default_image

टेबल टेनिस

March 20, 2021

इभाना र अमरलाल अन्तर वडा टेबल टेनिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर महानगरपालिका वडा नं १२ की इभाना थापा मगर र काठमाडौं महानगरपालिक वडा नं २५ का अमरलाल भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्। टेबल टेनिसका शीर्ष १६ खेलाडीको सहभागिता नरहेको प्रतियोगिताको शनिबार भएको महिला एकलको फाइनलमा इभानाले सिलिचोङ गाउँपालिका ४ की वियन्का राईलाई ८–११, ११–९, ११–७, १२–१० र १२–१० […]

March 17, 2021

धरान वडा नं ९ र विराटनगर वडा नं ३ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – धरान उपमहानगरपालिकाको वडा नं ९ र विराटनगर महानगरपालिका वडा नं ३ देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको पुरुष इभेन्ट्सको उपाधिका लागि भिड्ने भएका छन् । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनलमा धरान उप महागरको वडा नं ९ ले ललितपुर महानगरको वडा नं ९ लाई ३–२ ले विराटनगर महानगर वडा […]

March 16, 2021

भक्तपुर नगरको वडा नं ५ लाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर नगरपालिका वडा ५ ले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा मंगलबार स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा २ ले भक्तपुर नगरपालिकाको वडा २ लाई ३–२ ले पराजित गर्‍यो । काठमाडौं महानगरपालिका वडा २ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा […]

March 15, 2021

भक्तपुरको दुवै वडा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर नगरपालिकाको दुवै वडा भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा सोमबार फाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भक्तपुर नगरपालिका २ ले काठमाडौं महागरपालिका २ लाई ३–० तथा भक्तपुर नगरपालिका ८ ले ललितपुर महागरपालिका १२ लाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित […]

March 14, 2021

अन्तर वडा टेबल टेनिसमा ५ सय बढीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितालाई गंगादेशवी बस्त्रालयले सह–प्रायोजन गरेको छ । स्पिन इभेन्टरस प्रा ली. को आयोजनामा लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा देशव्यापी अन्तर वडा टेबल टेनिस सोमबारदेखि शनिबारसम्म सञ्चालन हुनेछ । गंगादेवी बस्त्रालयले प्रतियोगिता खर्चको कुल ३० प्रतिशत बजेट ५ लाख ५० हजार रुपैयाँ आयोजकलाई प्रदान गर्ने […]

March 3, 2021

टेबल टेनिसको जुनियर क्याम्पबाट १० उत्कृष्ट छानिए

बुटवल (हाम्रो खेलकुद) – टेबल टेनिसको राष्ट्रिय जुनियर क्याम्प बुधबार सम्पन्न भएको छ । एसियाली टेबल टेनिस युनियन (एटिटियू) को ‘एइम फर द स्टार्स’ कार्यक्रमअन्तर्गत जुनियर क्याम्प सञ्चालन भएको थियो । एटिटियूका प्रशिक्षक अन्सुल गर्ग नेपाली प्रशिक्षकहरुको सहयोगमा जुनियर क्याम्प सञ्चालन गरेका थिए । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले यसपटकको क्याम्प […]

February 25, 2021

टेबल टेनिसको राष्ट्रिय जुनियर क्याम्प सुरु

बुटवल (हाम्रो खेलकुद) – टेबेल टेनिसको राष्ट्रिय जुनियर क्याम्प बिहीबार बुटवलमा सुरु भएको छ । एसियाली टेबल टेनिस युनियन (एटिटियू) को ‘एइम फर द स्टार्स’ कार्यक्रम अन्तर्गत प्रशिक्षण सुरु भएको हो । एक साता सम्म चल्ने प्रशिक्षण कार्यक्रममा २९ जुनियर खेलाडीको सहभागिता रहेको बताइएको छ । एटिटियूका प्रशिक्षक अन्सुल गर्गले प्रशिक्षण सञ्चालन गर्नेछन् । नेपाली […]

February 16, 2021

देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैतमा

काठमाडौं (हाम्रो खेलकुद) – आगमी चैतमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । स्पिन इभेन्टरस प्रा. लि को आयोजनामा चैत ७ देखि लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको प्रतियोगितालाई प्राविधिक सहयोग गर्ने छ । मंगलबार […]

February 7, 2021

टेबलटेनिसको विन्टर क्याम्प सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प शिविर सम्पन्न भएको छ । स्कुलका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको १ महिने शिविरमा १४ जनाको सहभागिता रहेको थियो । सहभागीलाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे । सोही अवसरमा काठमाडौं […]

February 1, 2021

नविताको टेबल टेनिस एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौको खुसिवुस्थित पलेस्वान मार्गमा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी संचालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा उक्त एकेडेमी खुलेको हो । एकेडेमीको नेपाल ओलम्पिक कमिटि(एनओसी) का अध्यक्ष एवं विधटित प्रतिनिधी सभाका साँसद जीवनराम श्रेष्ठले सोमबार एक कार्यक्रमबिच उद्घाटन गरे । एकेडेमीमा हाल तीन टेबल […]

Success

Thank you for your time.