default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 10, 2019

कीर्तिमानी गौरिकाले बोकिन् नेपाली झन्डा

काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी जलपरी गौरीका सिंहले समापन समारोहको मार्चपासमा नेपाली टोलीको नेतृत्व गर्दै झन्डा बोकेकी छन् । उनले मार्चपासअघि दशरथ रंगशालामा उपस्थित दर्शकलाई धन्यवाद ज्ञापन गर्दै घुमेकी थिइन् । गौरिकाले १३औं सागमा २ सय मिटर फ्रि–स्टाइल, ४ सय मिटर फ्रि–स्टाइल, २ सय मिटर ब्याक स्ट्रोक र १ […]

December 10, 2019

भुटानलाई हराउँदै नेपाललाई फुटबलको स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । १३ औं सागमा नेपालले जितेको यो ५१ औं स्वर्ण हो । दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा नेपालले भुटानलाई २-१ ले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको हो । नेपालको जितमा सुनिल बल […]

December 10, 2019

सनिलको जितसँगै १३ औं सागमा नेपालद्वारा स्वर्णको अर्धशतक!

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५० औं स्वर्ण पदक जितेक छ । नेपालका सनिल शाहीले बक्सिङमा स्वर्ण जित्दै नेपालको स्वर्णमा अर्धशतक पूरा गरेका हुन् । ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए । यसअघि भूपेन्द्र  […]

December 10, 2019

रंगशालाभित्र प्रहरीद्वारा पत्रकारमाथि कुटपिट

काठमाडौं (हाम्रो खेलकुद) – १३ अौं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । रंगशालाबाहिर टिकट मूल्यवृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो । पत्रकार चापागाईंलाई डिएसपी एसएस राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा […]

December 10, 2019

सागको अन्तिम दिन आज ५ खेलमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन आज मंगलबार विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । मंगलबार बास्केटबल, बक्सिङ, फुटबल, जुडो र स्क्वासमा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धा काठमाडौं उपत्यकामा हुनेछ । फुटबलको फाइनलपछि समापन समारोह शुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सबाट सम्वोधन गर्नेछन् । त्यसैगरी […]

December 10, 2019

फरवार्ड रेजिनले फुटबल फाइनल गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीका फरवार्ड रेजिन सुब्बाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फाइनल खेल गुमाउने भएका छन् । नेपालले दशरथ रंगशालाम दिउँसो ३ बजे स्वर्ण रक्षाको लागि भुटानसँग खेल्दैछ । रेजिनले लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतियोगिताको दोस्रो पहेंलो कार्ड खाएपछि अन्तिम खेल गुमाउने भएका हुन् […]

December 9, 2019

फेन्सिङमा नेपाललाई ४ रजत र ६ कास्य

काठमाडौं (हाम्रो खेलकुद)– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फेन्सिङमा नेपालले सोमबार दुर्ई रजत पदक जितेको छ । नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा ४ रजत र ६ कांस्य गरी १० पदक जितेको छ । सोमबार दुवै स्पर्धामा नेपाल भारतसँग पराजित भयो । महिला टिम इपीमा […]

December 9, 2019

आर्चरीमा बंगलादेशको दबदबा, नेपाललाई १ रजत र २ कास्य

पोखरा (हाम्रो खेलकुद)– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्णपदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिमतर्फको इभेन्टमा स्वर्णपदक हात पार्न सफल भएको हो । सोमबार भएको रिकर्भ महिला तथा पुरुषतर्फ बंगलादेशले […]

December 9, 2019

फुटबल फाइनलपछि १३ औं सागको समापन समारोह हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भुटानको यू २३ टोलीबीच मंगलबार फुटबल फाइनल पछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक रुपमा समापन समारोह हुने भएको छ । समापन समारोह अहिले सम्मकै व्यवस्थित बनाउने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार पत्रकार सम्मेलनमार्फत दाबी गरेका छन् । सागका लागि […]

December 9, 2019

१४औं साग पाकिस्तानमा, ६ महिनामा पछि मिति तय हुने

काठमाडौं (काठमाडौं) – दक्षिण एसियाली खेलकुद (साग) को अर्को संस्करण पाकिस्तानमा आयोजना हुने निर्णय भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को सोमबार बसेको बैठकले सागको १४ औं संस्करण पाकिस्तानमा आयोजन गर्ने सर्वसम्मत निर्णय भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रेस विज्ञप्ती जारी गरेको छ । बैठक एसएओसी अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो […]

Success

Thank you for your time.