March 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ४ महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । १३ औं सागका सम्पन्न भएको भोली पल्ट (मंसिर २५ गते) पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले […]
March 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जिम्मेवारी तोक्ने क्रममा ७ प्रदेशमा संयोजक तोकेको छ । पोखरामा सोमबार सुरु भएको एनओसी कार्यसमितिको बैठकले संयोजक तोकेको हो । बैठकको पहिलो दिन प्रदेश १ का लागि उप महासचिव पिताम्बर तिम्सिना, प्रदेश २ का लागि उपाध्यक्ष अशोक बज्राचार्य संयोजक तथा सचिव रामजीबहादुर श्रेष्ठ र सदस्य प्रकाश सम्शेर […]
March 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विश्वभर भैलिएको कोरोनाको असर नेपाली खेलकुदमा परेको छ । यसै महिना आयोजना हुने भनिएको एभरेष्ट प्रिमियर लिग (एपिएफ) , अष्ट्रेलिया र चाइनिज ताइपेविरुद्ध हुने विश्व कप छनोट लगायत मोफलसका अधिकाशं नकआउट फुटबल प्रतियोगिता स्थागित भइसकेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक बी डिभिजन लिग भने रोकेको छैन । […]
February 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियायाली खेलकुदका पदक जित्ने आफ्ना खेलाडीलाई सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले पुरस्कृत गरेको छ । एपिएफका विभिन्न खेलबाट ८० खेलाडीले पदक जितेका थिए । जसमा ८ स्वर्ण, १५ रजत र २२ कास्य पदक रहेको छ । एपिएफले झन्डै २५ लाख रुपैयाँ पुरस्कारमा वितरण गरेको छ । […]
February 12, 2020
हेटौडा (हाम्रो खेलकुद)– बागमति प्रदेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आफ्ना प्रदेशका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरेको छ । काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ गते देखि २४ गते सम्म १३ औं साग आयोजना भएको थियो । बागमति प्रदेशले राजधानी हेटौडामा आयोजित कार्यक्रममा स्वर्ण पदक जित्ने ४० खेलाडीलाई जनही १ लाख, […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्ने यू २३ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । नौं महिनापछि आइतबार बसेको एन्फाको बैठकले सागको रजत पदक विजेता महिला टोलीका सदस्यलाई भने जनही १ लाख ५० हजार रुपैयाँ दिने […]
February 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– तारकेश्वर नगपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आफ्ना नगरपालिकाका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । तारकेश्वर को छैटौं नगरसभाका दौरान नगरपालिकाले सागका स्वर्ण पदक विजेतालाई २५ हजार, रजत पदक विजेतालाई २० हजार रुपैयाँले सम्मान गरेको थियो । स्वर्ण पदक जित्नेमा करातेका अनु अधिकारी र सुनिता महर्जन, साइक्लिङकी […]
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला समन्वय समिति तथा भक्तपुर जिल्ला खेलकुद विकास समिति द्वारा भक्तपुरका खेलाडी बुधबार नगदसहित सम्मान गरेको छ । नेकपाका संघिय सांसद महेश बस्नेतले खेलाडीलाई पुरस्कृत गरे । दुई महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई ३० हजार रुपैयाँबाट सम्मान गरियो । […]
February 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ । सागमा नेपाल प्रहरीमा आबद्ध खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य जितेको राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान समेत रहेका खेलकुद शाखा इन्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जनाएका छन् । […]
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा ३२ ले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ । उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते, लनटेनिस र बास्केटबलमा पदक जितेका थिए । खेलाडीले तेक्वान्दोमा ३ स्वर्ण र दुई कांस्य, करातेमा १ स्वर्ण, बास्केटबल (थ्री बाइ थ्री) […]