February 2, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्डकपको फाइनल अघि रुस्लान थ्री स्टारका कप्तान विक्रम लामाले फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताएका छन् । उनले थ्री स्टारले झन्डै डेढ वर्ष फुटबल नखेल्दा मनाङ लगायत थुप्रै क्लबबाट राम्रो खेल्दै उपाधि जिते पनि आफ्नो क्लबबाट खेल्दा बेग्लै आनन्द लाग्ने बताए । त्यस्तै आफ्नो कप्तानीमा पहिलो पटक फाइनल […]
February 1, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १६ औं आहा-रारा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग पराजित हुँदै धरान प्रतियोगिताबाट बाहिरियो । खेलको २३ औं मिनेटमा पेनाल्टीमा पुलिसका सुमन लामाले गरेको गोल धरानको हारको कारण बन्यो । उक्त पेनाल्टीमा रेफ्रीको निर्णय प्रति असन्तुष्ट धरानका कप्तान विष्णु सुनार आक्रोषित हुँदै आफ्ना किपरलाई खेल छाड्न निर्देशन दिएपछि खेल केही बेर […]
February 1, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा रारा गोल्ड कपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सुमन लामाको गोलमा धरान फुटबल क्लबविरुद्ध अग्रता लिएको छ । सुमनले २३ औं मिनेटमा पेनाल्टीलाई परिणत गर्दै गोल गरेका हुन् । हेर्नुहोस गोलको भिडियो : तस्बिर / भिडियो : विवेक सुवेदी / हाम्रो खेलकुद
January 30, 2018
पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसँग स्तब्ध भएपछि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक छिरिङ लोप्साङले विदेशी खेलाडी खेलाउन नपाउनुकै कारण टोली पराजित भएको बताएका छन् । मनाङका चार विदेशी खेलाडीको वर्कपरमिटको म्याद सकिएका कारण मंगलबार पुलिसविरुद्ध खेलाउन पाएन । सोमबार रुस्लान थ्री स्टार […]
January 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आई-लिगमा किरणको टोली मिनरेभा पन्जाब इष्ट बेगांलसँग २-२ को बराबरीमा रोकिएपनि नेपाल राष्ट्रिय टोलीका गोल किपर किरण चेम्जोङले एक पेनाल्टि बचाऊ गरे । लिगको शीर्ष स्थानमा रहेको उनको टोलीले अंक गुमाए पनि उनी खेलको ‘म्यान अफ द म्याच’ भए । हेरौं उनले बचाएको पेनाल्टीको भिडियो ।
January 30, 2018
पोखरा (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नै क्लब व्यवस्थापन प्रति गुनासो गरेका छन् । उनको क्लब प्रतिको गुनासो विदेशी खेलाडी खेलाउन नपाउने सुचना समयमा नदिएको भन्नेमा थियो । सहारा क्लबको आयोजनामा पोखरामा जारी १६ औं आहा रारा कप अन्तर्गत सोमबार एपिएफसँगको क्वार्टरफाइनलमा वर्कपरमिटको म्याद सकिएका कारण विदेशी खेलाडी खेलाउन पाएन । […]
January 29, 2018
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको तेस्रो क्वाटर फाइनलमा थ्री स्टारले एपिएफलाई टाइब्रेकरमा पराजित गरेको छ । एपिएफका राजेन्द्र रावलको प्रहार एलेनले रोकेपछि थ्री स्टारको जित सम्भव भएको हो । हेर्नुहोस टाइब्रेकरको भिडियो
January 28, 2018
पोखरा (हाम्रो खेलकुद) – धरान फुटबल क्लबसँग क्वाटरफाइनलमा पराजित हुँदै त्रिभुवन आर्मी क्लब १६ औं आहा-रारा कपको पहिलो खेलमा बाहिरिन पर्यो । खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो खेलाडीहरुले धरानलाई सहजताको साथमा लिएकोले हार बेहोर्नु परेको बताए । त्यस्तै धरानका प्रशिक्षक अशोक राईले भने पहिलो खेलमा इटहरी गोल्डकपमा थाकेका खेलाडीले पर्याप्त विश्राम पाएपछि राम्रो खेलेको […]
January 28, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको दोस्रो क्वाटर फाइनलमा विभागीय टोली आर्मीलाई टाई ब्रेकरमा हराउँदै धरान सेमिफाइनल पुगेको छ । निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइ ब्रेकर मार्फत लागेको थियो । आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार क्रसबारमा लागेर बाहिरिनु नै हारको कारण बन्यो । जर्ज […]
January 28, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कप अन्तर्गत शनिबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धारा क्लबका दुई खेलाडीहरुले रातो कार्डको सामना गर्नु पर्यो । खेलको अन्तिम समयमा रेफ्री सुदीस पाण्डेले खेललाई नियन्त्रणमा राख्न एक पछि अर्को कार्ड देखाउनु पर्यो । उक्त खेलमा १८ औं मिनेटमा चोटका कारण मैदान छाड्नु परेको फिफा रेफ्री […]