April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत अन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले शनिबार स्वर्ण पदक जितेका छन् । एकल पुरुषमा स्यान्टु तथा महिलामा नविताले स्वर्ण जितेका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले स्वर्ण नै जितेका थिए । यसअघि बिहीबार मिक्स डबल्समा पनि स्यान्टु र नविताको जोडीले […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन् । शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका स्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का […]
April 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको दोश्रो दिन नेपाल पुलिस क्लबले दुई स्वर्ण जितेको छ । पुलिसले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पार्यो । टिम इभेन्टमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गर्यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले पराजित गरिन् । […]
April 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले हात पारेको छ । टेबल टेनिसको महिला टिम इभेन्टमा नेपाल एपीएफ क्लबलाई ३-१ ले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो । पुलिसकी एलिना महर्जनले सेलिषा खड्गीलाई ३-२ तथा नविता श्रेष्ठले अनिता महर्जनलाई ३-० ले पराजित गरेपछि पुलिस २-० ले अगाडी बढेको थियो […]
April 10, 2019
दाङ (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको महिला टिम इभेन्टको उपाधिका लागि भिड्ने भएका छन् । दाङको घोराही कभर्डहलमा भएको सेमिफाइनलमा प्रहरीले आर्मीलाई ३–१ तथा एफीएफले प्रदेश ३ लाई ३–० को सेटमा पराजित गरे । पुरुष टिम इभेन्टमा सेमिफाइनल समीकरण पूरा भएको छ । […]
April 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भोलिबाट शुरु हुदैछ । प्रतियोगिता अन्तर्गतको विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि सुरु हुँदैछ । आठौं राष्ट्रियको औपचारिक उद्घाटन बैशाख ५ गते हुने भएपनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । समापन बैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज […]
March 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टेबल टेनिसकी पुर्व नेपाल च्याम्पियन्स रीता मुखर्जी शाहले बुधबार खेल जीवनबाट सन्यास घोषणा गरेकी छिन् । पुर्व च्याम्पियन ७४ वर्षीय रीताले राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सन्यासको घोषणा गरेकी हुन् । ‘मेरो खेल जीवनलाई सफल बनाउन सहयोग गर्ने परिवार, खेलाडी र प्रशिक्षक सबैमा आभार व्यक्त गर्न चाहन्छु,’ सन्यास […]
February 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीका नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठ दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । मंगलबार भएको फाइनलमा नविताले महिला र स्यान्टुले पुरुष एकलको उपाधि जितेका थिए । राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको खेलमा स्यान्टुले आफ्नै क्लबका विनेश खनियाँलाई ११–६, १३–११, ११–५ र ११–६ को सोझो सेटमा हराए […]
February 4, 2019
काठमाडौं(हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी स्वेच्छा नेम्वाङले दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिलातर्फको सेमिफाइनलमा नेपाल च्याम्पियन तथा नेपाल पुलिस क्लबकी नविता श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने भएको छ । अर्काे सेमिफाइनलमा दीक्षा तामाङले रविना महर्जन विरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् । नविता नेपाल प्रहरीकी हुन् भने बाँकी तीनै नेपाल आर्मीमा आबद्ध छन् । प्रतियोगिताअन्तर्गत स्कुलतर्फ […]
January 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर टेबल टेनिस संघको आयोजनामा दोस्रो संस्करणको सम्झना कप राष्ट्रिय खुल्ला टेबल टेनिस च्याम्पियनसिप आगामी शनिबारबाट सुरु हुने भएको छ । आयोजक ललितपुरले बुधबार राजधानीमा पत्रकार सम्मेलन प्रतियोगिता १९ माघबाट २२ माघसम्म लैनचौरस्थित टिटि हलमा हुने जानकारी गराए । प्रतियोगितामा तीन विभागीय टोलीसहित संघमा आबद्ध २६ जिल्ला र स्कुल कलेजबाट ३५० खेलाडीले […]