March 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अशिम युवा क्लबको आयोजनामा बुधबारदेखि शुरु हुने प्रथम साराङ्गे छाहारी भलिबल कप पुरुष भलिबल प्रतियोगितामा विभिन्न २० टोलीको सहभागिता रहने भएको छ । क्लबका अध्यक्ष लोक बिक्रम मल्लले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र प्रतियोगितामा २० टोलीको सहभागिता रहेको जानकारी गराए । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा ३ […]
March 15, 2021
सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । चुली युवा क्लव सुर्खेतको आयोजनामा चैत ११ गते प्रथम चुली कप प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित २ लाख रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष महेश जिसीले […]
March 15, 2021
सुर्खेत (हाम्रो खेलकुद)– चन्द्रकुमार गिरी जिल्ला खेलकुद विकास समिति सुर्खेतको अध्यक्षमा पुनः नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सोमबार गिरीलाई नियुक्त गर्दै सपथग्रहण गराएको हो । यस अघि २०७१ मा पनि समितिको अध्यक्ष भइसकेका गिरी भलिवलका पूर्व राष्ट्रिय खेलाडी तथा भलिवल संघ सुर्खेतका अध्यक्ष समेत हुन् । कर्णाली प्रदेश खेलकुद परिषद्ले […]
March 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भोटेकोशी गाउँपालिकाको आयोजनामा चैत्र पहिलो साता आयोजना हुने भनिएको भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता २०७७ हाललाई स्थगित भएको छ । आयोजक भोटेकोशी गाउँपालिकाको प्रतियोगिता व्यवस्थापन मूल समितिका संयोजक कुमार श्रेष्ठले खेलाडीको स्वास्थ्यलाई मध्यनजर गर्दै हाललाई प्रतियोगिता स्थगित गरिएको जानकारी दिए । उनले भर्खर मात्र नेपालगन्जमा प्रधानमन्त्री कप […]
March 9, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी स्टार ओपन स्पाइकर सरस्वती चौधरी सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेकी सरस्वतीले सर्वोत्कृष्ट खेलाडी चुनिदै २५ हजार पाप्त गरिन् । लिग चरणको अन्तिम तथा उपाधिको लागि फाइनल सरह मानिएको पुलिसविरुद्धको खेलमा सरस्वतीले उत्कृष्ट प्रर्दशन […]
March 9, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता उपाधि जितेको छ । मंगलबार नेपालगन्जस्थित रंगशाला परिसरमा एपिएफले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गर्ने […]
March 9, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आफ्नो अन्तिम खेलमा लुम्बिनी युनाइटेड क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको छ । मंगलबार दिउँसो नेपालगन्जस्थित रंगशाला परिसरको कभर्डहलमा न्यु डायमन्डले लुम्बिनी युनाइटेडलाई २५-१६, २५-११ र २५-१३ ले हराउँदै तेस्रो भएको हो । तेस्रो भएको न्यु डायमन्डले […]
March 9, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज (मंगलबार) भिड्दैछन् । सोमबार नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा भएको आ–आफ्नो खेलमा सफलता हात पारेपछि यि दुई टोलीबीच उपाधि भिडन्त तय भएको हो । जारी प्रतियोगितामा पुलिस र एपिएफ अपराजित छ […]
March 8, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै उपाधि सम्भावना बलियो बनाएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफले लगातार तेस्रो जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाए पनि त्यसपछि पुलिसले लगातार […]
March 8, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित निकाल्दै उपाधि नजिक पुगेको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमबार नेपालगन्जस्थित रंगशाल कर्भहलमा भएको खेलमा एपिएफले होंगान्जी न्यु डायमन्डलाई ३-१ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । पहिलो सेटमा पराजित […]