default_image

भिडियो

October 18, 2018

यस्तो पनि रन आउट (भिडियो)

एजेन्सी – पाकिस्तान र अस्ट्रेलियाबीच जारी दोस्रो टेस्टअन्तर्गत बिहीबारको खेलमा ब्याट्सम्यान अजहर अली हाँस्यास्पद रुपमा रनआउट भएका छन् । दिनको नवौं ओभरमा पिटर सिडलले फ्याँकेको बललाई अलीले प्रहार गरेको सट एज लाग्दै गल्लीको दिशामा गयो । फिल्डर सन मार्शले बललाई भेट्न सकेनन् र अलीले बल बाउन्ड्री पार गरेको बुझे । तर बल बाउन्ड्रीनजिकै पुगेर रोकियो […]

Salah corner

October 13, 2018

सलाहले गरे सोझै कर्नरबाट गोल [भिडियो]

काइरो (एजेन्सी) – अफ्रिकन कप अफ नेसन्सको छनोट चरणको खेलमा लिभरपुलका स्टार मोहम्मद सलाहले इजिप्टका लागि सोझै कर्नरबाट गोल गरेका छन्। स्वाजिलयाण्डविरुद्ध ४-१ को जितमा इजिप्टको चौथो गोल सलाहले कर्नर मार्फत गरेका हुन्। इजिप्टको राजधानी काइरोस्थित अल सलाम रंगशालामा भएको खेलमा इजिप्टले पहिलो हाफमै चार गोल गरेको थियो। खेलको ४५ औं मिनेटमा पाएको कर्नरलाई सलाहले सोझै […]

mbappe

October 8, 2018

पिएसजीको जितमा एम्बाप्पेको १३ मिनेटमै ४ गोल

पेरिस (एजेन्सी) – विश्वकप विजेता, किलियन एम्बाप्पेले पिएसजीको जितमा ४ गोल गरे। फ्रेन्च लिग वोन अन्तर्गत घरेलु मैदानको खेलमा पिएसजीले लियोनलाई ५-० ले पराजित गर्यो।  पिएसजीका लागि सुरुआती ११ मा परेका १९ वर्षीय फरवार्ड एम्बाप्पेले दोस्रो हाफमा १३ मिनेटको अन्तरमा ४ गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए। खेलको ६१, ६६, ६९ र ७४ औं […]

September 25, 2018

‘साफ च्याम्पियनसिप जित्न नसकेको इख छ’ – सुनील

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले गत महिना बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । एक महिना नबित्दै बंगलादेशमै अर्को चुनौतिका लागि जाने तयारीमा जुटेको छ । नेपालले अर्को साता सुरु हुने बंगबन्धु गोल्ड कपमा प्रतिस्पर्धा गर्दैछ । साविक विजेता समेत रहेको नेपालको सहभागिता दुई दिन अघि मात्र पक्का भएको थियो । यसअघि […]

September 25, 2018

बंगबन्धुमा यसपटकको चुनौती कठिन – प्रशिक्षक महर्जन

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता बंगलादेशमा सुरु हुने बंगबन्धु गोल्ड कपमा अघिल्लो संस्करणमा भन्दा यसपटक चुनौति कठिन रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । ‘अघिल्लो संस्करणमा भन्दा यसपटक स्तरीय टोली छन् । त्यसले पनि चुनौति त छ । फिफा वरियतामा पनि माथि भएका टोली छन्,’ बंगबन्धुका लागि प्रशिक्षण सुरु भएको […]

September 24, 2018

एन्फा निर्वाचनमा अनियमितता भएको कुँवरको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुबल संघ (एन्फा) को वैशाखमा भएको निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको आरोप एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले लगाएका छन् । कुँवरले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनमा भएको अनियमितालाई ६ बुँदामा प्रस्तुत गरेका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्बाङलगायतलाई निर्वाचन समितिलाई ज्यान मार्ने धम्की […]

September 23, 2018

इन्डोनेसिया डर्बीमा रोहितको गोल

जकार्ता (एजेन्सी) – इन्डोनेसियाली फुटबलको सबैभन्दा ठूलो डर्बी मानिने पर्सिजा जकार्ता र पर्सिब बान्डुङ बिचको खेलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले गोल गरेका छन् । रोहितको गोलका बाबजुद उनको टोली पर्सिजा जकार्ता खेलमा ३-२ ले पराजित भयो । पर्सिबले खेलको २८ औं मिनेटमा एजेकेल दोउसलको गोलमा अग्रता लिएपनि जेमीले पर्सिजालाई हाफ टाइमअघि बराबरीमा ल्याएका […]

September 13, 2018

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ‌। बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार बेहोर्दै खराब सुरुवात गरेको थियो । त्यसपछिको खेलमा भुटानलाई ४-० र अायोजक बंगलादेशलाई २-० ले पराजित […]

September 12, 2018

‘लगातार गल्ती गर्नु महँगो’ – प्रशिक्षक महर्जन

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले लगातार गल्ती दोहोर्याउँदा प्रतियोगिताबाट बाहिरिनु परेको बताए । साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित हुँदै घर फर्किएको छ । नेपालले खेलको सुरुआतमै गोल खाएको थियो । कप्तान अक्रमको फ्रिकिक गोलमा पछाडी पारेको नेपाली टोलीले अन्तिम समयमा लगातार […]

September 4, 2018

नेपाल विरुद्ध पाकिस्तान – हाइलाइट्स

ढाका (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा साफ च्याम्पियनसिप अन्तर्गतको पहिलो खेलको इन्जुरी समयमा सम्हालिन नसक्दा नेपाल पाकिस्तानसँग २– १ ले पराजित भयो। उक्त खेलको हाइलाइट्स : श्रोत (साफ सुजुकी कप)

Success

Thank you for your time.