default_image

भलिबल

May 22, 2022

भलिबल दिवसमा विविध कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – जेठ ८ अर्थात भलिबल दिवस आज देशैभर विविध कार्यक्रम गरि मनाइएको छ । सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि सोही दिनलाई भलिबल दिवसको रुपमा देशैभर मनाउँदै आइरहेको छ । तत्कालिन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले मन्त्रीपरिषदबाट २०७४ साल […]

May 22, 2022

भलिबल दिवसमा आज विविध कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – आज जेठ ८ अर्थात भलिबल दिवस । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा आज भलिबल दिवसलाई विविध कार्यक्रम गरेर मनाईदैछ । नेपाल भलिबल संघले कुनै औपचारिक कार्यक्रमको जानकारी नगराएपनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ । यस्तै महिला भलिबलमा छुट्टै पहिचान बनाउन […]

May 17, 2022

उषा र कामनाले माल्दिभ्सको भलिबल लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबका स्पाइकरद्वय उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् । घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्दै आएकी उषा र कामनाले पहिलोपटक विदेशी लिग खेल्न लागेकी हुन् । माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मे १९ देखि ३१ […]

May 17, 2022

कप्तान अरुणा प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाने भएकी छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स जान लागेको अरुणाले बताएकी छिन् । नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । उनी जाने मिति भने तय हुन बाँकी छ । पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले […]

May 10, 2022

प्रतिभालाई समेट्दै एसियाडलाई भलिबलको खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चोटबाट पूनरागमन गर्ने प्रयासमा रहेकी स्टार प्रतिभा मालीलाई समेट्दै नेपाल भलिबल संघले चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल […]

May 10, 2022

भलिबलमा आर्मीको दुर्लभ इतिहास

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले नेपाली भलिबलमा दुर्लभ इतिहास रचेको छ । काठमाडौंमा शनिबार सम्पन्न छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा एकै क्लबका महिला र पुरुषमा उपाधि जित्दै आर्मीले यो इतिहास रच्न सफल भएको हो । एकै प्रतियोगितामा एकै क्लबका दुवै टोली फाइनल पुग्ने इतिहास यसअघि भएपनि […]

May 7, 2022

संगम र धनबहादुर सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– संगम महतो र धनबहादुर भट्ट छैटौं आरबिबी एनभिए राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । शनिबार सम्पन्न क्लब लिग च्याम्पियनसिपमा महिला र पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो । संगम र धनबहादुर दुवैले समान ३५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, अरुणा शाही […]

May 7, 2022

आर्मी एनभिए लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं आरबिबी एनभिए क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा हेल्प नेपाल क्लबलाई ३–१ ले हराउँदै आर्मी विजयी बनेको हो । लिगमा अपराजित रहने आर्मी एक्लो टोली बनेको छ । ६ जितका साथ आर्मीले १८ अंक जोड्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् […]

May 7, 2022

आर्मीको महिला भलिबल टोली पहिलोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोली क्लब भलिबलको इतिहासमा पहिलोपटक च्याम्पियन बनेको छ । शनिबार छैटौं संस्करणको आरबिबी एनभिए क्लब लिग भलिबल अन्तरगत महिलातर्फको राउन्ड रोविन लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

May 6, 2022

अपराजित रहँदै आर्मी शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय त्रिभुवन आर्मी क्लब छैटौं आरबिबी एनभिए लिग भलिबल अन्तरगत पुरुषतर्फ अपराजित रहँदै शीर्षस्थानमा रहन सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै अपराजित र शीर्षस्थानमा रहन सफल भएको हो । पहिलो सेट १७–२५ ले […]

Success

Thank you for your time.