default_image

दक्षिण एसियाली खेलकुद (साग)

May 18, 2020

सागका ६८ प्रशिक्षकको खातामा पुरस्कार रकम, ५४ को अझै बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीले पाएको एक महिना पछि प्रशिक्षकले पुरस्कार रकम सोमबार प्राप्त गरेका छन् । यद्दपी सबै प्रशिक्षकल् भने पुरस्कार पाएका होइनन् । सागका १ सय १२ प्रशिक्षक मध्ये ६८ जनाले मात्र अहिले पुरस्कार पाएका छन् ।  पदक विजेता खेलाडीलाई सरकारले गत […]

May 15, 2020

नीति तथा कार्यक्रममा खेलकुद- पूर्वाधार निर्माणमा जोड

काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त सफलतालाई उपलब्धी मान्दै सरकारले नीति तथा कार्यक्रममा त्यसकै आधारमा आउने दिनमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन गरिने बताएको छ । मंसिरमा सम्पन्न १३ औं सागमा नेपालले अंक तालिकामो दोस्रो स्थान प्राप्त गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९५ […]

May 14, 2020

साग : भारतीय कम्पनीले दिएको ६ ओटै चेक बाउन्स !

प्रकाश तिमल्सिना, काठमाडौं देश भित्रका सञ्चारमाध्यमसँग प्रत्यक्ष प्रसारण गर्ने क्षमता नभएको भन्दै गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनीलाई विक्री गरिएको थियो । तर साग सकिएको ५ महिना बितिसक्दा पनि सम्झौता अनुसार रकम भुक्तानीका लागि दिएको ६ ओटै चेक बाउन्स भएको खुलासा भएको छ । भारतीय कम्पनी […]

May 14, 2020

कमललाई विश्व अनलाइन पुम्सेमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाईन पुम्से च्याम्पियनको ३० बर्ष मूनिको विधामा स्वर्ण पदक जितेका छन् । फ्रान्समा जारी च्याम्पियनसिपमा कमलले स्वर्ण पदक जितेका हुन् । स्वदेशमा मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेका थिए । गए राती नतिजा सार्वजनिक हुँदा सो विधामा  जितबहादुर बोटेले रजत […]

May 8, 2020

दृष्टिविहिनलाई आयशाको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्त […]

May 7, 2020

सागको खर्च सार्वजनिक गर्न अझै केहि दिन लाग्ने !

प्रकाश तिमल्सिना, काठमाडौं सफलता हिसाबले १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलकुद इतिहासको एउटा महत्वपूर्ण उपलब्धीको रुपमा स्थापित भइसकेको छ । सरकारले पदक विजेता खेलाडीलाई नगदबाट पुरस्कृत पनि गरिसकेको छ । यद्दपी, प्रशिक्षक र सम्बन्धित संघले भने पुरस्कार रकम पाउन अझै बाँकी छ । सागमा प्राप्त सफलताका कारण व्यवस्थापनमा भएका थुप्रै कमजोरीलाई ओझलमा पार्दै […]

April 29, 2020

साग पदक विजेता प्रशिक्षकलाई पुरस्कार कहिले ?

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजनामा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीहरुले झन्डै पाँच महिनापछि सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गरेपनि प्रशिक्षक र खेल संघले अझै पनि घोषित पुरस्कार पाउन सकेका छैनन् । खेलाडीहरुले वैशाख पहिलो साता आफ्नो बैंक खातामा रकम जम्मा भएको जानकारी गराएका थिए । तर, कतिपय खेलाडीले अझैपनि […]

April 21, 2020

कोरोनालाई हराएको गौरिकाको परिवार

प्रकाश तिमल्सिना ,काठमाडौं पौडी खेलाडी गौरिका सिंहले कलिलो उमेरमा नै नेपाली खेलकुदमा इतिहास बनाइसकेकी छिन् । चार वर्ष अघि रियो ओलम्पिकमा भाग लिदा उनी सबैभन्दा सानो उमेरको खेलाडी थिइन् । जसले नेपालले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको थियो । त्यो भन्दा ठूलो उपलब्धि उनले मंसिरमा स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

April 15, 2020

सागका पदकधारीले पाउन थाले पुरस्कार, गौरिकालाई ६२ लाख पक्का

काठमाडौं (हाम्रो खेलकुद) – चार महिनाअघि स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीले नेपाल सरकारले घोषण गरेको पुरस्कार पाउन  थालेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले चैत मसान्तभित्र सागमा जित्न सफल भएका सबै ४ सय ३५ खेलाडीलाई खातामा रकम जम्मा गर्ने बताएपनि वैशाख पहिलो साता सकिनै लाग्दा खेलाडीले […]

April 14, 2020

सागका पदक विजेताले पुरस्कारका लागि अझै कुनुपर्ने !

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडी, प्रशिक्षकले नेपाल सरकारले घोषण गरेको पुरस्कार अझै एक साता कुनुपर्ने भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यलय (कोलेनिका) को सिस्टम डाउन भएका कारण खेलाडीले रकम पाउन अझै कुर्नुपर्ने भएको बताइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद […]

Success

Thank you for your time.