May 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली युथ च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ । खेलाडीमा सिद्धार्थ तामाङ, सौरव खड्का, एसिश शाक्य, सुस्मिता खड्का, शुभश्री श्रेष्ठ, करिना सुवाल, सुजन गडाल, विशाल गोले, विश्व बानियाँ, वियंका राई, इभाना थापा मगर र दिया देउला रहेका छन् । प्रशिक्षकमा […]
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउनेछन् । […]
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सुजन गेडाल र एभीएम टेबल टेनिस क्लबकी वियंका राईले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । सुजन यु–१९ सिंगल्सको ब्वाइजमा तथा गल्र्समा वियंकाले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको प्रतियोगिताको ब्वाइजमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व […]
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा दोश्रो संस्करणको विविध खेलकुदअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा विभिनन ८ जिल्ला र प्रहरी गरी ९ टिमका १ सय ६० खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभाग प्रमुख महेन्द्र लिगलले जनाएका छन् । प्रतियोगितामा यु–१५ तथा […]
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् । भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । प्रशिक्षकमा आईटीटीएफ लेभल […]
March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय संयोग कपाली र नविता श्रेष्ठ १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । खुल्लातर्फ सिंगल्सको पुरुषमा संयोग र महिलामा नविता पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको पुरुषतर्फको फाइनलमा संयोगले आफ्नै क्लबका विनेश खनियाँलाई ११–९, ७–११, १५–१३, १३–११ र […]
March 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय विनेश खनियाँ र संयोग कपाली १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला पुरुष सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार भएको सेमिफाइनलमा विनेशले गल्कोपाखाका चन्दन शाहीलाई ५–११, १४–१२, ११–७, ११–३ र ११–५ तथा संयोगले एभीएम टेबलटेनिस क्लबका रुविन महर्जनलाई ११–५, ५–११, ११–७, […]
March 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कोशी बहुमुखी क्याम्पसका विश्व बानियाँले १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा जारी प्रतियोगिताको शनिबार भएको फाइनलमा विश्वले गोल्डेनगेटका रुविन महर्जनलाई ७–११, ११–५, ११–८, ६–११ र १५–१३ को सेटमा पराजित गरे । मेगा कलेज, धरानका सिद्धार्थ तामाङ र […]
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले त्रिचन्द्रकी मन्जु सुवाललाई ११–९, ९–११, ७–११, ११–७ र १३–११ को सेटमा पराजित गरिन् । प्राइम ग्लोबलकी निकिता कस्ती र ख्वप कलेजकी अन्जु […]
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दरबार हाई स्कुलका शंकर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा स्वर्ण जितेका छन् । शंकर ब्वाइज तथा योङगी गल्र्समा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार भएको ब्वाइज फाइनलमा शंकरले अस्मिताका आशिष महतालाई १२–१०, ५–११, ११–७ र […]