December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सुजल श्रेष्ठको गोलमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा श्रीलंकाविरुद्ध अग्रता लिएको छ । पहिलो हाफमा सुजलकै गोलमा नेपालले १-० ले अगाडि बढेको छ । उनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाए । श्रीलंकाली डिफेन्डरले एक्रोब्याटिक क्लियर गर्ने क्रममा अनन्त तामाङको टाउकोमा हानेपछि नेपालले पेनाल्टी पाएको […]
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुरुष टिम कुमुतेमा कास्यमा सीमित बनेको छ । सेमिफाइनलमा पाकिस्तानी प्रतिद्धन्द्धीसँग ३–० ले पराजित नेपाल कास्यमा सीमित बनेको हो । नेपालका मुुकुन्द्र महर्जन, राज कुमार रसाइली र अर्जुन कुमार बाघचन्द पाकिस्तानी खेलाडीसँग पराजित हुदै कास्यमा सीमित हुन पुगेको थियो । करातेमा समग्रमा भने नेपाल टिम च्याम्पियन बन्न सफल भयो । […]
December 4, 2019
सुबास हुमागाईं, काठमाडौं तेक्वान्दोका सक्षम कार्कीले नेपाललाई दक्षिण एसियाली खेलकुदको इतिहासमा १ सयौं स्वर्ण पदक दिलाएका छन् । नेपालमा जारी १३ औं साग अन्तर्गत ग्यारोगीको ८७ केजी तौल समूहमा सक्षमले स्वर्ण जितेका हुन् । जारी सागमा यो नेपालको २९ औं स्वर्ण हो । सातदोबाटोस्थित तेक्वान्दो हलमा बुधबार सक्षमले पाकिस्तानका वकर अली शाहलाई फाइनलमा २७-९ ले […]
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला तेक्वान्दोको गेरोगी स्पर्धामा ६२ केजी मुनिको गल्समा नेपाली संगिता बस्याल नेपालीले स्वर्ण पदक जितेकी छिन् । संगिताले फाइनलमा गगनजोट गिललाई १९-८ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । संगिताले सेमिफाइनलमा श्रीलंकाकी मनिषालाई ४९–५ ले हराएकी थिइन् । तेक्वान्दोबाट आज नेपालले पहिलो स्वर्ण जितेको हो […]
December 4, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ट्रायथोलनको मिम्स टिम रिलेमा रजत पदक जितेको छ । बुधबार सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको सम्मिलित मिक्स टिम रिले ट्रायथोलनमा नेपालले रजत पदक जितेको हो । ट्रायथोलनमा सोमबार महिला स्प्रिन्टमा सोनीले स्वर्ण पदक र पुरुषतर्फ बसन्तले कास्य पदक जितेका […]
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– टिम इभेन्टमा नेपालले अर्को रजत पदक प्राप्त गरेको हो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष खो खोमा नेपाली टोलीले कास्य पदक जितेको हो । र्तिपुरस्थित नयाँ बजारको कभर्ड हलमा भएको कास्य पदकको भिडन्तमा नेपालले श्रीलंकासँग १३–७ ले पराजित भएको थियो । पुरुष खोखोमा भारतले स्वर्ण र बंगलादेशले रजत पदक […]
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टिम इभेन्टमा नेपालको अर्को रजत पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला खो खोमा नेपालले रजत पदक जितेको हो । कीर्तिपुरस्थित बुधबार भएको फाइनलमा भारतसँग पराजित भएपछि नेपाल रजतमा सिमित भएको थियो । नेपालले महिला खोखोमा जितेको यो अहिले सम्मकै ठूलो पदक हो । नेपाल पहिलो […]
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५ बजेपछि दशरथ रंगशालामा सुरु हुनेछ । नेपालले प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सानदार सुरुवात गरिसकेको छ । दशरथ रंगशालामा झन्डै साढे ४ वर्षपछि नेपालको कुनैपनि टोलीले अन्तर्राष्ट्रिय […]
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर तनबीर इस्लामको घातक बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा बंगलादेशले माल्दिभ्सलाई १ सय ९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.२ ओभरमा अल आउट हुदै ६५ रनमा समेटियो । माल्दिभ्सका ओपनर हमिद हसनले […]
December 4, 2019
काठमाडौं (हाम्रोृ खेलकुद) १३औं साग अन्तरगत साइक्लिङमा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका छन् । गोकर्णमा बुधबार साइक्लिङअन्तर्गत डाउनहिलको १ किलोमिटर इलेभेसन ड्रप ५५ मिटर दूरीमा महिला र पुरुष गरी नेपालले २ स्वर्ण जितेका हुन्। नेपालका लागि पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण जिते । राजेशले निर्धारित दूरी १ मिनेट ४९.३३ […]