July 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटी (एनबिसी) युएईको स्थापनासँगै युएईमा नेपाली समुदायमा ब्याडमिन्टन खेलप्रतिको मोह निकै नै बढेको छ । हरेक साताजस्तै हुने विभिन्न समुदायस्तरको प्रतियोगिता, केही अन्तर्राष्ट्रिय प्रतियोगिता र त्यसमा उत्साहजनक सहभागिताले पनि युएईमा रहेको नेपालीमा ब्याडमिन्टन खेलप्रतिको मोह कति छ भन्ने स्पष्ट पार्दछ । पछिल्लोपटक एनबिसीले ए प्लस मिक्स डबल्स, ए, बी […]
July 23, 2021
एजेन्सी – विश्व खेलकुदकै कुम्भमेला ओलम्पिकको ३२औं संस्करण शुक्रबारदेखि जापानमा टोकियो ओलम्पिक २०२० को नामबाट सुरु हुँदैछ । खेललाई उमेरले छेक्दैन । ओलम्पिकमा पनि यस्तो प्रशस्तै उदाहारण छन् । ओलम्पिकको इतिहासमा टिनएज नै नटेकेकादेखि अधिक उमेरसम्मका खेलाडीहरुले सहभागिता जनाउँदै कीर्तिमान राखेका छन् । यसपटक युद्धले ग्रस्त सिरियाकी टेबल टेनिस खेलाडी हेन्ड जाजा टोकियो ओलम्पिककै सबैभन्दा […]
July 12, 2021
एजेन्सी – विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको च्याम्पियन बनेको छ । सेन्टर कोर्टमा सातौ वरियताका इटालीका माटियो बेरेटिनीसँग सुरुवाती सेट गुमाएर पनि जोकोभिचले पूनरागमन गर्दै उपाधि जित्न सफल भएका हुन् । लन्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै जोकोभिकले छैटौपटक विल्मल्डन जितेका हुन् । प्रतिस्पर्धात्मक पहिलो […]
June 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आधुनिक ओलम्पिकको स्थापना दिवस ओलम्पिक डेको उपलक्ष्यमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को स्पोर्टस् फर अल कमिसनको संयोजनमा दोस्रो दिन आइतबार विविध कार्यक्रम १३ कार्यक्रम आयोजना भएका छन् । नेपाल जुडो संघको आयोजनामा आइतबार बाँकेमा जुडो र करातेको प्रदर्शनी खेल आयोजना भएको थियो । नेपाल जुडो संघको आयोजनामा आइतबार बाँकेमा जुडो र […]
June 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले वेभनारमार्फत दुई दिन अलग अलग कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको पहिलो दिन शनिबार ब्याडमिन्टन खेलाडीका खेलाडीलाई लाग्न सक्ने चोट र त्यस कसरी मुक्त हुने भन्ने विषयमा खेलाडी, प्रशिक्षक र सम्बन्धित अन्यलाई जानकारी गराइएको थियो । इन्टरनेसनल स्पोर्टस् फिजियोथेरापिष्ट डा. रिचा कुलकर्णी र स्पोर्टस फिजियो थेरापिष्ट डा.सारिका […]
June 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी (एनबीसी) ले संयुक्त अरब इमिरेट्स (युएइ)) स्थित दुवईमा सम्पन्न बिच एयर ब्याडमिन्टन कम्युनिटी प्रतियोगितामा दोस्रो स्थान हात पारेको छ । दुवईस्थित जुमिरहामा रहेको बिच भलिबल कोर्टसँगैको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल बलियो श्रीलंकाको कम्युनिटी (समुदाय) सँग समग्रमा १००–६१ ले पराजित हुदै दोस्रो स्थान हासिल गरेको हो । विश्व […]
June 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लण्डनस्थित एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । एरोविकले अनितालाई ३ बर्षका लागि नेपालको आफ्नो एम्बसेडर नियुक्त गरेको बताइएको छ । एरोविकले अनितालाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ । लण्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना […]
June 14, 2021
एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् । पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई ३–२ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् । सुरुवाती दुई सेट गुमाएपनि धैर्यता नगुमाएको जोकोभिचले त्यसपछिको तीन सेट आफ्ना पक्षमा पार्दै उपाधि जित्न सफल भए । जोकोभिचले पाँचौ वरियताका स्टेफानोससँग पहिलो […]
June 12, 2021
एजेन्सी – तेस्रो वरियताका राफयल नाडाललाई पराजित गर्दै शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचले फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएको छ । पेरिसमा शुक्रबार राति भएको खेलमा जोकोभिचले साविक विजेता नाडाललाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाएको हो । ४ घन्टा ११ मिनेट लामोसमयसम्म चलेको सेमिफाइनलमा जोकोभिचले सुरुवाती सेट ३–६ ले गुमाएपनि […]
June 10, 2021
एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच र तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमै भिड्ने भएका छन् । शीर्ष वरियताका जोकोभिचले इटालियन माटियो बेरारटिनीलाई ३–१ को सेटमा पराजित गर्दै नाडालसँगको भेट पक्का गरेको हो । यि दुई टोलीले गत वर्ष फाइनल खेल्दा नाडाल च्याम्पियन बनेको थियो । पेरिसमा बुधबार राति भएको खेलमा […]