November 4, 2015
रियो ओलम्पिक – २०१६ का लागि खेलाडी छनोट गर्ने उद्धेश्यले अन्तराष्ट्रिय पौडी महासंघ (फिना) को आयोजनामा मित्र राष्ट्र संयुक्त अरव ईमिरेटको दुवईमा यहि कार्तिक २० र २१ गते हुने फिना विश्व कप छनोट प्रतियोगितामा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ| मित्र राष्ट्र रुसको कजानमा भएको १६ औं फिना विश्व पौडी प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त […]
September 29, 2015
काठमाडौं, असोज १२ गते । थाइल्यान्डको बैंककमा हुने आठौं एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरियो । असोज १४ देखि १७ गतेसम्म हुने च्याम्पियनसिपमा ८ खेलाडीसहित १२ सदस्यीय टोली च्याम्पियनसिपमा सहभागी हुँदैछ । पुरुषतर्फ गौरव महर्जनले ५० मिटर फ्रिस्टायल, निकोन पुर्जाले ५० मिटर फ्रिस्टायल र ब्रेस्टस्ट्रोक, पावेल शाहले ५० मिटर बटरफ्लाइ […]
September 1, 2015
ललितपुर जिल्ला पौडी संघको मंगलबार सम्पन्न साधारणसभाले मुकुन्दराज शर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । राजेश श्रेष्ठले उपाध्यक्ष, जेनिफर लामाले सचिव तथा रत्नलाल महर्जनले कोषाध्यक्षको जिम्मेवारी पाए । आनन्द लेप्चा, वैकुण्ठ प्रधान, जित्ज्वेली महर्जन, सुरेशमान जोशी र अर्जुन श्रेष्ठ सदस्यमा चयन भए ।
August 29, 2015
शीरिष गुरुङ राष्ट्रिय स्तरको एउटा पौडी प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी बनेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा शुक्रबार सम्पन्न पााचौं एनएस कप खुला तथा उमेर समूह प्रतियोगितामा उनले भाग लिएका सबै १४ प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् । उनले प्रतियोगितामा १५ मध्ये एउटा इभेन्ट्समा मात्र भाग लिएका थिएनन् । पहिलो दिन २ सय […]
August 5, 2015
नेपाली पौडी खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई निरन्तरता प्रदान गरिरहेका छन् । रशियाको कजानमा आयोजना भईरहेको १६ औं फिना विश्व च्याम्पियनसिमा किर्तिमानलाई जारी राख्ने क्रममा शिरिष गुरुङ्गले थप नयाा किर्तिमान राखेका छन् । उनले १०० मिटर फ्रिस्टायलमा २०१४ मा काठमाण्डौमा भएको ४ थौं एनएसए कप खुला पौडी प्रतियोगितामा आफ्नै नाममा राखेको ५८.५५ सेकेन्डको समयमा ३३ […]
August 4, 2015
रशियाको कजानमा आयोजना भईरहेको १६ औं फिना विश्व च्याम्पियनसिमा सोफिया शाहले २०० मिटर फ्रि स्टायलमा नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएकी छिन् । उनले २०० मिटरको दूरी २ मिनट १८.९३ सेकेन्डमा पुरा गर्दै गौरीका सिंहले राखेको २ मिनट १९.७२ सेकेन्डको किर्तिमानलाई भंग गरेकी हुन् । गौरीकाले उक्त किर्तिमान काठमाण्डौमा भएको २० औं खुला राष्ट्रिय पौडी […]