July 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) –नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य रहिसकेका सशस्त्र प्रहरी बल (एपिएफ) क्लबका मुख्य सेटर लोकेन्द्र गिरीको घुँडाको सफल शल्यक्रिया भएको छ । लामो समयदेखि बायाँ घुँडाको समस्याले ग्रसित लोकेन्द्रको सोमबार एपिएफ अस्पतालमा सफल शल्यक्रिया भएको हो । डाक्टर शैलेन्द्र श्रेष्ठ र प्रविन नेपाल लगायतको टोलीले उनको शल्यक्रिया गरेको थियो । गिरीले दुई […]
July 26, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलको समूह चरणको खेलमा उपाधि दावेदार ब्राजिलले अर्जेन्टिनामाथि पूनरागमन जित निकालेको छ । आरीआके एरिनामा सोमबार राति भएको खेलमा ब्राजिलले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै पूनरागमन जित दर्ता गरेको हो । ब्राजिलले पहिलो सेट १९–२५ तथा दोस्रो सेट २१–२५ ले गुमाएको थियो । […]
July 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हान्यु नेपाली समाज जापान र ग्रुप अफ जापानको संयुक्त आयोजनामा जापानमा रहेका नेपालीबीच ‘ग्रुप अफ जापान हान्स कप –२०२१’ खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता हान्यु शि साईतामा केनमा रहेको हान्यु गेम सेन्टरमा १५ अगष्टदेखि शुरु हुनेछ । प्रतियोगिताको विजेता टोलीले ३ लाख जापानी येन प्राप्त गर्नेछन् […]
July 22, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरी खेलकुद विकास समिति र खेल सामाग्री उत्पादक स्पेनिस कम्पनी केल्मीबीच प्रायोजन सम्झौता नविकरण भएको छ । यसअघि पुलिसको महिला र पुरुष फुटबल टोलीलाई मात्र प्रायोजन गर्दै आएको केल्मीले महिला र पुरुष भलिबल र महिला बास्केटबल टोलीलाई पनि प्रायोजन गरेको छ । प्रहरी खेलकुद समितिका तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक एवंम् नेपाल […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्टका कारण नेपाल २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएपछि नेपाल भलिबल संघले प्रशिक्षण स्थगित गरेको जानकारी गराएको छ । कोभिड १९ को नयाँ भेरियन्टको अति संवेदनशील क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एसियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोरोनाको दोस्रो लहरका कारण नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फिलिपिन्समा अर्को महिना हुने एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिन नपाउने भएको नेपाल भलिबल संघले जनाएको छ । कोभिड १९ को नयाँ भेरियन्टको अति सम्वेदनशिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एसियन भलिबल महासंघ मार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फिलिपिन्समा भदौ १३ देखि १८ सम्म आयोजना हुने भनिएको एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ । एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्र सहभागिता रहने भएको छ । समूह ए मा आयोजक फिलिपिन्स, कजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन् । समूह […]
July 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले संघका महासचिव जितेन्द्र बहादुर चन्द एसियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन हुन सफल भएकोमा सोमबार एक कार्यक्रमबीच बधाई तथा शुभकामना प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा संघका कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङसँगै संघका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यहरु, प्रमुख प्रशिक्षक, प्रशिक्षकहरु तथा एशियन महिला भलिबल च्याम्पियनसिपका तयारीमा रहेका खेलाडीलगायतले उनलाई बधाई […]
July 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसिया भलिबल संघको कोषाध्यक्ष नियुक्त भएका छन् । सेन्ट्रल जोनका सदस्य राष्ट्रहरुको संयुक्त निर्णय अनुसार चन्दलाई चार वर्षका लागि कोषाध्यक्षमा नियुक्त गरिएको संघले शनिबार पत्रमार्फत चन्दलाई जानकारी दिएको हो । नेपाल भलिबल संघमा विगत ९ वर्षदेखि महासचिव पदमा रहँदै आएका चन्दले नेपाली भलिबलसँगै सेन्ट्रल […]
July 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्समा भदौमा हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघले सदस्य ज्योती केसीलाई दिएको छ । यसअघि निरोज मास्केले घरायासी व्यस्ताताको कारण व्यवस्थापकबाट राजीनामा गरेकी थिइन् । संघ कार्यवहाक अध्यक्ष याम गुरुङको अध्यक्षतामा शनिबार बसेको कार्यसम्पादनको सातो बैठकले मास्केको राजीनामा स्वीकृति गर्दै केसीलाई व्यवस्थापकको जिम्मेवार दिएको […]