default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 8, 2019

साग फेन्सिङ – नेपाललाई अर्को रजत

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फेन्सिङमा नेपालले आइतबार अर्को रजत पदक जितेको छ । महिला टिम फ्वेलमा नेपालले रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा दुई रजत पदक जितेको छ । यसअघि शनिबार भएको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरमा नेपालकी रविना थापाले स्वर्ण दिलाएकी थिइन् । फेन्सिङमा नेपालले पुरुष टिम साबरमा […]

December 8, 2019

साग भारोत्तोलन -नेपालले २ स्वर्णसहित १६ पदक जित्यो

पोखरा (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भारोत्तोलनमा उच्च प्रदर्शन गरेको छ । नेपालले २ स्वर्ण पदकसहित १६ पदक जितेको छ । सागमा यो नेपालको अहिले सम्मकै उच्च प्रदर्शन हो । नेपालले भाग लिएको २० मध्ये १६ इभेन्ट्समा पदक जितेको छ । पोखरामा चार दिनसम्म चलेको प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ […]

December 8, 2019

साग बक्सिङ – नौ नेपाली बक्सर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- सागअन्तर्गत आइतबार बक्सिंगको तेस्रो दिनको खेलपछि नेपालका महिला र पुरुष गरी कुल नौ मुक्केबाजले फाइनलमा स्थान बनाएका छन् । आइतबार भएको सेमिफाइनलमा नेपालका माला राई र सनिल शाही र गणेश प्रधानले फाइनलमा स्थान पक्का गरेसंगै नौ नेपाली बक्सर फाइनल पुगेका हुन् । महिला ५१ केजीमा नेपालकी माला राईले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा […]

December 8, 2019

बिच भलिबलमा विनिता र नेविकाको जोडीलाई कास्य

पोखरा(हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय बिच भलिबल टोलीले दक्षिण एशियाली खेलकुद (साग) मा पहिलोपटक समावेश गरिएको बिच भलिबलमा कास्यपदक जितेको छ । फेवाताल किनारस्थित बाराहीघाटमा भएको अन्तिम दिनको खेलमा नेपालकी विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीलाई २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरी कास्य जितेको हो । […]

December 8, 2019

भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अन्तिम खेल भुटानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । आइतबार दशरथ रंगशालाको कभर्ड हलमा नेपालले भुटानमाथि ८७-४६ को सहज जित हासिल गर्यो । अनुषा मल्लले २० अम्क अंक जोड्दै उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले लगातार दोस्रो जित दर्ता गर्यो […]

December 8, 2019

विश्व कीर्तिमानी अञ्जली सर्वोत्कृष्ट घोषित

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी बलर अञ्जली चन्द १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पार्दै अञ्जली प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी चुनिएकी हुन् । आइतबार सम्पन्न महिला टि ट्वान्टी सागमा स्वर्ण बंगलादेशले जित्यो । फाइनलमा श्रीलंकालाई २ रनले […]

December 8, 2019

साग महिला ह्यान्डबल – नेपाललाई रजत

पोखरा (हाम्रो खेलकुद ) – १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला ह्याण्डबलमा नेपालले रजत पदक जितेको छ । पोखरा रंगशालाको ह्याण्डबल कोर्टमा आईतबार भएको फाइनल खेलमा भारतसँग पराजित हुँदै नेपालले रजत पदकमा चित्त बुझाएको हो । फाइनलमा नेपाल भारतसँग २१–३५ को गोलअन्तरले पराजित भएको हो । सुरुवातदेखि भारतसँग पछाडी परेको नेपालले कुनै पनि समयमा अग्रता […]

December 8, 2019

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि १-० को जित दर्ता गर्दै स्वर्ण भिडन्त तय गर्यो ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुनिलले पहिलो हाफको सुरुवाती समयमा नै कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै […]

December 8, 2019

गौरिकालाई तेस्रो स्वर्ण !

काठमाडौं (हाम्रो खेलकुद) – पौडीबाज गौरिका सिंहले नेपालका लागि दक्षिण एसियाली खेलकुद (साग) मा नयाँ इतिहास रच्दै सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ हलमा गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै भारतकी सिवांगी सिंहलाई पछि […]

December 8, 2019

जुडोमा देविकालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागमा देविका खड्काले जुडोबाट पहिलो स्वर्ण दिलाएकी छिन् । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आइतबार भएको ५२ केजी मुनिको स्पर्धामा अपराजित रहँदै देविकाले अन्तिम खेलमा बंगलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले यसअघि श्रलिंका तथा भारतकी खेलाडीलाई पराजित गर्दै स्पर्णनजिक पुगेकी थिइन् ।

Success

Thank you for your time.