default_image

Racquet

December 26, 2020

पुष्पलाल स्मृति ब्याडमिन्टन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिता यसै महिनाको अन्त्यमा आयोजना हुने भएको छ । २२ पुसदेखि काठमाडौंको कभर्डहलमा हुने भनिएको प्रतियोगिता २९ पुसदेखि ३ माघसम्म लाहानको गोलबजारमा आयोजना हुने आयोजक राष्ट्रिय ब्याडमिन्टन संघले जनाएको छ । यस्तै प्रतियोगिता राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने […]

December 24, 2020

धादिङमा जिल्ला स्तरीय मेयर कप ब्याडमिन्टन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ सदरमुकाम धादिङबेशीमा जिल्ला स्तरीय प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । धादिङ जिल्ला ब्याडमिन्टन संघको आयोजना, निलकन्ठ नगरपालिकाको प्रावधान तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा विभिन्न ८ विधा समावेश गरिएको छ । जसमा पुरुष एकल, पुरुष डबल्स्, महिला एकल, महिला डबल्स्, यु–१९ पुरुष एकल, […]

December 23, 2020

धादिङमा ब्याडमिन्टन अम्पायर वर्कसप

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्न लागेको प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुर्वसन्ध्यामा ब्याडमिन्टन अम्पायर वर्कसप आयोजना भएको छ । ब्याडमिन्टन प्रतियोगिताको लागि वरिष्ठ अम्पायरहरु जिल्लामा आएको बेलामा ब्याडमिन्टन अम्पायर वर्कसप राखिएको धादिङ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बिष्णुलाल श्रेष्ठले बताए । सदरमुकाम धादिङबेशीमा भइरहेको वर्कसपमा स्थानिय ८ जना ब्याडमिन्टन खेलाडीहरुले प्रशिक्षण […]

December 13, 2020

प्रफुल र रुकेशको जोडीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले प्रथम सैनामैना खुल्ला राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिता अन्तरगतको पुरुष डबल्सतर्फको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा प्रफुल र रुकेशको जोडीले पुलिसका जीवन आचार्य र सुनिल जोशीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रफुल र रुकेशको जोडीले २१–१६ र २१–१६ […]

December 11, 2020

प्रिन्सलाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशिको तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार भएको फाइनलमा विश्व जुनियर वरियताको ११औं स्थानमा रहेका तथा ब्याडमिन्टन एशियाका उत्कृष्ट जुनियर खेलाडी प्रिन्सले विभागीय त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठमाथि २–० को सोझो सेटमा जित निकाल्दै […]

December 11, 2020

सैनामैनामा ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको सैनामैनामा दुईदिने प्रथम सैनामैना राष्ट्रिय खुल्ला पुरुष डबल्स तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । सैनामैना ब्याडमिन्टन क्लबले पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता शनिबार र आइतबार हुनेछ । प्रतियोगितामा विभाागीय टोली, विभिनन जिल्ला तथा क्लबका खेलाडीहरुले सहभागिता रहनेछ । प्रतियोगितामा योनेक्सको माभिस–३५० नाइलन सटलकक प्रयोग हुनेछ । […]

December 10, 2020

ब्याडमिन्टन सामान खरिदमा अनियमितता गर्नेलाई कारवाही हुने!

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली ब्याडमिन्टन टोलीका लागि सामान खरिद गर्दा भएको अनियमिततामा दोषी उपर कारवाही हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । दोषीमाथि कारवही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग को निर्देशन कुरिरहेको उल्लेख गर्दै सिलवालले १३ औं सागको हिसाब […]

December 10, 2020

विधान र बिशालको जोडीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले राष्ट्रियस्तरको खुल्ला पुरुष युगल ब्याडमिन्टनको उपाधि जितेका छन् । विधान र विशालको जोडीले वाणगंगाका राजु थापा र विनोद पौडेलको जोडीलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विधान र विशालको जोडीले राजु थापा र विनोद पौडेलको जोडीलाई २१–१६ र २१–७ ले पराजित […]

December 10, 2020

रत्नलाई हराउँदै प्रिन्स फाईनलमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी प्रिन्स दाहाल आर्मीका रत्नजित तामाङलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको फाईनल प्रवेश गरेका छन् । बिहिबार सम्पन्न सेमिफाइनलमा सिल्क ग्रुपका प्रिन्सले रत्नजितलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे । अब प्रिन्सले फाइनलमा आर्मीका नविन श्रेष्ठको सामना […]

December 9, 2020

प्रिन्स क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार तथा सिल्क ग्रुपका प्रिन्स दाहाल तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको प्रि–क्वाटरफाइनलमा सेनाका गोकुल जोरालाई २१–७ र २१–९ को सोझो सेटमा पराजित गर्दै प्रिन्सले अन्तिम आठको यात्रा तय गरेका हुन् । […]

Success

Thank you for your time.