May 21, 2020
‘भलिबल डे’ काठमाडौं (हाम्रो खेलकुद) – भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको आज (बिहीबार) तीन वर्ष पुरा हुँदै चौथो वर्षमा प्रवेश गरेको छ । नेपाल भलिबल संघ (एनभिए) ले हरेक जेठ ८ गते लाई भलिबल दिवस ‘भलिबल डे’ को रुपमा मनाउँदै आएको छ । तर, कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले झन्डै दुई […]
May 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले भोलि (बिहीबार) भलिबल दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । बिहीबार भलिबल नेपालको राष्ट्रिय खेल भएको तीन वर्ष पुरा भएर चौथो वर्षमा प्रवेश गर्दैछ । गतवर्ष नैकापस्थित न्यु डायमन्ड एकेडेमीमा भलिबल दिवस मनाउदै । तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री रहँदा र माओवादी […]
May 18, 2020
कप्तान कथन ऋषिराज आचार्य (नेपाली राष्ट्रिय भलिबलका पुर्व कप्तान ) मेरो जन्म २०११ सालमा विराटनगरमा भएको हो । अहिले ६५ वर्षको भए । १३–१४ वर्षको हुँदा देखी भलिबल खेल्न थालेको थिए । दाईहरु राधाकृष्ण स्कुलमा खेल्नुहुन्थ्यो । हामी उहाँसगै जान्थौं र दाईहरुले कहिले काहिँ खेल्न दिनुहुन्थ्यो । राम थापा दाईले हामीलाई खेल्नमा धेरै प्रोत्साहन गर्नु […]
May 9, 2020
कप्तान कथन सुष्मा थापा (राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान) मेरो जन्म तनहुँ जिल्लाको थर्पु, मिजेथुम गाउँमा भएको हो । त्यहिको श्री मीन हाई स्कुलमा पढें । भलिबल खेल्न चाहिं १२–१३ वर्षको उमेरदेखि सुरु गरेको हुँ । त्यो समयमा स्कुल स्तरिय जिल्लाव्यापी विरेन्द्र शिल्ड प्रतियोगिता हुने गर्दथ्यो । विरेन्द्र शिल्ड अनि जिल्ला स्तरिय प्रतियोगिता खेल्दै २०४३ […]
April 22, 2020
प्रकाश तिमल्सिना,काठमाडौं खेल जीवनलाई अघि बढाउन चाहने अधिकांशका लागि नेपालमा विभागिय टोली पहिलो रोजाई हुने गरेको छ । कारण विभागिय टोलीमा हुने नियमित प्रशिक्षण र पारिश्रमिक । संघिय राजधानी बाहिर घर हुने र आर्थिक अवस्था कमजोर हुनेका लागि विभागमा नगई खेल जीवन अघि बढाउनु भनेको प्राय असम्भव जस्तै छ । त्यसअर्थ नेपाली खेलकुदमा तीन विभाग […]
April 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भलिबल नेपालको राष्ट्रिय खेल । यही राष्ट्रिय खेल भलिबलका लागि वर्ष २०७६ उल्लेखनीय वर्षको रुपमा रह्यो । पहिलोपटक एभीसी एसियन सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सफल आयोजना, सेन्ट्रल जोनको साभरणसभा, महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक अन्तर्राष्ट्रिय स्वर्णपदक र सागमा रजतपदक । यसबाट पनि भलिबलको लागि उल्लेख्य वर्ष रहेको […]
April 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीकी उत्पादन तथा राष्ट्रिय भलिबल स्टार कृपा अधिकारीले दुई उत्कृष्ट अवार्डसहित नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदको कोर्ष पुरा गरेकी छिन् । कृपाले बुधबार २४ महिने लामो क्याडेट कोर्स पुरा गरेकी हुन् । कोर्समा महिलातर्फ पहिलो भएकी कृपाले दुई अवार्ड ‘केन अफ अनर’ र ‘बेस्ट इन एकेडेमिक अवार्ड’ […]
March 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चोट लागेको एक सातापछि नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी खुट्टाको शल्यक्रिया भएको छ । बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा बिहीबार उनको दायाँ खुट्टाको कुर्कुच्चामाथि शल्यक्रिया भएको एपिएफ महिला टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । उनको खुट्टामा प्लास्टर पनि गरिएको जानकारी दिँदै केसीले भने, ‘शल्यक्रिया राम्रो भएको डाक्टरहरुले बताउनुभएको छ । […]
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चोट लागेको एक सातापछि नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी खुट्टाको शल्यक्रिया हुने भएको छ । बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा बिहीबार उनको शल्यक्रिया हुने एपिएफ महिला टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । गत बुधबार नेपाल पुलिस क्लबविरुद्ध छैटौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा विनिता घाइते भएकी थिइन् […]
March 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्युटन पब्लिक स्कुल ‘बी’ का मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी प्रथम न्युटन–बाग्लुङ कप टु ‘ए’ साइड पुरुष खुला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) को बिच भलिबलको समेत जोडी रहेको मानबहादुर र दिल सुनारको जोडी गण्डकी प्रदेशका सन्जुविक्रम शाह र होम पुनको जोडीलाई पराजित […]