default_image

भिडियो

May 1, 2019

‘ब्रिटिश आर्मी छोडेर फुटबल रोजे’ – किरण

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङले फुटबल रोजेर कहिलै पछुताउनु नपरेको बताएका छन् । युवा अवस्थामा दुई वटा विकल्पमध्ये फुटबल राजेकोले त्यसपछि कहिल्यै पछि फर्कन नपरेको उनको अनुभव छ । ‘१७ वर्षको थिएँ होला । त्यति बेला ब्रिटिश आर्मीमा जानका लागि सबै प्रक्रिया अघि बढाएको थिएँ । त्यहि समयमा […]

April 12, 2019

‘पछिल्लो कार्यकालमा धेरै सिके’ – अध्यक्ष शाह

प्रकाश तिमल्सिना, काठमाडौं पूर्व सांसद राजीव विक्रम शाह दोस्रो पटक नेपाल एथलेटिक्स संघको अध्यक्षमा निर्वाचित भएपछि केहि विरोधमा देखिएका छन् भने उनी आफ्नो नयाँ कार्यकालको योजना बनाउन थालेका छन् । निर्वाचनलाई लिएर केहि विवाद चलिरहेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वीकृति र एथलेटिक्सको अन्तर्राष्ट्रिय प्रतिनिधिको रोहवरमा यसै साता साधारण सभा भएको थियो । त्यसैले पछिल्लो विवादले […]

April 5, 2019

‘वार्षिक ६ लाखजति कमाउँछु’ – यू१९ कप्तान रोहित

काठमाडौं – रोहितकुमार पौडेल नेपाली क्रिकेटका उदीयमान खेलाडी हुन् । यू-१९ राष्ट्रिय टोली र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै सिनियर टोलीमा स्थान बनाएका रोहितले अन्तर्राष्ट्रिय स्तरमा पनि आफूलाई प्रमाणित गरिसकेका छन् । पछिल्लो समय निकै चर्चामा रहेका रोहितले यसपटक विश्वकप छनोटमा नेपाल यू-१९ राष्ट्रिय टोलीको कप्तानी पनि गर्दैछन् । विश्वकप छनोट खेल्न नेपाली यू १९ […]

February 24, 2019

प्रशिक्षक कालीन २ वर्षका लागि अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्विडिस नागरिक योहान कालीनलाई दुइ वर्षको लागि राष्ट्रिय पुरुष फुटबल टोलीको जिम्मेवारी सुम्पिएको छ । आइतबार एन्फा परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै कालीनले आगामी दुई वर्ष राष्ट्रिय टोलि सम्हाल्ने जानकारी दिए । पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस :

February 13, 2019

नेपाली ‘जोन्टी’ भीमको त्यो क्याच !

धनगढी (हाम्रो खेलकुद) – दक्षिण अफ्रीकाका पूर्व क्रिकेटर जोन्टी रोड्सलाई विश्व क्रिकेटमा फिल्डिङका बादशाहका रुपमा चिनिन्छ । उनी अहिले नेपालमै छन् । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणका प्रतियोगिताका सदभावाना दुत र सीवाईसी अत्तरियाका मेन्टरका रुपमा उनी नेपालमा छन् । त्यसैले कम्तिमा उनि फागुन ११ गते सम्म नेपालमै रहने छन् । जोन्टी पहिलो […]

February 3, 2019

वर्षाले तेस्रो टि-२० प्रभावित

सुबास हुमागाईं, दुबई नेपाल र यूएईबीच हुने भनिएको तेस्रो तथा निर्णायक टि-२० खेलमा वर्षा बाधक बनेको छ । निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल निर्धारित समयमा सुरु नहुने पक्का भएको छ । नेपाली समयानुसार २:४५ बजे सुरु हुने खेलका लागि २:१५ मा टस हुनुपर्ने थियो । तर लगातार वर्षासँगै टस सरेको छ । पिचको मुख्य कभर […]

January 31, 2019

सन्दीप जोराको कीर्तिमानी अर्धशतक (भिडियो)

सुबास हुमागाईं, दुबई नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । यूएईविरुद्ध पहिलो ट्वान्टी-२० खेलमा सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अर्धशतक बनाउँदै उक्त कीर्तिमान कायम गरेका हुन् । हेर्नुहोस उनको इनिङस : नेपाल २१ रनले पराजित भएको खेलमा सन्दीपले ५३ रनको योगदान दिए । […]

Rohit half century

January 27, 2019

रोहितको कीर्तिमानी अर्धशतक [भिडियो]

दुबई (हाम्रो खेलकुद) – यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गरेसँगै नेपाली युवा ब्याट्समयान रोहित कुमार पौडेलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका हुन् ।

sompal

January 27, 2019

सोमपालको ५ विकेट [भिडियो]

दुबई (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले यूएईविरुद्धको दोस्रो ओडीआई खेलमा ५ विकेट लिए । उनको शानदार बलिङ प्रदर्शनसँगै नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भयो। यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ । उक्त खेलमा सोमपालको सबै ५ विकेटको भिडियो हेर्नुहोस।

January 26, 2019

‘५ विकेटभन्दा टोलीको जितमा खुसी छु’ – सोमपाल

सुबास हुमागाईं, दुबई यूएईविरुद्ध दोस्रो ओडीआईका म्यान अफ द म्याच घोषित सोमपाल कामीले व्यक्तिगत प्रदर्शनभन्दा टोलीको जितमा योगदान दिन पाउँदा खुसी लागेको बताएका छन् । उनले ५ विकेट लिएपछि नेपालले फराकिलो जित दर्ता गर्दै ३ खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ । जितपछि बोल्दै सोमपालले व्यक्तिगत सफलता भन्दापनि टोलीको जितमा योगदान दिन पाउँदा धेरै […]

Success

Thank you for your time.