December 5, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा माल्दिभ्स महिला क्रिकेट टोली बंगलादेशसँग ६ रनमा अल आउट भएको छ । २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १२.१ ओभरमा ६ रनमा अल आउट भएपछि बंगलादेश २ सय ४९ रनको फराकिलो अन्तरले विजयी हुँदै फाइनलमा पुगेको छ । बंगलादेशले […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व उपकप्तान पोखराकी मञ्जु गुरुङ बिहीबार विवाह बन्धनमा बाधिएकी छिन् । देशमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) चलिरहँदा अघिल्ला दुई संस्करणकी पदक विजेता मञ्जु विवाह बन्धनमा बाधिएकी हुन् । उनले हङकङ बसोबास गर्दै आएका हितकाजी गुरुङसँग विवाह गरेकी हुन् । १३ औं सागका लागि प्रारम्भिक छनोटमा नपरेपछि […]
December 5, 2019
अर्जुन कार्की ,पोखरा महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘सम्बा’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन् । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सविरुद्ध गोल गर्दै साम्बारले सर्वाधिक गोलकर्ता बनेकी हुन् । उनले माल्दिभ्सविरुद्ध १८ औं मिनेटमा गोल गर्दै अनु लामालाई पछि पारेकी हुन् । सावित्राको त्यो ३६ […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अहिलेको दक्षिण एसियाली खेलकुद (साग) तथा तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुदमा नेपालको अहिले सम्मको उच्च प्रदर्शन आठौं सस्करण हो । त्यति बेला नेपालले पहिलो पटक समावेश तेक्वान्दो र करातेमा क्लिन स्विप नै गरेको थियो । जसका कारण नेपाल पहिलो पटक साग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको थियो । नेपालमा आयोजना भएको त्यो […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उसु खेलाडी निमा घर्तीमगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बिहीबार स्वर्ण जित्दै लगातार दोस्रो स्वर्ण पदक जित्ने उसु खेलाडीको कीर्तिमान कायम गरिन् । भारतमा भएको १२ औं सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको साइक्लिङको क्रस कन्ट्री स्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् । बिहीबार गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्। यहि स्पर्धामा नेपालकी उषा खनालले रजत पदक पाइन् । लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् भने उषाले १ मिनेट […]
December 5, 2019
पोखरा (हाम्रो खेलकुद )- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको आफ्नो दास्रो खेलमा भारतले श्रीलंकालाई ६-० गोलअन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । भारतले मंगलबार पहिलो खेलमा माल्दिभ्सलाई ५-० ले हराएको थियो । महिला फुटबलमा आज २ बजे नेपालले माल्दिभ्ससंग […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पौडीकी डुआना लामा र एलेक्स शाहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पहिलो दिन हिट चरणमा नै राष्ट्रिय किर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा १२ वर्षीय डुआनाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा आफ्नै कीर्तिमान भंग गरेकी हुन् । उनले आठौं राष्ट्रिय खेलकुदमा राखेको २ मिनेट ५५.०९ सेकेन्डको कीर्तिमान […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ठूलो जित […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उसुकी निमा घर्तीमगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को थाउलो अन्तर्गत नान्दौमा स्वर्ण पदक जितेकी छिन् । यसअघि भारतमा भएको १२ औं संस्करणमा समेत स्वर्ण जितेकी निमा लगातार दुई संस्करणमा स्वर्ण जित्ने उसुकी पहिलो खेलाडी बनेकी छिन् । लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै स्वर्ण […]