोरन्ला रनिङ भलिबल कपको उपाधि जितेको छ । अष्ट्रेलियास्थित एयुबर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा छन्त्याल परिवार अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै थकाली सेवा समितिले उपाधि जितेको हो । तिस्पर्धात्मक बनेको पहिलो सेटमा थकालीले २५–२२ को जित निकालेको थियो । दोस्रो सेट […]

September 30, 2020

पुनरागमन पथमा प्रतिभा

प्रकाश तिमल्सिना, काठमाडौं गम्भिर चोटपछि खेलाडीको चिन्ता हुने गर्छ, पुरानै अवस्थामा खेल्न सकिन्छ कि सकिन्न ? राम्रो उपचार, फिजियो थेरापीपछि केहि खेलाडी पुनरागमन गर्न सफल हुन्छन् । चोटपछि कतिपय खेलाडीले सोचे जसरी पुनरागमन गर्न सक्दैनन् , त्यस्तोमा खेल्ने रहर हुँदा हुँदै छाड्न बाध्य हुन्छन् । नेपालमा पनि त्यस्ता थुप्रै उदाहरण छन्, जसले चोट पछि चाहे […]

Success

Thank you for your time.