default_image

Racquet

February 1, 2019

पोखरामा अन्तर्राष्ट्रिय टेनिस महाकुम्भ भोलिदेखि, २७ राष्ट्रका २ सय बढि खेलाडी पोखरामा

पोखरा (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा शनिबारदेखि यु–१८ आइटीएफ टेनिस प्रतियोगिता शुरु हुदैछ । प्रतियोगितामा सहभागिता जनाउन भाग लिन हालसम्म पोखरामा जापान, चीन, भारत, अष्टे«लिया, ताइवान, श्रीलंका लगायतका राष्ट्रहरुबाट झण्डै सयको हाराहारीमा खेलाडीहरु पोखरा आइपुगेका छन् । प्रतियोगिताको मुख्य ३२ ‘ड्र’ को खेल सोमबारदेखि शुरु हुँदैछ […]

January 30, 2019

सम्झना कप टेबल टेनिस शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर टेबल टेनिस संघको आयोजनामा दोस्रो संस्करणको सम्झना कप राष्ट्रिय खुल्ला टेबल टेनिस च्याम्पियनसिप आगामी शनिबारबाट सुरु हुने भएको छ । आयोजक ललितपुरले बुधबार राजधानीमा पत्रकार सम्मेलन प्रतियोगिता १९ माघबाट २२ माघसम्म लैनचौरस्थित टिटि हलमा हुने जानकारी गराए । प्रतियोगितामा तीन विभागीय टोलीसहित संघमा आबद्ध २६ जिल्ला र स्कुल कलेजबाट ३५० खेलाडीले […]

January 29, 2019

नविता र स्यान्टुृ स्ट्यागको ब्रान्ड एम्वासडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर वान नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठ टेवल टेनिस खेलको सामग्री उत्पादन गर्ने भारतको चर्चित कम्पनी स्ट्याग इन्टरनेसनलको ब्रान्ड एम्वासडर बनेको छ । स्ट्यागले नेपालमा पहिलोपटक दुई खेलाडीलाई २ वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । दुई वर्षे सम्झौतापत्रमा दुवै खेलाडीले हस्ताक्षर गरिसकेको नेपाल टेबल टेनिस संघले मंगलबार पत्रककार […]

January 27, 2019

जोकोभिचलाई कीर्तिमानी सातौं अष्ट्रेलियन ओपन

मेलबर्न (एजेन्सी) – वर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपनको उपाधि विश्व नम्बर १ नोभाक जोकोभिचले जितेका छन् । यससंगै उनले टेनिस इतिहासमै सबैभन्दा धेरै पटक अष्ट्रेलियन ओपन जित्ने कीर्तिमान राखेका छन् । रोड लेभर अरिनामा खेलिएको फाइनल खेलमा विश्व नम्बर २ राफायल नाडाललाई जोकोभिचले ६-३, ६-२, ६-३ को सोझो सेटमा पराजित गरे । खेलभरी नै […]

January 26, 2019

जोकोभिच विरुद्ध नाडाल: कस्ले जित्ला अष्ट्रेलियन ओपन उपाधि?

मेलबर्न (एजेन्सी) – वर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपनको फाइनल खेलमा विश्व नम्बर १ नोभाक जोकोभिच र विश्व नम्बर २ राफायल नाडाल भिड्दै छन् । खेल नेपाली समय अनुसार भोली दिउसोको २.१५ बजे सुरु हुने छ । यस फाइनल खेलले टेनिस इतिहासमा पनि निकै महत्त्व राख्ने छ । नाडालले उपाधि जिते उनको १८ औं ग्रान्ड […]

January 26, 2019

जापानकी नाओमीलाई अष्ट्रेलियन ओपन उपाधि

मेलबर्न (एजेन्सी) – जारी अष्ट्रेलियन ओपनको महिलातर्फको फाइनलमा जापानकी नाओमी ओसाका विजयी भएकी छिन् । फाइनल खेलमा चेक गणतन्त्रकी पेट्रा क्भिटोभालाई ७-६ (७-२), ५-७, ६-४ ले हराउन सफल भइन् । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट नाओमीले जित्न सफल भए पनि उत्तिकै प्रतिस्पर्धात्मक दोस्रो सेट भने ५-७ ले गुमाइन् । तेस्रो तथा अन्तिम सेटमा पुनरागमन गर्दै नाओमीले […]

January 24, 2019

नेपाली खेलाडी एटीएफ यू-१४ टुर वरियताको चौथो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी आरभसम्राट हाडा एसियाली टेनिस महासंघ (एटीएफ) को यू-१४ उमेर समुहको टुर वरियतामा चौथो स्थानमा पुगेका छन् । जनवरी २१ मा सार्वजनिक गरिएको वरियतामा आराभले चौथो स्थान हासिल गरेका हुन् । पछिल्लो समय उत्कृष्ट लयमा रहेका आरभले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सन् २०१८ को अन्त्यतिर लगातार चार […]

January 23, 2019

जोकोभिच अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा नवौ वरीयताका जापनिज केइ निशिकोरीबाट वाक ओभर पाएपछि जोकोभिच अन्तिम चारमा पुग्न सफल भएको हो । जोकोभिचले पहिलो सेट ६–१ र दोस्रो सेट ४–१ ले आफ्नो पक्षमा पारिसकेको अवस्थामा चोटका कारण निशिकोरीले रिटायर लिएको हो । उनलाई मेडिकल टोलीले […]

January 21, 2019

साविक विजेता फेडेरर अष्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिए

मेलबर्न (एजेन्सी) – अष्ट्रेलियन ओपनको साविक विजेता तथा विश्व टेनिसकै सर्वाधिक सफल खेलाडी ३७-वर्षीय रोजर फेडेरर प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएका छन् । प्रतियोगिता जित्ने अनुमान गरिएको फेडेरर ग्रिसका स्टेफानो सिसिपाससंग हार्न पुगे । विश्वको १५ औं वरियतामा रहेका सिसिपासले फेडेररलाई ६-७, ७-६, ७-५, ७-६ को रोमाञ्चक तथा प्रतियोगितात्मक खेलमा हराए । अर्को तर्फ दोस्रो वरियताका […]

January 18, 2019

नाडाल र फेडेरर अस्ट्रेलियन ओपनको प्रि–क्वाटरफाइनलमा

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल र तेस्रो वरियाताका स्वीस रोजर फेडेरर अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रोड लभर एरेनामा शुक्रबार भएको खेलमा स्पेनका ३२ वर्षे नाडालले अस्ट्रेलियाका एलेक्स डि मिनाउरलाई ३–० को सोझो सेटमा पराजि गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन् । नाडालले एलेक्स डिमाथि ६–१, ६–२, […]

Success

Thank you for your time.