October 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंगलोरमा आयोजना हुने इन्फोसेस फाउन्डेसन इन्डिया इन्टरनेसनल च्यालेन्ज २०२१ मा भाग लिन जाने ब्याडमिन्टन टोलीलाई आइतबार नै दुई ठाँउबाट विदाई गरिएको छ । ७ खेलाडी र १ प्रशिक्षकसहितको ८ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सहायक मुख्य प्रशिक्षक किरण थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]
October 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । मनकामना टोल सुधार समाज तथा शीतलनगर टोल सुधार समितिद्वारा आयोजित प्रतियोगिताको सोमबार भएको फाइनलमा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गर्दै उपाधि […]
October 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दीपक लामा र भवानी थापाको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । गोठाटारको विष्टमा भइरहेको प्रतियोगितामा दीपक र भवानीको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गरे । फाइनलमा उनीहरुको भेट प्रकाश पराजुली र कुमार पन्तको जोडीसंग […]
October 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विष्णुप्रसाद बस्नेत र उमेश धितालले कागेश्वरी मनोहरा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । मुलपानीको अमरसिंह चोकस्थित कभर्डहलमा आइतबार भएको फाइनलमा विष्णु र उमेशको जोडीले सुन्दर परियार र कविराज थापाको जोडीलाई २१–९ र २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा कागेश्वरी […]
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बिडब्लुएफ सर्टिफाइड अम्पायर उदय अर्याल एक्स स्पोर्ट्स मेन्स क्लबको आजीवन सदस्य बनेका छन् । रानी मिल्स एरियामा शनिबार नेपालीहरुको महान् पर्व विजयी दशामीको अवसर पारेर आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा क्लबका अध्यक्ष गम्भीर लामाले उनलाई क्लबको आजीवन सदस्य घोषणा गरेका हुन् । अम्पायर अर्याल त्यस क्षेत्रबाट ओलम्पिकमा सहभागी हुने पहिलो […]
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अकी जुवेन रावतले दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भएको फाइनलमा अकीले आर्यन गिरीलाई ६–३ र ६–२ को सोझो सेटमा परजित गरे ।सोही स्पर्धाको गल्र्सको उपाधि भिडन्तमा सर्वानी श्रेष्ठले सुनिरा थापालाई ६–४ र ७–५ […]
October 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) दीपक लामा र भवानी थापा दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मनकामना टोल सुधार समाज र शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा दीपक र भवानीको जोडीले प्रमिश ढुंगाना र रुसल न्यौपानेको जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान […]
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जयराम महर्जनले प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगिताको पुरुष भेट्रान ४० वर्षमाथि सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । गोड स्पिन टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा जयरामले उमेश मानन्धरलाई ११–६, ११–७, ११–९, ५–११ र ११–९ को सेटमा पराजित गरे । प्रतियोगिता असोज २७ गतेसम्म चल्ने छ ।
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे । मनकामना टोल सुधार समाज र शितलनगर टोल सुधार […]
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन वल्र्ड फेडेरेशनको कोर्ष गर्न डेनमार्क प्रस्थान गर्न लागेका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापालाई ब्याडमिन्टनका टेक्निकल अफिसियलले बिहिबार शुभकामनासहित बिदाई गरेका छन् । थापालाई नेपाल ब्याडमिन्टन संघसँग आवद्ध अन्तर्राष्ट्रिय अम्पायर तथा राष्ट्रिय रेफ्रि किरण कारञ्जित, राष्ट्रिय रेफ्री अनुप शाक्य तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अम्पायरहरुले खादामाला लगाएर बिदाई गरे । ब्याडमिन्टन एशियाका सर्टिफाईड […]