default_image

Racquet

November 2, 2018

सुमितको जोडी अन्तिम चारमा

ललितपुर (हाम्रो खेलकुद) – गत संस्करणका विजेता नागबहालका सुमित शाक्य र ससिन डंगोलको जोडी १०औं यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको पुरुष युगलतर्फ अन्तम चारमा प्रवेश गर्न सफल भएका छन् । शाक्य र डंगोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस्तै नागबहालकै […]

October 30, 2018

आठौं पुष्पलाल स्मृति ब्याडमिन्टन कार्तिक अन्तिम साता

काठमाडौं (हाम्रा खेलकुद) – नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल खेलकुद महासंघल हरेक वर्ष आयोना गर्ने पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आठौं संस्करण कार्तिक अन्तिा सातादेखि हुने भएको छ । प्रतियोगिता कार्तिक २७ गतेबाट त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । प्रतियोगिता २०६८ बाट शुरु भएको थियो । प्रतियोगिताामा पुरुष तथा […]

October 27, 2018

एभिएम टेटे क्लबलाई खेल सामाग्री

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभिएम) मा रहेको टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्व प्रशिक्षक पाभेल रेहोरेकले शनिबार खेल सामग्री प्रदान गरेका छन् । केही समयदेखि ललितपुरको मानभवनमा रहेको एभिएम क्लबलाई प्रशिक्षण दिँदै आएका पाभेलले ३ हजार डलर बराबरको खेल सामग्री प्रदान गरेको राष्ट्रिय टेबलटेनिस खेलाडी पुरुषोत्तम बज्राचार्यले जानकारी दिए । खेल […]

October 14, 2018

आरभलाई पाकिस्तानमा एटीएफ यू-१४ सुपर सिरिज उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – युवा टेनिस खेलाडी आरभसम्राट हाडाले पाकिस्तानमा भएको यू-१४ सुपर सिरिज टेनिस च्याम्पियनसिपमा घरेलु प्रतिद्वन्द्वीलाई पराजित गर्दै ब्वाइज सिंगल्सको उपाधि जितेका छन् । आरभले फाइनलमा हसिश कुमारलाई ६-२, ६-४ ले पराजित गर्दै उपाधि जितेका हुन् । आरभले सेमिफाइनलमा पाकिस्तानका ताहा अमनलाई सोझो सेटमा हराएका थिए । नेपालका अर्का खेलाडी प्रणव मानन्धर ताहासँग […]

October 5, 2018

ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा प्रिन्स पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल ब्याडमिन्टन एसिया यु–१५ एन्ड यु–१७ जुनियर च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् । म्यानमारको मन्डलाटार थिरी स्टेडियममा आज बिहान भएको प्रि–क्वाटरफाइनलमा प्रिन्स भारतका एस शंकर मोटुस्वामी शुक्र मनियमसँग २–१ को सेटमा पराजित भएका हुन् । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट १५–२१ ले गुमाएपनि उत्कृष्ट पुनरागमन गरेको प्रिन्सले दोस्रो सेट २१–१४ […]

October 1, 2018

च्याम्पियन प्रिन्स स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गत यू–१५ पुरुषएकलतर्फ च्याम्पियन बनेका ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल सोमबार स्वदेश फर्किएका छन् । प्रिन्स सोमबार दिउसो स्वदेश आइपुगेका हुन् । प्रिन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठसहित संघका पदाधिकारीहरुविमानस्थल पुगेका थिए ।  प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन […]

September 30, 2018

प्रिन्स दुबई जुनियर ब्याडमिन्टन सिरिजमा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् । प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिजिजको यु–१५ ब्वाइजतर्फ च्याम्पयन बन्न सफल भएका हुन् । दुवई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास […]

September 29, 2018

प्रिन्स दुबई सिरिजको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ फाइनलमा प्रवेश गरेका छन् । दुवईंमा शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतका आयन बोर्चेटियालाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको उपाधि नजिक पुगेका हुन् । प्रिन्सले आयनमाथि २१–१२ र २१–१७ को सहज जित निकाल्यो । यससँगै प्रिन्स नेपालबाट उमेर समूहको कुनैपनि प्रतियोगिताको […]

September 28, 2018

प्रिन्स दुवईं जुनियर इन्टरनेसनल सिरिजको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा शुक्रबार भएको क्वाटरफाइनलमा आयोजक देश युएईंका नवहान नाजिवलाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको अन्तिम चारका पुग्न सफल भएका हुन् । उनले नाजिवमाथि २१–१० र २१–१३ को सहज जित निकाल्न सफल भयो । […]

September 27, 2018

प्रिन्स दुवईं जुनियर इन्टरनेसनल सिरिजको प्रि–क्वाटरफाइनलमा

काठमाडौं नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा बिहिबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले युएईंका प्रनव प्रविनलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन् । प्रिन्स शुरुवात देखि नै प्रनवमाथि हावी बनेको थियो । पहिलो सेटमा २१–२ […]

Success

Thank you for your time.