default_image

टेबल टेनिस

September 20, 2022

एलेन र इभानालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम÷एनआरटी खुला टेबल टेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन् । क्याडेट सिंगल्सको ब्वाइजमा एलेन र गल्र्समा इभाना पहिलो भएका हुन् । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल मानन्धरलाई […]

September 10, 2022

संयोग र इभानालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर–१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११–१, १३–११, १६–१८, ११–९ र ११–३ ले हराउँदै उपाधि जिते । स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित […]

September 9, 2022

जयराम र राजेन्द्र पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका वडा ६ का जयराम महर्जन र ललितपुर महानगरपालिका वडा ११ का राजेन्द्र वज्राचार्य दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितामा शुक्रबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि जयराम र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ४० वर्षमाथि […]

September 8, 2022

पुरुष टिम इभेन्टमा ललितपुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका वडा ८ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालि.को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा ८ ले ललितपुर वडा १६ लाई ३–२ ले पराजित ग¥यो । विजयी टिमबाट रुविन महर्जन र विपुल महर्जनले प्रतिस्पर्धा गरेका थिए […]

September 7, 2022

गोदावरीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी नगरपालिका वडा १ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा बुधबार भएको फाइनलमा गोदावारीले भक्तपुर नगरपालिका २ लाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । भक्तपुर ५ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेश्रो […]

September 6, 2022

गोदावरी र भक्तपुर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वडा १ ले भक्तपुर नगरपालिका वडा ५ तथा भक्तपुर नगरपालिका वडा २ ले ललितपुर महानगरपालिका वडा २ लाई समान […]

September 5, 2022

राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्स प्रालिको आयोजनामा दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक समेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । टिम […]

September 4, 2022

टेबल टेनिसको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्स प्रालिको आयोजनामा दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भदौ २१ देखि २५ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक समेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा […]

September 4, 2022

बोधित र सुस्मितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । जुनियर सिंगल्सको ब्वाइजमा बोधित तथा गल्र्समा सुस्मिताले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा बोधितले एभीएमका रुविन महर्जनलाई १२–१०, १३–११ र ११–५ को सोझो सेटमा […]

September 2, 2022

टेबल टेनिस सुरु

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व राष्ट्रिय खेलाडी कल्याण पाण्डे र आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्यले खेल खेली संयुक्त रुपमा उद्घाटन गरे । पुरुषमा ७५ र महिलामा ४० गरी १ सय […]

Success

Thank you for your time.