default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 4, 2019

महिला टिम कातामा नेपाल कास्यमा सीमित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) कराते को महिला टिम फाइटमा पाकिस्तानले स्वर्ण जितेको छ। सातदोबाटोमा बुधबार भएको करातेको महिला टिम फाइटमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले स्वर्ण जितेको हो। पाकिस्तानसँग नै पराजित भएको नेपालले भने कास्य पदकमा चित्त बुझाएको छ। नेपाली टिममा अनु गुरुङ, रिता कार्की र एस्टर राई थिइन्। टिमको पहिलो […]

December 4, 2019

सन्तोषीको ऐतिहासिक स्वर्ण (फोटोफिचर)

काठमाडौं (हाम्रो खेलकुद) – धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जित्दै सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला एथलेटिक्स खेलाडी बनिन् । मंगलबार भएको दौडमा सन्तोषीले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् ।  साग इतिहासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको […]

December 4, 2019

करातेमा अनुपमालाई स्वर्ण, नेपालको स्वर्ण संख्या २५ पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– करातेमा नेपालको अर्को स्वर्ण पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते कुमुतेमा अनुपमा मगरले बुधबार स्वर्ण पदक जितेकी हुन् । उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुने । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता […]

December 4, 2019

उसुमा दीपकले दिलाए स्वर्ण,नेपालको स्वर्ण संख्या २४ पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– उसुमा दीपक हमालले स्वर्ण पदक जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको दोस्रो दिन दीपकले थाउलोको नानछ्वान अलराउन्ड स्वर्ण पदक जितेका हुन् । दीपकले १९.३२ स्कोर गर्दै पहिलो स्थान हासिल गरेका हुन् । उसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । नेपालको स्वर्ण पदक संख्या २४ पुगेको छ […]

December 4, 2019

साग महिला क्रिकेटः नेपाल १० विकेटले पराजित

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । बंगलादेशकी ओपनर मुर्सिदा खातुन २३ र आयशा रहमान २६ रनमा अविजित रहिन । यो […]

December 4, 2019

श्रीलंकाका खेलाडीले स्वर्ण जितेपछि नेपाल र भारतको विरोध

काठमाडौं (हाम्रो खेलकुद)– नतिजा धाधलीपूर्ण भएको भन्दै नेपाल र भारतीय उसु टोलीका खेलाडी, अफिसियलले विरोध जनाउँदा १३ औं सागको उसुतर्फका खेल झन्डै आधा घन्टा अबरद्ध हुन पुगेको छ । पुरुष थाउलो थाइचिचेनमा श्रीलंकाका थारिन्तु नामाल अनुरथाले स्वर्ण जितेपछि नेपाल र भारतका खेलाडीले म्याटमै बसेर त्यसको विरोध गरेपछि खेल अबरुद्ध भएको थियो । पछि उनीहरुलाई प्रहरी […]

December 4, 2019

दीपकलाई १० हजार मिटर दौडमा कास्य

काठमाडौं (हाम्रो खेलकुद) – धावक दीपक अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष १० हजार मिटर दौड स्पर्धामा कास्य पदक जितेका छन् । दीपकले निर्धारित दुरी ३० मिनेट ५०.०६ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे । भारतका सुरेश कुमारले २९ मिनेट ३३.६१ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जिते । दोस्रो स्थानमा श्रीलंकाका […]

December 4, 2019

बंगलादेशलाई नेपालको सामान्य लक्ष्य,५ खेलाडीले खाता पनि खोल्न सकेनन्

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशलाई ५१ रनको सामान्य लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपाल १९.२ ओभरमा ५० रनमा अल आउट भयो । बंगलादेशको घातक बलिङ सामु नेपालका ५ ब्याट्सवमनले खाता र ३ ले दोहोरो अंक जोड्न […]

December 4, 2019

१३औं साग चौथो दिनः आज १६ खेल

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज चौंथो दिन बुधबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागमा बुधबार एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन, लन टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुन्छ । […]

December 4, 2019

बंगलादेशसँग नेपालको असली अग्नीपरिक्षा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा टेष्ट टोली बंगलादेशसँग खेल्दै छ । खेल विहान ९ बजेदेखी पोखरा रंगशालमा सुरु हुने छ ।   नेपाल आजको खेलमा विजयी भए शीर्ष दुईमा रहेर फाइनलमा पुग्ने संभावना बलियो बन्ने छ । नेपालले पहिलो खेलमा कमजोर माल्दिभ्सलाई […]

Success

Thank you for your time.