January 4, 2022
उत्तम रिजाल, झापा दमक नगरपालिका र झापा गाउँपालिका प्रदेश १ स्तरीय अन्तर पालिका कनकाई कप भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । झापाको सुरुङ्गमा जारी प्रतियोगिताको मंगलबार सेमिफाइनलमा विजयी हुँदै दमक र झापाले फाइनल भेट पक्का गरेका हुन् । दमकले मोरङ्गको बेलबारी नगरपालिका र झापाले भोजपुरको आमचोक गाउँपालिकालाई पराजित गर्दै एकअर्कासँगको भेट पक्का गरेका […]
January 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल च्याम्पियन होंगान्जी न्यु डायमन्ड क्लब र खेलकुद सामग्री कम्पनी केल्मीबीच सम्झौता नविकरण भएको छ । गत वर्ष सुरु भएको सम्झौतालाई दुवै पक्षले मंगलबार एक कार्यक्रममाझ नविकरण गरेका हुन् । केल्मीको तर्फबाट आधिकारिक विक्रेता कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपाने र न्यु डायमन्डकी अध्यक्ष सुनकेशरी मालीले सम्झौता पत्रमा हस्ताक्षर गरे । […]
January 3, 2022
उत्तम रिजाल, झापादमक नगरपालिका र झापा गाउँपालिका आ आफ्नो समूहको विजेता बन्दै झापाको सुरुङ्गामा जारी प्रदेश १ स्तरीय अन्तर पालिका कनकाई कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दमकले सोमबार समुह ए को अन्तिम खेलमा उपाधि दाबेदार भोजपुरको आमचोक गाउँपालिकालाई र समुह बी को खेलमा झापाले मोरङ्गको बेलबारी नगरपालिकालाई पराजित गर्दै समूह आ आफ्नो […]
January 3, 2022
विजय नेपाली, पोखरा हरेक खेलाडीको एउटै इच्छा हुन्छ राष्ट्रिय टोलीबाट खेल्ने । उनीहरुको पहिलो लक्ष्य भनेकै राष्ट्रिय स्तरको खेल खेल्ने हुन्छ । राष्ट्रिय स्तरको खेल खेलेपश्चात मात्रै सबैको आँखामा पर्ने गरिन्छ । विश्वमा हरेक राष्ट्रले विभिन्न प्रतियोगिता गर्ने गर्दछन् । खेलाडी उत्पादन तथा उत्कृष्ट खेलाडी निकाल्नका लागि राज्यले नै राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्दै आउँछन् […]
January 1, 2022
काठमाडौं (हाम्रो खेलकुद)– एपिएफ क्लबको महिला भलिबल टोलीका सफल पूर्व प्रशिक्षक ज्ञानेन्द्र विष्टको कोभिडका कारण शनिबार साँझ निधन भएको छ । नेपाल एपिएफ फुटबल क्लबका व्यवस्थापक समेत रहेका विष्टका समकालिन खेलाडी विजय केसीका अनुसार बलम्बुस्थित एपिएफ अस्पतालमा साँझ ६:५० बजे उनको मृत्यु भएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । कोरोना संक्रमण भएपछि […]
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले गत मंगलबार एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन बन्दै उपाधि रक्षा गर्न सफल भयो । यसपटक नेपालको उपाधि रक्षा अभियानमा श्रीलंका र उज्वेकिस्तानले बलियो चुनौती पेश गरेपनि नेपालले बाजी मार्न सफल भयो । यसपटकको च्याम्पियन टोलीमा तीन नयाँ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गर्दा दुई खेलाडीले राष्ट्रिय […]
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चर्चित भलिबल खेलाडी अमृत केसी झन्डै १० महिना मैदान बाहिर रहने भएका छन् । बायाँ खुट्टामा लागेको चोटको शल्यक्रिया गरेका कारण उनी लामो समय मैदान बाहिर रहने भएका हुन् । स्याङ्जाको पुतलीबजारमा भएको सर्वाधिक धनराशिको अन्तर पालिका स्तरीय दोस्रो पुतलीबजार कप भलिबल प्रतियोगिता खेल्ने क्रममा स्पाइक गरेर ल्यान्डिङ नमिल्दा उनले चोट […]
December 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियन महिला टोलीको भव्य स्वागत भइरहँदा सोही प्रतियोगितामा भाग लिएर फर्केका पुरुष टोलीका खेलाडी भने आ आफ्नै तरिकामा घर फर्केनु परेको थियो । भनिन्छ, जित्नेको इतिहास लेखिन्छ । त्यसअर्थ स्वभाविक थियो महिला टोलीले न्यानो र भव्य स्वागतको हकदार थियो । त्यहि अनुसार युवा तथा […]
December 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई बिहीबार स्वदेश फर्कदा भव्य स्वागत गरिएको छ । मन्त्री परिषद्ले महिला टोलीका खेलाडीलाई जनही ५ लाख, प्रशिक्षकहरुलाई ३ लाख र व्यवस्थापकलाई २ लाख रुपैयाँ दिने निर्णय बुधबार नै निर्णय गरिसकेको थियो । महिला टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वजंग […]
December 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दुवै (महिला र पुरुष) भलिबल टोली आज (बिहीबार) स्वदेश फर्कदै छ । बंगलादेशमा मंगलबार सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्कन लागेका हुन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम राम्रो भएको अवस्थामा टोली […]