April 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्डलाई ३-२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो, तेस्रो र पाँचौं सेटमा जितका साथ विजयी सुरुवात गरेको हो […]
April 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमीले काठमाडौं टिम च्याम्पियन्सिप आयोजना तथा एकेडेमी सञ्चालनार्थ कुमारी बैंकसँग पाँच वर्षको लागि ७५ लाखको प्रायोजन सम्झौता गरेको छ । कुमारी बैंकका डेप्युटी सिइओ मनिष तिमल्सना र काठमाडौं ब्याडमिन्टन एकेडेमीका अध्यक्ष रीता बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार कुमारी बैंकले एकेडमीले आयोजना गर्ने कुमारी बैंक काठमाडौं टिम च्याम्पियन्सिपको […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले दुवईमा सञ्चालन भइरहेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ अन्तरगतको पुरुष एकलमा दोस्रो हार बेहोरेको छ । सवाव अल एली दुवई क्लबमा बुधबार भएको पुरुष एकलको एसएल ४ समूहको खेलमा प्रकाश पोर्चुगलका डिएगो ड्यानियलसँग २–१ को सेटमा पराजित भएको हो । मंगलबार मलेसियाका मोहम्मद जुलफातीहि […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद)– विश्व ब्याडमिन्टनको जुनियर वरियतामा रहेका प्रिन्स दाहालले आगामी बर्ष आफूले सफलता प्राप्त गरेमा त्यसमध्येबाट हरेक पटक ५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध बहुउद्देश्यी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गर्ने घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कास्य पदक विजेता समेत रहेका प्रिन्सले बुधबार […]
March 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले दुवईमा सञ्चालन भइरहेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ को पहिलो राउन्डमा हार बेहोरेको छ । सवाव अल एली दुवई क्लबमा मंगलबार भएको एसएलफोको पहिलो राउन्डको खेलमा प्रकाश मलेसियाका मोहम्मद जुलफातीहि जफ्फरसँग २–० को सोझो सेटमा पराजित भएको हो । प्रकाशले जफ्फरसँग २१–१० र २१–१३ […]
March 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कैलाली जिल्लाका पुर्व ब्याडमिन्टन खेलाडीहरुले ब्याडमिन्टन खेलको बिकासका लागि जिल्लाका खेलाडीहरुको लागि खेल सामग्री उपलब्ध गराएका छन् । कैलालीका ब्याडमिन्टनका पुर्व खेलाडी तथा नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य ऋषिकेश श्रेष्ठ यस जिल्लाका खेलाडीहरुको लागि ४० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री उपलब्ध गराएका हुन् । यस्तै संघका केन्द्रिय सदस्य सुनिल श्रेष्ठले ५ […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दुवईमा सञ्चालन हुन लागेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ मा सहभागिता जनाउने भएको छ । सुर्खेत विरेन्द्रनगरका १८ वर्षीय प्रकाश अधिकारीले नेपालको प्रतिनिधित्व गर्नेछन् । तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २७ मार्चदेखि ५ अप्रिल २०२१ सम्म सवाव अल एली दुवई क्लबमा हुनेछ । उनी फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनलमा सहभागिता […]
March 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप बैशाख पहिलो साता आयोजना हुने भएको छ । यसअघि १५ देखि १८ चैतसम्म आयोजना हुने भनिएको च्याम्पियनसिप अब ४ देखि ८ बैशाखसम्म हुने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराएका छन् । दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष […]
March 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर महानगरपालिका वडा नं १२ की इभाना थापा मगर र काठमाडौं महानगरपालिक वडा नं २५ का अमरलाल भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्। टेबल टेनिसका शीर्ष १६ खेलाडीको सहभागिता नरहेको प्रतियोगिताको शनिबार भएको महिला एकलको फाइनलमा इभानाले सिलिचोङ गाउँपालिका ४ की वियन्का राईलाई ८–११, ११–९, ११–७, १२–१० र १२–१० […]
March 19, 2021
धनगढी (हाम्रो खलकुद)– स्वदेशमा गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंह र एथलेटिक्सका गोपीचन्द्र पार्की सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको आयोजनामा भएको अवार्डमा गौरिकालाई नोभा अस्पताल बर्ष महिला खेलाडीको अवार्ड प्रदान गरियो […]