February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्ने यू २३ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । नौं महिनापछि आइतबार बसेको एन्फाको बैठकले सागको रजत पदक विजेता महिला टोलीका सदस्यलाई भने जनही १ लाख ५० हजार रुपैयाँ दिने […]
February 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– तारकेश्वर नगपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आफ्ना नगरपालिकाका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । तारकेश्वर को छैटौं नगरसभाका दौरान नगरपालिकाले सागका स्वर्ण पदक विजेतालाई २५ हजार, रजत पदक विजेतालाई २० हजार रुपैयाँले सम्मान गरेको थियो । स्वर्ण पदक जित्नेमा करातेका अनु अधिकारी र सुनिता महर्जन, साइक्लिङकी […]
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला समन्वय समिति तथा भक्तपुर जिल्ला खेलकुद विकास समिति द्वारा भक्तपुरका खेलाडी बुधबार नगदसहित सम्मान गरेको छ । नेकपाका संघिय सांसद महेश बस्नेतले खेलाडीलाई पुरस्कृत गरे । दुई महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई ३० हजार रुपैयाँबाट सम्मान गरियो । […]
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा ३२ ले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ । उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते, लनटेनिस र बास्केटबलमा पदक जितेका थिए । खेलाडीले तेक्वान्दोमा ३ स्वर्ण र दुई कांस्य, करातेमा १ स्वर्ण, बास्केटबल (थ्री बाइ थ्री) […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एनआईसी एशिया बैंक लिमिटेडले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल विभागिय नेपाल एपिएफ क्लबका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरी बल (एपिएफ) को १९औं स्थापना दिवसको अवसरमा सागमा विभिन्न विधामा पदक विजेता खेलाडी एक मुष्ट पुरस्कार स्वरुप ९ लाख ९५ हजार रुपैया […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- गत महिना सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीहरुलाई रिलायन्स पब्लिक स्कुललेसम्मान प्रदान गरेको छ । बुढानिलकण्ठ ११ कपनमा रहेको रिलायन्सले आफ्नो सप्ताहव्यापी खेलमहोत्सव समापनको अवसर मा सागमा करातेतर्फ स्वर्ण जित्ने अनु अधिकारी, बास्केटबलमार्फत रजत जित्ने माया स्याङ्तान र ब्याडमिन्टनतर्फ कास्य पदक जित्ने जेसिका गुरुङलाई नगदसहित सम्मान गरेको […]
January 2, 2020
काठमाडौं (हाम्रो खेलकुद)– गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलका स्वर्ण पदक विजेता टोलीका कप्तान सुजल श्रेष्ठको गृह जिल्ला धनकुटा भव्य स्वागत भएको छ । सुजल र कास्य पदक विजेता उसुका चित्र सिंह ठकुरीलाई बिहीबार धनकुटा नगरपालिकाले नगद सहित सम्मान गरेको छ । सुजललाई १ लाख र चित्रलाई ५० हजार रुपैयाँसहित […]
January 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । बक्सिङका पूर्व खेलाडी कुस बस्नेतले सागका स्वर्ण पदक विजेता ६० केजीका सनिल शाही, ६४ का भुपेन्द्र थापा र ५४ केजीकी मिन गुरुङलाई समान २५ हजार रुपैयाँले सम्मान गरेका छन् । […]
December 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको टेबल टेनिसमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई आदर्श विद्या मन्दिर (एभिएम) ले सोमबार सम्मान गरेको छ । एभिएमले आफ्नो विद्यालयका प्रशिक्षक पुरुषोत्तम बज्राचार्य, विद्यार्थीहरु दीक्षा तामाङ, सिक्का सुवाल र संयोक कपाली गरी ४ जनालाई सम्मान पत्रले सम्मानित गरेको हो । […]
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गत महिना सम्पन्न १३औं दक्षिण एसयाली खेलकुद (साग) को स्वर्ण पदक विजेता फुटबलका गोलकपिर विकेश कुथु तथा करातेका अनु अधिकारी र विप्लवलाल श्रेष्ठ शनिबार सम्मानित भएका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो सातौ खेलकुद दिवसको अवसर पारेका सागमा स्वर्ण जित्न सफल खेलाडीहरुलाई सम्मानित गरेको हो । यस्तै […]