May 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्समा यसै जुलाईमा हुने पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ । छनोट प्रतियोगिता १३-१५ तारिखसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीहरु खेल्नेछन् । भारत भने विश्व वरीयताको शीर्ष ८ मा परेसँगै सिधै ओलम्पिक […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मंगलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरे । सम्झौता एक वर्षको रहेको […]
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ मध्ये टियु सर्वाधिक १८ स्वर्ण पदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । टियुले ८ रजत र ३ कांस्य पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय ३ स्वर्ण, ४ रजत र […]
February 3, 2024
काठमाडौं ( हाम्रो खेलकुद) – होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण थापा मगरलाई ११–७, ११–४ र ११–८ को सोझो सेटमा पराजित गरे ।महिला सिंगल्सको उपाधि पनि होप्सकै मुनमुन कुन्डुले शुक्रबार […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- होप्स टेबलटेनिस एकेडेमीकी मुनमुन कुन्डुले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण जितेकी छन् । सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा मुनमुनले लान्फाङ टेबलटेनिस एकेडेमी, चीनकी याङ याङ जियलाई ११–८, ११–८ र १३–११ को सोझो सेटमा पराजित गरिन् । […]
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – होप्स टेबलटेनिस एकेडेमी ‘ए’ र चीनको लान्फाङ टेबलटेनिस एकेडेमीले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा बिहीबार स्वर्ण जितेका छन् । होप्स ‘ए’ पुरुष तथा लान्फेङ महिलामा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा होप्स ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३–० ले पराजित ग¥यो । […]
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनमा असोजमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का ३ पदक विजेतासहित ९ जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले १९ एसियाडमा करातेमा एतिहासिक रजत पदक विजेता एरिका गुरुङ, पारा एसियाडकी कास्य पदक विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशी र कबड्डी टोलीकी […]
January 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नवनियुक्त मुख्य प्रशिक्षक राजेन्द्र कपालीको पहलमा टेबलटेनिसको राष्ट्रिय टिम तयारी प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ । ‘मिसन साग’ नाम दिइएको तयारी प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गरे । महिला/पुरुषमा शीर्ष १६–१६ वरियताका खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको मुख्य प्रशिक्षक कपालीले जनाएका छन् । प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय […]
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा अर्को साता छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । माघ १६ गते सुरु हुने प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए । त्यसमा भारतबाट १६ पुरुष र ८ महिला […]
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मोहनदास बासुकला थाइल्यान्डको बैंककमा जारी १४ औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा मोहनले इन्डोनेसियाका खेलाडीलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल पुगेका हुन् । आफ्नो समूहको पहिलो खेलमा भने मोहन थाइल्यान्डका खेलाडीसंग ३–१ ले चुकेका थिए । मोहनसहित […]