default_image

Racquet

February 1, 2024

एसियाडकी पदक विजेता एरिकासहित ९ जना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- चीनमा असोजमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का ३ पदक विजेतासहित ९ जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्‌। युवा तथा खेलकुद मन्त्रालयले १९ एसियाडमा करातेमा‌ एतिहासिक रजत पदक विजेता एरिका गुरुङ, पारा एसियाडकी कास्य पदक विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशी र कबड्डी टोलीकी […]

January 28, 2024

सिनरलाई अष्ट्रेलियन ओपनको उपाधि

एजेन्सी – पहिलो दुई सेट गुमाएपछि लगातार तीन सेट जितेर उत्कृष्ट पुनरागमन गर्दै इटालियन खेलाडी यानिक सिनरले अष्ट्रेलियन ओपन टेनिस २०२४ को उपाधि जितेका छन् । आफ्नो पहिलो ग्रान्ड स्ल्याम उपाधि जित्ने क्रममा सिनरले सानदार पुनरागमन गर्दै रसियन खेलाडी ड्यानिल मेडभेडेभ माथि ३-२ ले जित दर्ता गरेका हुन् । सिनर पहिलो दुई सेट ६-३, ६-३ […]

January 27, 2024

रसिला र प्रिन्स नेपालगन्ज कप ब्याडमिन्टन च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । नेपालगन्ज रंगशालास्थित कर्भड हलमा शनिबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका कविर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा हराए । नेपाल प्रहरीका जीवन आचार्य र एपिएफका अमन महर्जन् संयुक्त रुपमा तेस्रो […]

January 27, 2024

साग लक्षित टेबलटेनिसको प्रशिक्षण सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नवनियुक्त मुख्य प्रशिक्षक राजेन्द्र कपालीको पहलमा टेबलटेनिसको राष्ट्रिय टिम तयारी प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ । ‘मिसन साग’ नाम दिइएको तयारी प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गरे । महिला/पुरुषमा शीर्ष १६–१६ वरियताका खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको मुख्य प्रशिक्षक कपालीले जनाएका छन् । प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय […]

January 25, 2024

नेपालगन्जमा राष्ट्रिय ब्याडमिन्टन सुरु

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्जमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आज सुरु भएकोछ । माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ। पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो […]

January 22, 2024

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा अर्को साता छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । माघ १६ गते सुरु हुने प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए । त्यसमा भारतबाट १६ पुरुष र ८ महिला […]

January 18, 2024

पुलिसका पूर्ण र गौरवको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका पूर्ण थापा र गौरव दाहालको जोडी राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगलको सेमिफाइनल पुगेको छ । पूर्ण र गौरवको जोडीले सूर्य दर्शनका दीपक राना र महेश खड्काको जोडीलाई २१–१९ र २२–२० ले पराजित हराएको थियो । एपिएफका देवराज राना र क्षितिज खनालको […]

January 17, 2024

एपिएफका अनिल अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफका अनिल मल्ल राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलको क्वाटरफाइनल प्रवेश गरेका छन् । बसुन्धरास्थित फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीमा भएको प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लबका पूर्ण बहादुर थापालाई २१–१५ र २१–१५ को सोझो सेटमा हराउँदै अनिल अन्तिम ८ मा पुगेको हो । प्रतियोगिताको यु–१३ तर्फ […]

January 14, 2024

सुविन र रिहानालाई योनेक्स सव जुनियर उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका यु १५ तर्फको पुरुष तर्फ सुविन श्रेष्ठ र महिला तर्फ रिहाना शेरचन योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज २०८० को उपाधि जितेका छन् । आइतबार सुविनले फाइनलमा आर्मीकै सुदेश राजकोटीलाई २१—१५ र २१—१० ले हराए । रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसनकी निभा राईलाई २१—१२ र २१—१० ले पराजित […]

January 13, 2024

प्रिन्स र रसिलालाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले शनिबार प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । महिला एकलको फाइनलमा रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई हराएकी थिइन् । उनले २१–३ र २१–१४ ले खेल जितेकी थिइन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी संयुक्त रुपमा […]

Success

Thank you for your time.