default_image

पौडी

June 30, 2023

टुसाल विद्यालय पौडीमा काठमाडौं वल्र्डको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेललकुद)– काठमाडौं वल्र्ड स्कुलले टुसाल मल्टि भेन्युद्वारा आयोजित दोस्रो संस्करणको पौडी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको छ। तार्केश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङपुलमा शुक्रबार भएको प्रतियोगितामा काठमाडौं वल्र्ड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाईजमा स्वर्ण पदक जितेको छ । २५ मिटर फ्रि स्टायलमा खेलाईएको उक्त प्रतियोगितामा सिनियर ब्वाईज तर्फ काठमाडौं वल्र्डका […]

June 27, 2023

टुसाल विद्यालय स्तरीय पौडी यसै साता

काठमाडौं (हाम्रो खेलकुद)– टुसाल मल्टिभेन्यु प्रालिको आयोजनामा दोस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता यसै साता हुने भएको छ । प्रतियोगिता शुक्रबार तार्केश्वर ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्युका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, […]

June 6, 2023

एशियाडलाई पौडीबाट चार खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघले चीनको ग्वाङ्गझाउ सहरमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि चार खेलाडी छनौट गरेको छ । संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नेपाल पौडी संघले आयोजना गरेको ११ औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरि चार खेलाडी १९ औं एशियन गेम्सका लागि खेलाडीले प्राप्त गरेको […]

June 5, 2023

पौडीमा थप ४ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको आयोजनमा भएको ११औं एनएसए कप पौडी प्रतियोगिताको दोश्रो दिन थप चार किर्तिमान कायम भएका छन् । दोश्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा दुइ किर्तिमान कायम गरेका हुन् । ५० मिटर फ्रि स्टाइलमा एलेक्सले विहान हिट चरणमा आफ्नै नाममा रहेको २४.९७ सेकेन्ड समयमा सुधार […]

June 1, 2023

एनएसए कप पौडी आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको ११औं एनएसए कप पौडी प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा आइतबार र सोमबार हुने जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ १७० जना र महिलामा ९० जना गरि २६० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]

May 25, 2023

पौडीमा ११ स्वर्णसहित काठमाडौं पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ११ स्वर्ण, ११ रजत र ८ कास्यसहित दोश्रो बागमती प्रदेश प्रतियोगिता अन्तरगत पौडीमा पहिलो भएको छ । दोश्रो स्थानमा रहेको ललितपुरको ७ स्वर्ण, ७ रजत र १० कास्य जित्यो । पुरुषतर्फ ललितपुरका अनुभव सुब्बा र महिलामा काठमाडौंकी आर्या महर्जनले समान ३ स्वर्ण जितिन् । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको […]

March 30, 2023

पौडी पोखरी खुल्यो

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पौडी पोखरीको शुभारम्भ गरे । पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जनाएका छन् । दैनिक ३ सिफ्टमा पौडी पोखरी […]

December 17, 2022

हिटिङ पौडी पोखरी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शनिबारदेखि सञ्चालनमा आएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको शुभारम्भ गरे । सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा […]

December 14, 2022

हिटिङ पौडी पोखरी शुक्रबारदेखि खुल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शुक्रबारदेखि खुल्ने भएको छ । सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ । प्रशिक्षणको सुविधासहित […]

December 9, 2022

पौडी टोली अस्ट्रेलिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – फिना विश्व पौडी च्याम्पियनसिपको १३ औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली पौडी टोली शनिबार अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गर्ने भएको छ । डिसेम्बर १३ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५० र १ सय मिटर बे्रस्टस्ट्रोकमा विकास कुमाल र १ सय र २ सय मिटर फ्रिस्टायलमा एल्भिन श्रेष्ठले नेपालको […]

Success

Thank you for your time.