default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 6, 2019

‘राजेन्द्रको पदक फिर्ता ल्याएँ, अब वैकुण्ठको कीर्तिमान तोड्छु’

सुबास हुमागाईं, काठमाडौं गोपीचन्द्र पार्कीले सन् २००६ को दशौँ दक्षिण एसियाली खेलकुदमा नेपालको स्वर्ण पदक खोसिएको खबर विद्यालयमा शिक्षकबाट थाहा पाए । उनले त्यसैबेला अठोट गरेका थिए, अब म त्यो स्वर्ण फिर्ता ल्याउँछु । शुक्रबार दशरथ रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष ५ हजार मिटर दौडमा गोपीले भारतीय प्रतिद्वन्द्वीलाई पछि पार्दै स्वर्ण जिते । […]

December 6, 2019

गोपीलाई ५ हजार मिटर दौडमा स्वर्ण!

काठमाडौं (हाम्रो खेलकुद) – धावक गोपीचन्द्र पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भए । गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे । उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेका थिए […]

December 6, 2019

मण्डेकाजीलाई थ्री स्टार कोषाध्यक्ष श्रेष्ठको पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई रुस्लान थ्री स्टार क्लबका कोषाध्यक्ष राम श्रेष्ठ बोसले पुरस्कृत गरेका छन् । देशका दुई स्वर्ण जितेको भन्दै श्रेष्ठले मण्डेकाजीलाई शुक्रबार प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँबाट पुरस्कृत गरेका हुन् । उनले मण्डे बस्दै आएको होटल पुगेर चेक हस्तान्तरण गरेका […]

December 6, 2019

सागको छैटौं दिन १९ खेलमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । आजबाट काठमाडौंमा बक्सिङ, फेन्सिङ र स्क्वास तथा जनकपुरमा कुस्ती खेलको शुरुवात हुनेछ ।   शुक्रबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, गल्फ, ह्यान्डबल, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेबल टेनिस, टेनिस, बिच […]

December 6, 2019

‘म नेपाली हुँ र यो स्वर्ण नेपालको लागि हो’

काठमाडौं (हाम्रो खेलकुद) – पौडीकी गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद( साग) अन्तर्गत बिहीबार २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै इतिहास कायम गरिन् । नेपालका लागि पौडीतर्फ एकल विधामा पहिलो स्वर्ण जितेकी उनले पदक नेपाललाई समर्पण गरिन् । ‘मलाई धेरैले तिमि नेपाली होइनभन्नुहुन्छ, तर म नेपाली हो,’ उनले स्वर्ण पदक देखाउँदै भनिन्, ‘ यो […]

December 6, 2019

साग आयोजना : खेलकुदमार्फत समृद्धि भित्र्याउने जमर्को

क्रियटिभ भ्वाइस टीएस ठकुरी एक विद्धानले कतै भनेका छन् –‘सम्पत्ति नभएर गरिब भइदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।’ विश्व मानचित्रमा नेपाल पनि सम्पत्ति नभएर गरिब भएको देश हैन, सम्पत्ति नचिनेर हो । प्राकृतिक स्रोतको अथाह सम्भावना एकातिर छ, अर्कोतर्फ सगरमाथा र गौतमबुद्धको जन्मस्थल जस्ता संसारलाई लोभ्याउने अचुक अस्त्र हामीसँगै छन् । यी नेपाललाई संसारमा […]

December 5, 2019

टेनिस: संरक्षक र प्रणव क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली खेलकुदअन्तर्गत टेनिसको पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वार्टर फाइनलमा पुगेका छन् । पहिलो चरणको खेलमा संरक्षक बज्राचार्यले श्रीलंकाका विरावर्ना रनपातावेदिगेलाई ६–३ र ६–४ ले हराए । यस्तै प्रणवले बंगलादेशकाफारुक हुसेनलाई ६–० र ६–० ले पराजित गरे । महिला सिंगल्सतर्फ नेपालका सलोनी तामाङ र प्रेरणा कोइराला क्वार्टर फाइनलमा […]

December 5, 2019

पुरुष फुटबलमा बंगलादेशको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- १३औं साग अन्तरगत पुरुष फुटबलमा बंगलादेशले पहिलो जित निकालेको छ । त्रिपुरेश्वस्थित दशथ रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको हो । बंगलादेशको जितमा १०औं मिनेटमा महबबुर रहमानले गरेको गोल नै निर्णायक बन्यो । जितले बंगलादेशको तीन खेलबाट चार अंक भएको छ । उसले फाइनल पुग्ने आप्mनो सम्भावनालाई जीवन्त पारेको […]

December 5, 2019

बास्केटबलमा नेपाललाई मिश्रित सफलता

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलतर्फ नेपालले पहिलो दिन मिश्रित सफलता हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा महिलातर्फ नेपालले बंगलादेशलाई ९२–५ को फराकिलो अन्तरले पराजित गर्यो । नेपालकी मुना महर्जनले १७ अंक जोडिन् । पुरुषतर्फ भने नेपालले सुखद सुरुवात गर्न सकेन । निकै प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले […]

December 5, 2019

टियूमा समर्थकः ‘भित्र सुनसान, बाहिर नाराजुलुस!

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु मैदानको विशेषता र फाइदा भनेकै समर्थकको साथ हो । समर्थक विनाको खेल खेलाडीलाई खल्लो लाग्छ । घरेलु मैदान र समर्थकको साथ पाउँदा कमजोर टोली पनि बलियो बन्छ । समर्थकको राम्रो साथ दिन्छन् । उत्साह प्रदान गर्छन्, दबाब सिर्जना गर्छन् । त्यसैले सबै खेलाडीको चाहाना धेरै घरेलु समर्थक आउन भन्ने हुन्छ […]

Success

Thank you for your time.