September 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीको कोरोना बीमा गरिदिएको छ । पुरुष/महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको कोरोना बीमा गरिएको संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जनाएका छन् । वैद्यका अनुसार सबै प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर तथा टेबलटेनिस केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुको पनि कोरोना बीमा गरिएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा […]
September 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीको मुटु लाजिम्पाटमा ब्याडमिन्टनको कभर्डहल र टेनिस कोर्ट सञ्चालनमा आएको छ । फ्ल्यास स्पोर्ट्सले लाजिम्पाटमा दुई वटा ब्याडमिन्टन कोर्ट र दुई वटा टेनिस क्ले कोर्ट सञ्चालनमा ल्याएका हुन् । उक्त ब्याडमिन्टन कोर्ट र टेनिस कोर्टको मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष सुभास श्रेष्ठले उद्घाटन गरेका छन् […]
September 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सुनसरी जिल्ला ब्याडमिन्टन संघका सदस्य तथा सुनसरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीले एकल प्रयासमा ब्याडमिन्टनका ५१ जना राष्ट्रिय खेलाडीको कोरोना बिमा गरिदिएका छन् । एकेडेमीका अध्यक्ष कार्कीले आठौं राष्ट्रिय खेलकुदमा सहभागी भएका ६ वटा प्रदेश र तीन विभागीय टोलीका गरी कुल ५१ जना खेलाडीको कोरोना बिमा गरिएको जानकारी गराएको छ । […]
September 14, 2020
एजेन्सी – तेस्रो वरीयताका अष्ट्रेलियन डोमिनिक थिएम युएस ओपन टेनिसको च्याम्पियन बनेका छन् । पहिलोपटक ग्रान्डस्लाम च्याम्पियन बन्ने क्रममा थिएमले जर्मन खेलाडी एलेक्सान्डर भेरेभलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । थिएमले सुरुवाती दुई सेटमा पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जित्न सफल भएका हुन् । थिएम सन् २००४ को फ्रेन्च […]
September 13, 2020
एजेन्सी – जापनिज नाओमी ओसाका यसवर्षको युएस ओपन टोनिसको महिला एकलतर्फको च्याम्पियन बनेकी छिन् । अमेरिकाको न्युयोर्कमा आइतबार बिहान भएको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कामाथि ३–१ को जित निकाल्दै ओसाका दोस्रोपटक युएस ओपन च्याम्पियन बन्न सफल भएकी हुन् । ओसाकाले २०१८ मा अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । चौथो वरीयताकी ओसाकाले […]
September 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएईं) को दुवईमा भएको दुवई इन्टर कम्युनिटी (समुदाय) क्लब ब्याडमिन्टन प्रतियोगितामा नेपालले दुई रजतपदक हात पारेको छ । दुवई स्पोर्ट्स काउन्सिल र सटल टाइम दुवईको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालले महिला डबल्स र मिक्स डबल्समा रजतपदक जित्दै प्रतियागितामा दोस्रो स्थान समेत हात पार्न सफल भएको हो । नेपालले […]
September 11, 2020
एजेन्सी – यस वर्षको युएस ओपन टोनिसको महिला एकलतर्फको उपाधिका लागि बेलारुसका भिक्टोरिया एजारेन्का र जापानी नाओमी ओसाकाबीच प्रतिस्पर्धा हुने भएको छ । एजोरेन्काले अमेरिकी सेरेना विलियम्सलाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा २०१८ की च्याम्पियन ओसाकासँगको भिडन्त पक्का गरेकी हुन् । ओसाकाले पनि अमेरिकी जेनिरफर ब्राडीलाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी […]
September 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय ब्याडमिन्टन खेलाडी दीपेश धामीलाई मातृशोक र नेपाल भलिबल संघका उपाध्यक्ष हरकसिंह धामीलाई पत्नीशोक परेको छ । राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन दीपेशकी आमा झुपादेवी धामीको ५० वर्षेको उमेरमा बुधबार बिहान निधन भएको हो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहान ७ः४५ मा मृत्यु भएको पति हरकसिंह धामीले जानकारी दिए । उनी मिर्गौला […]
September 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको छ । संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले पुरुष/महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बिमा गर्न लागिएको जानकारी गराए । शीर्ष १६ खेलाडीमा पुरुषतर्फ स्यान्टु श्रेष्ठ, प्रदिप रोक्का, शिवसुन्दर गोथे, विलोस श्रेष्ठ, मनि कुमार लामा, कृष्ण थापामगर, सुनिल महर्जन, एलेक्स […]
September 7, 2020
एजेन्सी – उपाधि दाबेदार तथा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच ‘अयोग्य’ ठहरिँदै युएस ओपनको प्रि–क्वाटरफाइनलबाट बाहिरिएका छन् । २०औं वरियताका स्पेनिस खेलाडी पाब्लो कार्रेनो बुस्टासँग खेलका क्रममा पछि परेपछि निराश मुद्रामा रहेका ३३ वर्षे जोकोभिचले हानेको बल लाइन जजलाई लागेको थियो । रेफ्री र प्रतियोगिता आयोजकले त्यसपछि नियमअनुसार जोकोभिचलाई अयोग्य घोषित गरेपछि उनी बाहिरिएका हुन् […]