May 12, 2017
–सुबास हुमागाईं २०६८ साल फाल्गुन महिनाको तेश्रो साता स्वेच्छा नेम्वाङ्ग महेन्द्रनगरमा आयोजना भएको छैठौं राष्ट्रिय खेलकुदमा व्यस्त थिइन्। ५ महिनाको गर्भवती नेम्वाङ्गले प्रतियोगिताको टेबल टेनिस अन्तर्गत टिम इभेन्टमा स्वर्ण पदक हात पारिन भने व्यक्तिगत स्पर्धामा उनको यात्रा क्वार्टरफाइनलमा सिमित रह्यो। त्यसयता टेबल टेनिस छाडेर हङकङ लागेकी स्वेच्छा लामो समयपछि टेबल टेनिसमा फर्किएकी छिन्। एक समय […]
May 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा आगामी मे २९ देखि जुन ५ सम्म हुने विश्व टेबल टेनिस च्याम्पियनसिपको तयारीमा नेपालका ४ खेलाडी व्यस्त छन्। लैनचौरस्थित नेपाल टेबल टेनिस संघको कभर्ड हलमा अहिले २ पुरुष र २ महिला टेबल टेनिस खेलाडी विश्व च्याम्पियनसिपको तयारीमा जुटेका छन्। पुरुष तर्फ शिव सुन्दर गोठे र अमर लाल मल्ल […]
May 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लगतमा रहेका विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको छ । १० मध्ये ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन् । विद्यालय स्तरमा खेलको विकास गर्ने उद्देश्यका साथ ती संघ तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको समयमा गठन भएका थिए । खारेजीमा परेका संघहरुमा […]
April 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)–अखिल नेपाल टेबलटेनिस संघका महासचिव एवं टेबलटेनिस प्रमुख प्रशिक्षक शंकर गौतम एसियाली टेबलटेनिस युनियनको प्राविधिक कमिटीको सदस्यमा मनोनित भएका छन् । चीनको उसीमा जारी युनियनको साधारणसभाले गौतमलाई सदस्यमा मनोनित गरेको साधारणसभामा सहभागी टेबलटेनिस संघका उपाध्यक्ष धम्रमान वज्राचार्यलेले जनाएको राष्ट्रिय खेलकु परिषद्ले सोमबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर उपमहानगरपालिकाले ‘नेपाल टेलिकम कप’ दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगितामा ललितपुरले ३ स्वर्ण र २ रजत पदक जित्यो । प्रतियोगितामा समावेश तीन खेल मध्ये एकमा मात्र भाग लिएर पनि ललितपुर टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा समावेश भलिबल, […]
January 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– विभागिय खेलाडी मात्र सम्झना कप खुला टेबल टेनिसको महिला एकलको सेमिफाइनलमा पुगेका छन् । एपिएफकी सिक्का सुवाल र अनिता महर्जन तथा नेपाल पुलिसकी एलिना महर्जन र आर्मीकी रविना महर्जन बुधबार अन्तिम चारमा पुगेका हुन् । प्रहरीकी एसिलानले एपिएफकी एलिना राईलाई ४–१, सिक्काले आर्मीकी सनिता श्रेष्ठलाई ४–०, अनिताले पुलिसकी सुजाता दुवाललाई ४–२ र […]
January 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व प्रधानमन्त्री केपी ओली र राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्का सोमबार बिहानै एकअर्काका विरुद्ध उत्रिए । तर, त्यो कुनै राजनीतिक वा अन्य कारणले होइन । निमन्त्रणा लिएर ओली निवास बालकोट पुगेका खड्कालाई पूर्व प्रधानमन्त्रीले टेबल टेनिस खेल्ने प्रस्ताव दिइ हाले । ‘ल फुटबल खेलाडी आइ पुगेछन् । यहाँ मलाई हराउँने कोही […]
December 27, 2016
विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिसका स्यान्टु श्रेष्ठ टेबल टेनिसमा नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् । महिलातर्फ पुलिसकी नविता महर्जनले स्वर्ण पदक जितेकी छिन् । स्यान्टुले पुरुष एकलको फाइनलमा मंगलबार एपिएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । स्यान्टुले सेमिफाइनलमा तीन पटकका च्याम्पियन पुलिसकै दिप साउनलाई […]
December 25, 2016
विराटनगर (हाम्रो खेलकुद) – नेपाली सेनाका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस उमन्स डबल्समा स्वर्ण पदक जितेका छन् । मेन्स डबल्सको स्वर्ण पदक नेपाल पुलिसका प्रदीप रोक्का र विनेश खनियाँको जोडीले जितेको छ । पूर्वाञ्चलमा जारी राष्ट्रिय खेलकुदको दोस्रो दिन आइतबार रविना र स्वेच्छाको जोडीले फाइनलमा पुलिसका नविता श्रेष्ठ र […]
December 13, 2016
अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेको छ । विजेश्वरीले ५० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । आयोजक आरुणी ४५ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको कान्तिपुर इङलिस एकेडेमीले १४ अंक बटुल्यो । अन्तिम दिन गल्र्स डबल्समा आरुणीका तृष्णा पुन र अस्मिता ढुंगेलको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले विजेश्वरीका मारिया थापा […]