January 14, 2025
सुकुटे/ सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- काभा महिला बिच भलिबलको स्वर्ण पदक विजेता नेपाल पुलिस क्लबका कमला पुन र मनिषा चौधरीको जोडीले राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटे स्थित भोटेकोशी बिच रिसोर्टमा मंगलवार सुरु भएको प्रतियोगितामा समूह ‘ग’मा कमला र मनिषाको जोडीले कर्णाली प्रदेश सिता सिंह र पूर्णकला खत्रीको जोडीलाई […]
January 14, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा अर्को साता सुरु हुने टाइगर कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ समान ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सहभागी टोलीको नाम सार्वजनिक गरेको छ ।३ विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ। माघ […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]
January 14, 2025
सुकुटे/ सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय बिच भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ। चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटे स्थित भोटेकोशी बिच रिसोर्टमा हुने च्याम्पियनसिपको पूर्व प्रधानमन्त्री एवंम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्। नेपाल भलिबल संघको वार्षिक कार्यक्रममा रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ आयोजना गरेको हो। यो महिलातर्फको […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले आफ्ना दुई खेलाडीलाई शनिवार बिदाइ गरेको छ। न्यु डायमण्डका उत्पादन पर्वतको फलेबास नगरपालिका ५ की रिमा कुँवर र स्याङ्जा वालिङ नगरपालिका १० की अलिशा मानन्धरलाई क्लबले औपचारिक कार्यक्रमसहित बिदाइ गरेको हो। व्यवसायिक भलिबलका लागि रिमा र अलिशा नेपाल पुलिस क्लबमा आबद्ध भएपछि न्यु डायमण्डले बिदाइ गरेको […]
January 9, 2025
सुमन अधिकारी,बुटवल त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मी उपाधि जितेको हो ।आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ ले हराएको थियो। पुलिसले पहिलो सेट सजिलै जितेको थियो । रविन […]
January 8, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । मंगलवार भएको पहिलो सेमिफाइनलमा पुलिस र बुधवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले जित निकाल्दै फाइनलमा एकअर्कासँग भेट पक्का गरेका हुन् । आज आर्मीले सेमिफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई २५–१८, […]
January 7, 2025
सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा पुगेको छ । मंगलवार भएको पहिलो सेमिफाइनलमा भारतको गुजरात प्रदेश भलिबल एसोसियसनलाई संघर्षपूर्ण खेलमा हराउँदै फाइनलमा पुगेको हो । पुलिसले गुजरातलाई ३–१ को सेटमा हराएको हो । पुलिसले पहिलो सेटमा २५–२७ ले गुमाएपनि दोस्रो सेट २५ – […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]
January 6, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात भलिबल एसोसिएसनकाबिच हुने भएको छ। दोस्रो सेमिफाइनल समूह ‘बी’को विजेता त्रिभुवन आर्मी क्लब र समूह ‘ए’को उपविजेता मणिमुकुन्द भलिबल क्लबबिच हुनेछ । सोमवार लिग […]