default_image

भलिबल

January 11, 2022

न्यू डायमन्डको लगातार दोस्रो जित, आर्मीसँग एपिएफ स्तब्ध

पोखरा (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोस्रो जित निकाल्दा उपाधि दावेदार नेपाल एपिएफ क्लब त्रिभुवन आर्मी क्लबसँग स्तब्ध बनेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा डायमन्डले श्रीलंकन राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित आयोजक टाइगर […]

January 11, 2022

टाइगर कप भलिबलमा पुलिसको लगातार दोस्रो जित

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय नेपाल पुलिस क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित दर्ता गर्दा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई […]

January 10, 2022

साविक विजेता गण्डकीको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप २०७८ अन्तर्गत पुरुष तर्फ विजयी सुरुवात गरेको छ । गण्डकीले विभागीय नेपाल एपिएफ क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको खेलमा गण्डकीले पहिलो सेट २५–१७ ले सहजै आफ्नो […]

January 8, 2022

खेलाडीलाई सम्मानसँगै न्यु डायमन्डलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ ले राष्ट्रिय भलिबल खेलाडी तथा फुटबल खेलाडीलाई नगदसहित सम्मानसँगै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई टाइगर कप भलिबलको प्रतियोगिताको लागि बिदाई गरिएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ का अध्यक्ष बाल मुकुन्द बिडारीले चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ का राष्ट्रिय भलिबल खेलाडी (होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स […]

January 8, 2022

टाइगर कप भलिबलको तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । टाइगर कप भलिबल पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा पौष २६ गतेबाट माघ १ […]

January 5, 2022

दमकलाई कनकाई कप भलिबल उपाधि

उत्तम रिजाल, झापा दमक नगरपालिकाले कनकाई कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको सुरुङ्गामा बुधबार सम्पन्न खेलमा झापा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो । पहिलो सेटमा २५–१६ को जित हात पार्दै खेलमा अग्रता लिएको दमकले दोश्रो सेटमा रबिन गौतमले उत्कृष्ट प्रदर्शन गरेपछि २२–२५ ले गुमाउन पुगेको थियो । तर, […]

January 4, 2022

दमक र झापा कनकाई कप भलिबल उपाधिका लागि भिड्ने

उत्तम रिजाल, झापा दमक नगरपालिका र झापा गाउँपालिका प्रदेश १ स्तरीय अन्तर पालिका कनकाई कप भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । झापाको सुरुङ्गमा जारी प्रतियोगिताको मंगलबार सेमिफाइनलमा विजयी हुँदै दमक र झापाले फाइनल भेट पक्का गरेका हुन् । दमकले मोरङ्गको बेलबारी नगरपालिका र झापाले भोजपुरको आमचोक गाउँपालिकालाई पराजित गर्दै एकअर्कासँगको भेट पक्का गरेका […]

January 4, 2022

न्यु डायमन्डलाई केल्मीको साथ निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल च्याम्पियन होंगान्जी न्यु डायमन्ड क्लब र खेलकुद सामग्री कम्पनी केल्मीबीच सम्झौता नविकरण भएको छ । गत वर्ष सुरु भएको सम्झौतालाई दुवै पक्षले मंगलबार एक कार्यक्रममाझ नविकरण गरेका हुन् । केल्मीको तर्फबाट आधिकारिक विक्रेता कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपाने र न्यु डायमन्डकी अध्यक्ष सुनकेशरी मालीले सम्झौता पत्रमा हस्ताक्षर गरे । […]

January 3, 2022

दमक र झापा कनकाई कप भलिबलको सेमिफाइनलमा

उत्तम रिजाल, झापादमक नगरपालिका र झापा गाउँपालिका आ आफ्नो समूहको विजेता बन्दै झापाको सुरुङ्गामा जारी प्रदेश १ स्तरीय अन्तर पालिका कनकाई कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दमकले सोमबार समुह ए को अन्तिम खेलमा उपाधि दाबेदार भोजपुरको आमचोक गाउँपालिकालाई र समुह बी को खेलमा झापाले मोरङ्गको बेलबारी नगरपालिकालाई पराजित गर्दै समूह आ आफ्नो […]

January 3, 2022

गण्डकी प्रदेशको दोहोरो रुप ‘एकातिर हौसला, अर्कातिर निराशा’

विजय नेपाली, पोखरा हरेक खेलाडीको एउटै इच्छा हुन्छ राष्ट्रिय टोलीबाट खेल्ने । उनीहरुको पहिलो लक्ष्य भनेकै राष्ट्रिय स्तरको खेल खेल्ने हुन्छ । राष्ट्रिय स्तरको खेल खेलेपश्चात मात्रै सबैको आँखामा पर्ने गरिन्छ । विश्वमा हरेक राष्ट्रले विभिन्न प्रतियोगिता गर्ने गर्दछन् । खेलाडी उत्पादन तथा उत्कृष्ट खेलाडी निकाल्नका लागि राज्यले नै राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्दै आउँछन् […]

Success

Thank you for your time.