default_image

भलिबल

April 15, 2022

प्रतिभाले एनभिए क्लब लिग गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी ओपन स्पाइकर प्रतिभा मालीले यसै महिना हुने छैटौ आरबिबी एनभिए राष्ट्रिय लिग गुमाउने भएकी छिन् । पूरानो चोट बल्झिएसँगै कम्तीमा तीन महिना खेल्न नमिल्ने भएपछि प्रतिभाले एनभिए क्लब लिग गुमाउने पक्का भएको प्रशिक्षक कुमार राईले हाम्रो खेलकुदलाई जानकारी गराए । एनभिए क्लब […]

April 14, 2022

घरेलु भलिबलमा न्यु डायमन्ड र आर्मीको बर्चस्व

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो वर्ष जस्तै वर्ष २०७८ पनि कोभिड १९ को महामारीबाट अछुतो रहेन । यसले अन्य क्षेत्रजस्तै खेलकुद पनि प्रभावित पा¥यो । कोरोनाकै कारण फिलिपिन्समा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप अन्तिम समयमा आएर स्थगित भयो । च्याम्पियनसिपका लागि नेपालले १ असारबाट प्रशिक्षण थालेको थियो । पछि एक अन्तर्राष्ट्रिय […]

April 13, 2022

महिला भलिबलमा लगातार सफलता

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो वर्ष जस्तै वर्ष २०७८ पनि कोभिड १९ को महामारीबाट अछुतो रहेन । यसले अन्य क्षेत्रजस्तै खेलकुदलाई पनि नराम्ररी थिलथिलो बनायो । केही खेलहरु बन्द रंगशाला या कभर्डहलमै भए । कोरोनाका कारण वैशाख १६ गतेबाट पुनः लकडाउन भयो। यो बीचमा दशरथ रंगशालामा पहिलो संस्करणको एनएसएल सफल रुपमा आयोजना भयो । अवस्था […]

April 11, 2022

न्यू डायमण्डकी झरनाले अब भलिबल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय टोलीको प्रारम्भिक चरणको प्रशिक्षणमा परिसकेकी घरेलु भलिबलको चर्चित होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी झरना श्रेष्ठले अब भलिबल नखेल्ने निर्णय गरेकी छिन् । पछिल्लो समय उदियमान खेलाडीको रुपमा रहेकी उनले पारिवारिक कारण देखाउँदै अब देखि भलिबल नखेल्ने निर्णयमा पुगेको हाम्रो खेलकुदलाई जानकारी गराइन् । ‘पारिवारिक कारणले नै भलिबल छाड्न लागेकी […]

April 9, 2022

कमला र मनिषाको जोडीलाई बिच भलिबल उपाधि

पाल्पा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबकी कमला पुन र मनिषा चौधरीको जोडीले पहिलो सञ्जय स्मृति राष्ट्रिय स्तरको महिला बिच भालिबलको उपाधि जितेका छन् । पाल्पाको रानीमहलमा शनिबार भएको फाइनलमा कमला र मनिषाको जोडीले लुम्बिनी प्रदेशकी सरस्वती कट्टेल र भावना डाँगीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो […]

April 8, 2022

ललितपुर मेयर कप भलिबल बैशाख पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका दोस्रो मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बैशाख पहिलो सातादेखि हुने भएको छ । आयोजक जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले दोस्रो संस्करणको प्रतियोगिता आगमी वैशाख ६ देखि १० गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिकाले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताका खेलहरु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको […]

April 5, 2022

आरबिबी एनभिए राष्ट्रिय क्लब लिग भलिबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – छैटौ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग-२०७८ अर्को महिना हुने भएको छ । नेपाल भलिबल संघले प्रतियोगिता आगमी वैशाख १८ देखि २४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा संचालन हुने जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब ,हेल्प नेपाल क्लब, गण्डकी प्रदेश, […]

April 2, 2022

अरुणा र घनश्यामलाई मनोरन्जन रमण शर्मा अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही र गण्डकी प्रदेशका घनश्याम चौधरीले मनोरन्जन रमण शर्मा अवार्ड प्राप्त गरेका छन् । नेपाल भलिबल संघका अध्यक्षसमेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्डमा यसवर्ष पुरुषतर्फ घनश्याम र महिलातर्फ अरुणालाई प्रदान गरिएको हो । अवार्डसँगै अरुणा र घनश्यामले समान ४०–४० हजार रुपैया प्राप्त […]

March 28, 2022

हरियाणाकी निर्मल प्रधानमन्त्री कप भलिबलमा सर्वाेत्कृष्ट

नेपालगन्ज (हाम्रो खेलकुद) – भारतको हरियाणा स्पोर्टस् क्लबकी ओपन स्पाइकर निर्मल तनवर आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । हरियाणा स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन उनको प्रदर्शन उच्च रहेको थियो । सोमबार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हरियाणाले उपाधि जितेको थियो । […]

March 28, 2022

हरियाणा प्रधानमन्त्री कप भलिबल च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – भारतको हरियाणा स्पोर्टस् क्लब आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट हरियाणाले २६–२४ ले आफ्नो पक्षमा पार्न सफल […]

Success

Thank you for your time.