default_image

Racquet

November 8, 2019

पाकिस्तान इन्टरनेसनसनल सिरिजमा दिपेशलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा दोहोरो सफलता हात पारेका छन् । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुरुष डबल्समा दिपेश धामी र रत्नजित तामाङको जोडीले पाकिस्तानी खेलाडीलाई तथा मिक्स डबल्समा दिपेशले अमिता गिरीसँग मिलेर दोहोरो सफलता हात पारेको हो । ब्वाइज डबल्समा दिपेश […]

November 8, 2019

दिपेश पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको प्रि–क्वाटरफाइनल खेलमा धामीले पाकिस्तानकै मोहम्मद अली लारोसलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा दिपेशले २१–१९ […]

October 24, 2019

रत्नजित क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल नम्बर तथा नेपाली सेनाका रत्नजित तामाङ चीनको वुहानमा जारी सातौ विश्व सैन्य खेलकुद अन्तरगतको ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद (सिआइएसएम) को आयोजनामा चीनको वुहानमा जारी विश्व सैन्य खेलकुद अन्तरगतको ब्याडमिन्टनको प्रि–क्वाटरफाइनलमा रत्नजितले फ्रान्सका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो […]

October 21, 2019

रायनाको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रायना शाहले एसियाली यू–१४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपको गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् । नेपाल टेनिस संघको आयोनजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा रायनाले मलेसियाकी सोफिया ग्रेस येओहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । जितसंगै रायना प्रिक्वाटरफाइनलमा प्रवेश गरिन् । सोही स्पर्धामा भारतकी कात्यानी बशिष्ठले […]

October 17, 2019

स्वीस प्रशिक्षक पाभेलको प्रशिक्षणमा खेलाडी खुसी

काठमाडौं (हाम्रो खेलकुद)– स्वीट्जरल्याण्डका अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक पाभेल रिहोरेकलाई बिहीबार विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदील शाहीको पहलमा एक हप्ताका लागि १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षण दिन आएका पाभेललाई विदाई गरिएको हो । उनी शनिबार स्वीट्जरल्यान्ड जानेछन् […]

October 15, 2019

विश्व सैन्य बिच भलिबललाई मान र दिल चीन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबल टोली तथा नेपाली सेनाका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलका लागि मंगलबार चीन प्रस्थान गरेका छन् । मान र दिलसँगै प्रशिक्षक दानेश्वर अधिकारीसहितको तीन टोली त्यसतर्फ प्रस्थान गरेको हो । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) ले चीनको वुहान सिटीमा आयोजना हुन […]

October 12, 2019

पदक विजेता ब्याडमिन्टन टोली स्वदेश फिर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपका पदक विजेता नेपाली ब्याडमिन्टन टोली शनिबार स्वदेश फर्किएको छ । नेपाल ब्याडमिन्टन संघका उपध्यक्ष सुवास श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा र अन्तर्राष्ट्रिय रेफ्री उदय अर्याललगायतले युवा टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले […]

October 12, 2019

प्रिन्ससहितको पदक विजेता ब्याडमिन्टन टोली आज स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा सम्पन्न दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपका पदक विजेता प्रिन्स दाहालसहितको युवा ब्याडमिन्टन टोली आज स्वदेश फर्कने भएका छन् । नेपाली युवा टोली अपरान्ह ४ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथमा आइपुग्ने ब्याडमिन्टन एशियाका अम्पायर तथा बिश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) का लाईन जज उदय कुमार अर्यालले जानकारी गराए । नेपाली टोली शनिबार […]

October 11, 2019

स्वीस प्रशिक्षक पाभेलले टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद) – स्वीट्जरल्यान्डका अन्तराष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेकले आसन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका नेपालका टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने भएका छन् । उनी नेपाली टोलीलाई विशेष प्रशिक्षण दिन शुक्रबार नेपाल आइपुगेका छन् । उनको प्रशिक्षणमा खेलाडीहरुको खेल स्तर बृद्धि हुने अपेक्षा गरिएको छ । प्रशिक्षक […]

October 10, 2019

माल्दिभ्समा प्रिन्सलले जिते रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले दक्षिण एसिया जुनियर यू २१ ब्याडमिन्टन च्याम्पियनसिपमा रजत पदक जितेका छन् । माल्दिभ्समा जारी च्याम्पियनसिमा बिहीबार मेन्स सिंगलको फाइनलमा तेस्रो वरियताका भारतीय सारथ डुन्नासँग प्रिन्स २–० ले पराजित भएका थिए । मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि समेत छनोट भइसकेका प्रिन्स […]

Success

Thank you for your time.