November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच प्रत्यक्ष प्रसारणको लागि बुधबार सम्झौता भएको छ । भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सेन्ट्रल एसिया भलिबल एसोसिएसन […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ। नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ। […]
November 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली त्रिभुवन आर्मी क्लबका अपोजिट स्पाइकर धनबहादुर भट्टले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ खेल्ने भएका छन् । यसै महिना नेपालमा हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको लागि हेल्प नेपालले धनबहादुरलाई टोलीमा भित्र्याएको आफ्नो सामजिक सन्जालमार्फत आइतवार जानकारी दिएको छ । […]
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिसका अपोजिट स्पाइकर रविन चन्द ठकुरीले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट खेल्ने भएका छन् । यसै महिना नेपालमा हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको लागि हेल्प नेपालले रविनलाई टोलीमा भित्र्याएको आफ्नो सामजिक सन्जालमार्फत शनिवार जानकारी दिएको छ । हेल्प नेपाल आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यार्सागुम्बा एभरेष्ट हर्ब्स प्रोसेसिंङ प्रालिले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई सह प्रयोजन गरेको छ। एभरेष्ट हर्ब्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत बिसु विक्की गोयन्काले नेपालको राष्ट्रिय खेल भलिबलको वृद्धि र विकासमा निकै महत्वपूर्ण योगदान दिँदै आइरहेको यस हेल्प नेपालसँग आबद्ध हुन […]
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले कप्तानमा टोप बहादुर थापा ‘दीपक’ लाई निरन्तरता दिएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा दीपकलाई कप्तानीको जिम्मेवारी दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत मंगलवार जानकारी दिएको छ । दीपककै कप्तानीमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन […]
November 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिने भएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा खड्कालाई निरन्तरता दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत जानकारी दिएको छ । खड्काकै प्रशिक्षणमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। त्यसैको […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भाटभटेनीले उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो । सोही अवसरमा खेल पोशाक कम्पनी टि टेन स्पोर्ट्सले पनि उषालाई […]
November 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले नेपालमै अर्को महिना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप खेल्ने भएका छन् । आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता र उपविजेताको हैसियतमा हेल्प नेपाल र गण्डकी प्रदेशले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । प्रतियोगिता मंसिर २२ देखि २९ गतेसम्म नेपालमा आयोजना […]
November 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेल पूर्वाधार निर्माण कार्यमा संलग्न काया स्पोर्ट्सले आफ्नो कायापलट कार्यक्रममार्फत नेपाली महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई सहयोग गर्ने भएको छ । आइतबार काया यू-१६ कप सेभेन-ए-साइड फुटसल प्रतियोगिता आयोजनाका लागि काया स्पोर्ट्सले गरेको पत्रकार सम्मेलनमा न्यू डायमन्डलाई सहयोग गर्ने जानकारी दिइएको हो । नेपाली फुटबलको विकास […]