default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 3, 2019

वीरबहादुरले दिलाए तेक्वान्दोमा अर्को स्वर्ण,नेपालको स्वर्ण संख्या २३

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जिते । उनले भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । त्यसअघि […]

December 3, 2019

भलिबल फाइनल : नेपाल पहिलो सेटमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा जारी खेलमा पहिलो सेटमा नेपाल भारतसँग २५-१७ ले पराजित भएको छ । नेपालले सुरुवाती खेलमा प्रतिस्पर्धा गरेपनि भारतले दवाव कायम गर्दै १३–८ को अग्रता लिएको थियो । निरन्तर अग्रता कायम […]

December 3, 2019

तेक्वान्दोकी काजललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी काजल श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ग्यारोगीतर्फ महिला ४६ केजी मुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जितेकी छिन् । तेक्वान्दोमा मंगलबार नेपालले जितेको यो पहिलो स्वर्ण हो । सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयड सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । यसअघि उनले भारतकी […]

December 3, 2019

भुटानमाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भुटानमाथि सानदार जित दर्ता गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले ४-० को फराकिलो जित दर्ता गरेको हो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले २ तथा मिक्छेन तामाङ र अभिषेक रिजालले १-१ गोल गरे । खेलको पाँचौ मिनेटमा ६ यार्ड […]

December 3, 2019

करातेमा नेपाललाई ९ स्वर्ण, सुनिताले जितिन् स्वर्ण

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा करातेको ६८ केजी तौल समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छिन् । सातदोबोटोस्थित कराते हलमा मंगलबार भएको फाइनलमा सुनिताले कुल्सुनलाई ८–२ अंकले पराजित गर्दै स्वर्ण जितिन्। यसअघि सुनिता महर्जनले बंगलादेशकी मोरेम खातुनलाई १०–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । यता, पाकिस्तानी कुल्सुन भने श्रीलंकाकी खेलाडीलाई […]

December 3, 2019

साग पुरुष क्रिकेटः नेपालमाथि श्रीलंकाको जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंका यू२३ सँग ६ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको फाइनल यात्रा अव अन्य टोलीको नतिजा र रन रेटमा पनि निर्भर रहनुपर्ने हुन्छ । १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा ४ विकेट […]

December 3, 2019

सुजलको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सुजल श्रेष्ठको गोलमा नेपालले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भुटानविरुद्ध अग्रता लिएको छ । पहिलो हाफको खेल सकिँदा नेपाल १-० ले अगाडि छ । दशरथ रंगशालामा जारी खेलमा सुजलले खेलको पाँचौ मिनेटमा ६ यार्ड बक्सनजिक अनमार्क रहेको अवस्थामा फिनिस गर्दै गोल गरेका थिए । नेपालले त्यसअघि […]

December 3, 2019

दीपेन्द्रको उत्कृष्ट ब्याटिङ, श्रीलंकालाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – उप कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कष्ट ब्याटिङ गरेसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका यू२३ लाई १ सय ७३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो […]

December 3, 2019

करातेमा अनुले दिलाइन् तेस्रो रजत

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको ६१ केजी तौल समूह मुनि नेपालकी अनु गुरुङले रजत पदकमा सीमित बनेकी छिन् । सातदोबाटोमा मंगलबार भएको खेलमा बंगलादेशकी हुमाइरा अख्तरसँग ५–२ अंकले हार्दै रजत पदक जितेकी हुन् । यसअघि अनुले जयाकोदी डोनालाई ६–१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्। त्यस्तै, महिलातर्फ […]

December 3, 2019

साग भलिबल फाइनल – स्वर्णका लागि सुवर्ण अवसर

टीएस ठकुरी,काठमाडौं घरेलु भलिबलमा सधैं एउटै लयमा खेल्न सक्नु न्यु डायमन्ड एकेडेमीको खास परिचय हो । त्यसैले त धेरै समर्थक कमाएको टिम पनि हो न्यु डायमन्ड । घरेलु भलिबलको प्राय फाइनलिस्ट त्यही न्यु डायमन्डका प्रतिभा माली र सलिना श्रेष्ठले अहिले १३औं दक्षिण एशियाली खेलकुद(साग)मा राष्ट्रिय टोलीका लागि पनि त्यो झझल्को दिएका छन् । प्रतिभा मुख्य […]

Success

Thank you for your time.