default_image

टेबल टेनिस

December 24, 2024

एभिएम टेबल टेनिसलाई तिभारको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिसको सफल क्लब एभिएम टेबल टेनिस क्लबलाई विश्व परिचित खेल सामाग्री निर्माणकर्ता तिभारले प्रायोजन गरेको छ । आदर्श विद्या मन्दिर (एभीएम) स्कुलमा अवस्थित एभीएम टेबल टेनिस क्लब नेपालको सबैभन्दा सफल टेबल टेनिस क्लबमध्य एक हो । नेपालको राष्ट्रिय टोलीमा खेल्ने खेलाडी उत्पादन देखि घरेलु च्याम्पियन उत्पादन गरेको यस क्लबलाई […]

December 16, 2024

मुवाँथाई र टेबलटेनिसका खेलाडीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]

November 20, 2024

अल नेपाल अन्तर वडा टेबलटेनिस अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा मंसिर ११ देखि १५ गते सम्म लैनचौरस्थित टेबल टेनिस हलमा हुनेछ। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स ब्वाइज सिंगल्स यु-१६, गर्ल्स सिंगल्स यु-१६, मेन्स टिम, वुमेन्स टिम, […]

November 8, 2024

टेबल टेनिस खेलाडी सेलिशाको निधन

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रवार निधन भएको छ । टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पिडित सेलिशाको निधन भएको बताएको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ । ३० वर्षीया सेलिशाको शुक्रवारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ । सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबलटेनिस च्याम्पियन्सिप […]

October 22, 2024

आइएसएफ जिम्नासाइडमा नेपाली खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको मानामा हुने आइएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजना हुने पारासहित २६ खेल समावेश २० औं संस्करणको आइएसएफ जिम्नासाइड बुधवार सुरु हुनेछ । गेम्समा सहभागी हुन ३२ खेलाडीसहित ५८ सदस्यीय नेपाली टोली बुधवार त्यसतर्फ जाँदैछ । […]

October 10, 2024

एसियन टेबल टेनिसको पहिलो चरणमा इभानाको जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टेबल टेनिस खेलाडी इभाना थापाले काजकस्तानको आस्तनामा जारी २७ औं एसियन टेबल टेनिस च्याम्पियनसिपमा पहिलो चरणमा जित हासिल गरेको छिन्। इभानाले बिहीवार आयोजक काजकस्तानकी एनल बाखेतलाई ३-२ ले हराएकी थिइन्। इभानाले ८-११,१२१०,६-११,१२-१०,११-४ नतिजा आफ्नो पक्षमा‌ पारेकी छिन्। वेमन्स सिंगल्सको अन्तिम ६४ मा इभानाको खेल शुक्रवार रहेको अखिल नेपाल टेबल टेनिका महासचिव […]

September 30, 2024

एपिएम टेबलटेनिसको सियोम नेपाल मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एपीएम क्लबको आयोजनामा हुने चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपलाई सियोम नेपालले मुख्य प्रायोजन गर्ने भएको छ । सियोम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जन र एपिएम क्लबका प्रबन्ध निर्देशक दानबहादुर महताले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरे । सियोमले आयोजकलाई ५ लाख रुपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक प्रदान […]

September 28, 2024

नेपाल पुलिस टेबल टेनिस लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ को उपाधि शनिबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको फाइनलमा पुलिसले र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८–४ ले पराजित गर्दै उपाधि जितेको हो। समान २ पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी ५ स्पर्धा खेल्नु पर्नेमा […]

September 21, 2024

स्ट्याग ग्लोबल टेबलटेनिस लिगमा ३ सह प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)– स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी प्रा.लि. को आयोजनामा हुने स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ का लागि सह–प्रायोजन सम्बन्धी सम्झौता भएको छ । आयोजक एकेडेमी र तीन सह–प्रायोजकबीच शनिवार सम्झौता भयो । नौ पटककी टेबलटेनिस राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ आयोजक एकेडेमीकी प्रबन्ध निर्देशक हुन्। निर्देशक श्रेष्ठ तथा अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष […]

September 11, 2024

एरिका र स्यान्टु राखेप वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१औं वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे। एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। त्यस्तै उनले […]

Success

Thank you for your time.