January 24, 2019
सुबास हुमागाईं, दुवई नेपालले शुक्रबार यूएईविरुद्ध ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ । उक्त खेलको पूर्वसन्ध्यामा बोल्दै टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले टोलीमा युवा खेलाडी भएपनि सबैले सक्षम भएर नै अवसर पाएको बताए । पछिल्लो समय नेपाली टोलीमा युवा खेलाडीले स्थान बनाउँदै आएका छन् । यसपटक टोलीमा चार नयाँ अनुहार समावेश गरिएको […]
January 19, 2019
सिमरा – सिएमजी क्लब संकटा क्लब रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब सरस्वती युथ क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै संकटा अन्तिम आठमा पुगेको हो । अब संकटाले माघ ८ गते रुस्लान थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।
December 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार ललितपुर प्याट्रीयट्सले काठमाडौं किंग्स इलेभेनलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । खेलपछि बोल्दै ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले आयोजकको व्यवस्थापन र अम्पायरको निर्णयबारे गुनासो पोखे । खेलमा ज्ञानेन्द्र मल्ल काठमाडौंका साम्सद शेखले फ्याँकेको आठौं ओभरको पाँचौ बलमा एलबीडब्लु आउट भएका थिए । […]
December 3, 2018
एजेन्सी – अष्ट्रेलियाका १८ वर्षे ओलिवर डेभिसले घरेलु लिग यू–१९ च्याम्पियनशिपमा ६ बलमा ६ छक्का सहित दोहोरो शतक बनाएका छन् । न्यू साउथ वेल्स (एनएसडब्लू) मेट्रोका कप्तान समेत रहेका डेभिसले सोमबार एडिलेडमा भएको खेलमा नर्थन टेरीटोरीविरुद्ध अफ स्पिनर ज्याक जेम्सलाई ४० औँ ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । उनले कुल १ सय […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तरगतको एसिया क्षेत्रको प्रारम्भिक छनोट चरण पार गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोली बिहिबार स्वदेश फर्किएको छ । नेपाली महिला टोली बिहिबार मालिन्डो एयरलाइन्सबाट दिउसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलएिको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ […]
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबका मिडफिल्डर सुजल श्रेष्ठ हत्केलाको चोटका कारण ६ साता मैदानबाहिर रहने भएका छन् । बुधबार विहान प्रशिक्षणका क्रममा लड्दा चोट बोकेका उनले साँझ परिक्षण गर्दा हत्केलामा चोट देखिएपछि डाक्टरले ६ साता विश्राम गर्न भनेका हुन् । उनको हातमा प्लास्टर गरिएको छ । लिग अन्तर्गत पहिलो खेलमा […]
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एवं रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा झन्डै ९ महिनापछि चोटबाट पुनरागमन गर्ने सुरमा छन् । गत माघमा बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खेल्दा खुट्टा भाँचिएपछि विक्रम मैदानबाहिर रहेका छन् । त्यसपछि विक्रमले खुट्टाको शल्यक्रिया गरेर रिह्याबमा आफ्नो समय व्यतित गरे । यसबिचमा उनले […]
November 8, 2018
म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर सिटीले शाख्तर डोनेस्कलाई ६-० ले पराजित। यस खेलमा दोस्रो गोल सिटीले पेनाल्टी मार्फत गरेको थियो। यहि दोस्रो गोल अहिले विश्व फुटबल समर्थकमाझ चर्चाको विषय बनेको छ। खेलको २३ औं मिनेटमा फर्नान्डिनियोले मिडफिल्डबाट रहिम स्टरलिङ्गलाई दिएको पासमा स्टरलिङ्ग बल अघि बढाएर गोल किपरमाथि चिप गर्ने क्रममा आफैँ अल्झिदै […]
November 7, 2018
एजेन्सी – क्रिकेटमा एकै ओभरमा कति रन सम्म बन्ला ? जो कहिले पनि भन्ने गर्छ कसैले ६ छक्का हान्न सके ३६ रन बन्छ नि । तर विश्व क्रिकेट जगतको लिष्ट ए खेलमा नयाँ रेकर्ड बनेको छ । न्युजिल्यान्डका ब्याटम्यान जो कार्टर र ब्रेट हेम्पटनले एकै ओभरमा ४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका छन् । […]
October 19, 2018
वाशिंगटन (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर वेन रुनीले अमेरिकी फुटबल लिग एमएलएसमा जादु कायम राखेका छन्।सिकागोसँगको खेलमा दुई गोल गर्दै टोलीलाई जित दिलाएका रुनीले बुधबार भएको खेलमा विश्वस्तरीय फ्रि-किक मार्फत डिसी युनाईटेडलाई अर्को जित दिलाए। रुनीको आगमनअघि लिगको पुछारमा रहेको डिसी हाल प्लेअफका लागि प्रतिस्पर्धा गर्दैछ। टोरोन्टो एफसीविरुद्धको खेलमा रुनीले १८ मिनेटमा करिब ३० यार्डबाट फ्रि-किकबाट […]