November 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने आयोजना एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि राष्ट्रिय पुरुष भलिबल टोलीको प्रारम्भिक टोलीमा तीन खेलाडीले पूनरागमन गर्दा दुई नयाँ खेलाडीले स्थान बनाएका छन् । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको छनोटबाट २० सदस्यीय टोली छनोट हुँदा मानबहादुर श्रेष्ठ, दिल बहादुर सुनार […]
November 14, 2021
कपिलवस्तु (हाम्रो खेलकुद) – कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल मणिग्रामले तेस्रो उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कुँवरवर्ती स्कुलको कोर्टमा आइतबार भएको फाइनलमा कुँवरवर्तीले एभरेस्ट मावि बुटवललाई ३-० का सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो सिजन उपाधि जित्दै रनिङ शिल्ड क्लिनसवीप गरेको छ । सुरुवाती दुई संस्करणमा पनि कुँवरवर्ती नै […]
November 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा डिसेम्बरमा आयोजना हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला टोलीको प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको विहिबार बसेको कार्यसमिति बैठकले महिला टिमको प्रशिक्षण आइतबारदेखि सुरु हुने जानकारी गराएको हो । बन्द प्रशिक्षणमा यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडी र त्यसमा विभागीय नेपाल पुलिस […]
November 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डच प्रशिक्षक हान एबिङले पुन: एकपटक सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको प्रशिक्षण सम्हाल्ने भएका छन् । नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमिति बैठकले यसअघि नेपाललाई प्रशिक्षण दिइसकेका हान एबिङलाई नै प्रशिक्षकको रुपमा ल्याउने निर्णय गरेको हो । उनी २ मंसिरमा नेपाल आइपुग्ने संघका सचिव मनवीर छन्त्यालले जानकारी […]
November 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गुरुङ स्पोर्ट्स हाउस प्रालिको आयोजनामा ‘गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय भेट्रान्स पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मंसिर १४ देखि १८ सम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा हुने छ । प्रतियोगितामा वि.सं २०३८ अघि जन्मेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने गुरुङ स्पोर्ट्स हाउस प्रालिका अध्यक्ष नविन गुरुङले […]
October 30, 2021
स्याङ्जा (हाम्रो खेलकुद) – नवज्योतिका स्पाइकर धनबहादुर भट्ट र दाजुभाई ट्रान्सपोर्ट सेवा प्रालिका वालमिका आचार्य दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । धनबहादुर पुरुषतर्फ तथा वालमिका महिलामा सर्वाेत्कृष्ट खेलाडी चुनिएका हुन् । उनीहरुले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । धनबहादुरले ५ हजार रुपैयाँ र ट्रफी तथा वालमिकाले […]
October 30, 2021
स्याङ्जा (हाम्रो खेलकुद) – नवज्योति जनसेवा युवा क्लब कोखे र दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । नव जनज्योति पुरुषतर्फ तथा दाजुभाई महिलातर्फ च्याम्पियन बनेका हुन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा शनिबार भएको पुरुषतर्फको फाइनलमा नवज्योतिले चक्रकला युवा क्लब लामडाडालाई ३–० को सोझो सेटमा पराजित गर्दै […]
October 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल भलिबल संघले शुक्रबार दिएको जानकारी अनुसार प्रतियोगिता यसै वर्ष डिसेम्बर २१ देखि २९ सम्म (पुष ६ देखि १४ सम्म) बंगलादेशमा हुने प्रतियोगितामा नेपाल सहभागी हुँदैछ । संघले एसियन […]
October 29, 2021
स्याङ्जा (हाम्रो खेलकुद) – नव जनज्योति युवा क्लब कोखे र चक्रकला युवा क्लब लामडाँडा दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा नव जनज्योतिले आयोजक वालिङ भलिबल क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो […]
October 28, 2021
स्याङ्जा (हाम्रो खेलकुद) – राङखोला युवा क्लब, पित्लेक अर्गानिक फर्म हाउससँगै रामवाच्छा युवा क्लब र चक्रदेवी युवा क्लब दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा बिहीबार भएको खेलमा राङखोलाले भिरकोट बयरघारीलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक पहिलो […]